Friday, November 20

समाचार

सप्तरीमा डुबानमा परेका घर भत्किए
समाचार

सप्तरीमा डुबानमा परेका घर भत्किए

नेपाल अखबार, राजविराज । चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताए । महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो । घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन् ।यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ । डाक्नेश्री–३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ । घर भत्किँदा रु ५३ हजारको क्षति भएको सप्तरी ...
स्वीस बैङ्कमा प्रधानमन्त्री ओलीको खाता छैन : प्रेस सल्लाहकार थापा
राजनीति, समाचार

स्वीस बैङ्कमा प्रधानमन्त्री ओलीको खाता छैन : प्रेस सल्लाहकार थापा

नेपाल अखबार, काठमाडाैं। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैङ्कको खातामा साढे ५ मिलियन अमेरिकी डलर रहेको रिर्पोट तथाकथित र कपोलकल्पित भएको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक प्रेस विज्ञप्ति जारी गर्दै सल्लाहाकार थापाले  ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिँदै केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्प्रेषणप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । उनले स्वीस बैंकमा खाता र साढे ५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको उल्लेख गरेका छन् । उनले भनेका छन् –‘जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम...
बन्दाबन्दीमा ११९ मानवअधिकार उल्लङ्घनका घटना
समाचार, समाज

बन्दाबन्दीमा ११९ मानवअधिकार उल्लङ्घनका घटना

नेपाल अखबार, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले  बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट १२, अपहरण छ, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ...
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना
समाचार, स्वास्थ्य

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ६ जनाले जिते कोरोना

नेपाल अखबार, पोखरा । पोखरा स्वास्थ्य विज्ञानको आइसोलेसन कक्षमा उपचाररत ६ जनाले कोरोना जितेका छन् । कास्कीका ५ र स्याङ्जाका १ गरि ६ जना संक्रमित निको भएर घर फर्किएका हुन् । थप ६ जनाले कोरोना जितेर घर फकिएसँगै गण्डकीमा कोरोना जित्नेको संख्या ७ सय ८५ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यकाअनुसार आइसोलेसन कक्षमा उपचाररत ६ जना संक्रमित मंगलबार निको भएर डिस्चार्ज भएका छन् । उनका अनुसार कोरोना जितेर घर फर्किनेमा माछापुछ्रे गाउँपालिका ९ का ३३ वर्षिय पुरुष, स्याङ्जा वालिङका २६ वर्षीय पुरुष, अन्नपूर्ण गाउँपालिका ११ कास्कीका २६ वर्षिय पुरुष, पोखरा ६ कास्कीका ३६ वर्षिय पुरुष । यसैगरि, पोखरा ६ कै १६ वर्षिय पुरुष र पोखरा पोखरा १७ कास्कीका ८९ वर्षीय पुरुषले कोरोना जितेर घर फर्किएको निर्देशक डाक्टर आचार्यले जानकारी दिए । गण्डकीमा कोरोना संक्रमितको कुल संख्या ११ सय ९...
स्याङ्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु, ३ बेपत्ता
समाचार

स्याङ्जामा पहिरोले पुरिएर १ जनाको मृत्यु, ३ बेपत्ता

नेपाल अखबार,स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ, ३ जना बेपत्ता भएका छन् । विहान साढे ९ बजे बाटोमा हिँडिरहेका बेला पहिरो खस्दा स्थानीय ७० वर्षका इमानसिंह रानाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका २ जनाको उद्धार गरी उपचारका लागि पाल्पाको मिसन अस्पताल पठाइएको छ । हराएकाहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
जलेश्वर कारागार डुबानमा
समाचार

जलेश्वर कारागार डुबानमा

नेपाल अखबार, जलेश्वर । अविरल वर्षाका कारण जलेश्वर कारागार डुबानमा परेको छ । गत बुधबारदेखिको वर्षाले  कारागार डुबानमा परेको कामु जेलर मकसुदन महासेठले बताए । करिव १६० वर्षभन्दा पूरानो राणाकालीन  कारागार जलेश्वर नगरपालिकाको वडा नम्बर २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ  ।  वर्षाको बेला यस कारागार पटक पटक डुबानमा पर्दै आएको उनले जानकारी दिए । कारागारको बाहिर मूलगेटदेखि भित्र कैदीबन्दी प्रवेश गर्ने मूल ढोकासम्म पानी भरिएको छ ।   कारागारभित्र तीन फिटभन्दा बढी पानी भरेर जलमग्न र अस्तव्यस्त भएको चौकीदार (मूलकैदी) रमेशकुमार सिंहले बताए । कारागारमा ४९५ पुरुष, ४६ महिला र चार आश्रित बालबालिका गरी जम्मा ५४५  रहेका छन् । बन्दीलाई खाना पकाउन, खान, बस्न, सुत्न, शौचालय जान, नुहाउन र घुमफिर गर्नलगायतका विभिन्न समस्या भएको उनले जानकारी दिए । त्यस्तै, कारागार सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीलाई समेत समस्य...
पर्सामा बाढीले धानबालीमा क्षति
प्रदेश २, समाचार

पर्सामा बाढीले धानबालीमा क्षति

नेपाल अखबार, वीरगञ्ज । अविरल वर्षाका कारण पर्साको ओरिया खोलामा बाढी आउँदा धान र तरकारी बालीमा क्षति पुर्‍याउनुको साथै जमिन कटान गरेको छ । पिडारीगुठी क्षेत्रमा ३ बिघा भन्दा बढी धान र तरकारी बालीमा क्षति पुगेको हो भने ६ कठ्ठा जमिन कटान गरेको स्थानीयले बताएका छन् । स्थानीय अनुप रायको १ बिघा १ कठ्ठा, भिखारी महतोको १ बिघा, प्रजापतिदेवीको ८ कठ्ठा, रामेश्वर महतो र सुरजदेवको ५/५ कठ्ठा र रामायण महतोको १ कठ्ठामा लगाएको धानबालीमा बाढी पसेर क्षति पुगेको छ । त्यसैगरी हिरामन महतोको ३ कठ्ठामा लगाएको घिरौंला, भिण्डीबाली र शिव महतोको ६ कठ्ठाको भिण्डीबाली नष्ट भएको छ । घर भत्किँदा तीनजना घाइते त्यसैगरी सोमबार बिहान परेको पानीका कारण बहुदरमाई नगरपालिका–२ सिर्सिया टोल बस्ने राम प्रवेश रामको कच्ची घर भत्किँदा ३ जना सामान्य घाइते भएका छन् । घरधनी ६० वर्षीय राम प्रवेश, ४० वर्षीया सुदामा देवी र ५ वर्षीया ...
रुखको हाँगाले लागेर दाङमा एकजनाको मृत्यु
समाचार

रुखको हाँगाले लागेर दाङमा एकजनाको मृत्यु

नेपाल अखबार,दाङ । तुलसीपुर (दाङ) । दाङमा मोटरसाइकल चलाइरहेका एक व्यक्तिको रुखको हाँगा खसेर लाग्दा मंगलबार बिहान मृत्यु भएको छ । बिहान ८ बजे मोटरसाइकल चलाइरहेका अवस्थामा रुखको हाँगा खसेर लाग्दा तुलसीपुर उपमहानगरपालिका वडा नं ११ लहलौरा निवासी २३ वर्षीय तुलसी चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रा२प ८८० नम्बरको मोटरसाइकलमा लहलौराबाट तुलसीपुर आउँदै गर्दा रुखको हाँगा भाँचिएर खस्दा टाउकामा चोट लाग्दा गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए । रासस...
दाङमा सलहले करिब १८ बिगाहाको मकैमा क्षति
कृषि, समाचार

दाङमा सलहले करिब १८ बिगाहाको मकैमा क्षति

नेपाल अखबार, दाङ । दाङको देउखुरीमा आइतवार दिउँसो आएको सलहले १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिगाहामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । ‘सलहले मकैमा ६० देखि ७० प्रतिशत क्षति पु¥याएको छ’, प्रमुख धितालले बताए । सलहले धेरै मकै बालीमा क्षति पु¥याएको उनको भनाइ रहेको छ । स्थानीय बासिन्दाको अनुसार करिब १ घण्टा जति बसेको धितालले बताए । देउखुरी क्षेत्रमा आइतवार दिउँसो सलह प्रवेश गरेको थियो । अझै सलह आउने सम्भावना रहेको प्रमुख धितालले बताए । कृषकहरुलाई सचेत रहनसमेत आग्रह गरेका छन् । यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रोपटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भए...
नारायणगढ–मुग्लिन सडक थप धसियो
समाचार

नारायणगढ–मुग्लिन सडक थप धसियो

नेपाल अखबार, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सोमबार राति सडक थप धसिएपछि सवारी एकतर्फी भएको छ । सो ठाउँमा सोमबार बिहान ग्राबेल हालेर सडक सञ्चालनमा ल्याइएको भए पनि पुनः धसिएसँगै त्यस ठाउँमा सवारी सञ्चालनमा रोक लगाइएको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार यसअघि सो ठाउँमा थप धसिएपछि खतरा बढेकाले सवारी सञ्चालन रोकिएको हो । उनले सोमबार बिहान यसअघि धसिएको ठाउँमा थप धसिएपछि ग्राबेल हालेर सवारी सञ्चालनमा ल्याइएको जानकारी दिए । धसिने क्रम थपिएपछि सडकमा ड्रम राखेर एकतर्फी बनाइएको उनले जानकारी दिए । सो सडकखण्डको १७ र २६ किलो भन्ने स्थानमा सडक विस्तार गरेको एक वर्ष नपुग्दै धसिएको थियो । अधिकारीका अनुसार १७ किलोमा तीनदेखि तीन दशमलव पाँच मिटर फराकिलो ३५ मिटर लामो क्षेत्रमा एक फिटभन्दा बढी सडक धसिएको छ । सो ठाउँमा सडक नौ मिटर फराकिलो छ । त्यसै ठाउँमा विसं २०६० म...