Monday, September 14

समाचार

नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ
प्रशासन, समाचार

नाबालिकालाई करणी प्रयासको आरोपमा पकाउ

नेपाल अखबार, रूकुम। नाबालिकालाई करणी प्रयासको आरोपम  एक व्यक्ति पक्राउ परेका छन् । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ७ का ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् । उनीविरुद्ध नाबालिकाका आफन्तले गत जेठ ३२ गते प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए । प्रनि केसीका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ । नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ । रासस...
दक्षिण कोरियाबाट २२८ नेपाली स्वदेश फर्किए, २३३ जना गए
समाचार

दक्षिण कोरियाबाट २२८ नेपाली स्वदेश फर्किए, २३३ जना गए

नेपाल अखबार, काठमाडौं । नियमित अन्तराष्ट्रिय उडानमाथि लगाइएको प्रतिवन्धका कारण दक्षिण कोरियामा समस्यामा परेका २२८ जना नेपालीहरु स्वदेश फिर्ता भएका छन्।  यो विमानले २३३ जना नेपाली कामदार लिएर फर्किएको छ । कोरिएन एअरको विमान केइ-९६९५ ले नेपालबाट आफ्ना कामदारहरु कोरिया लिएर फर्किने तयारीमा रहेकै बेला सोही विमानबाट नेपालीहरू काठमाडौं  शनिबार बिहान काठमाडौं उत्रिएका हुन् । नेपाल आउन लागेको कोरिएन एअरलाई नेपाल सरकारले कोरियाबाट समस्यामा परेका आफ्ना नेपाली नागरिकहरु लिएर आउन अनुमति दिएपछि नेपालीहरुले स्वदेश फिर्ता हुने अवसर पाएका हुन्। यो उडानको संयोजन एनआरएनए दक्षिण कोरियाले गरेको थियो । यसअघि एनआरएनए कोरियाले उद्वार उडानको प्रयास गरे पनि नेपाल वायुसेवा निगमले कोरियामा अनुमति नपाएकै कारण सम्पूर्ण प्रक्रिया रद्द भएको थियो । ‍नेपालस्थित युनिभर्सल टुर्स एण्ड टिम तथा कोरियास्थित केएमइ कोअपरेट...
पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति
दुर्घटना, समाचार

पहिराले घरगोठ भत्काउँदा १५ लाख बराबरको क्षति

नेपाल अखबार,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा  लैनो भैँसीसहित चौपाया, रु दुई लाख, आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताए । पहिराका कारण त्यस स्थानका अन्य तीन घर पनि जोखिममा परेका छन् ।  यस्तै अविरल वर्षाका कारण गोरुसिंगे –सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।  नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।  पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको छ । रासस...
केसि द्वारा मृगौला पिडित र बिपन्न परिवारलाई खाध्यान र माक्स सहयोग
समाचार

केसि द्वारा मृगौला पिडित र बिपन्न परिवारलाई खाध्यान र माक्स सहयोग

नेपाल अखबार, पाेखरा। पोखरा ३२ गंगनगौडाका केसि द्वारा मृगौला पिडित र बिपन्न परिवारलाई खाध्यान र माक्स सहयोग   गर्नु भएको छ ।  गंगनगौडा  स्कुल टाेल विकास संस्थाका  सम्पूर्ण टाेलवासीहरूलाई  माक्स  वितरण साथै काेराेना बारे सचेत पार्नु भयाे ।  एलिसा के सि   श्री गगन मा बि की शिक्षिका साथै मातृभूमिका लागि नेपाल,पोखरा ३२ कि संमयोजक  पनि हुन ।    ...
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय
राजनीति, समाचार

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने नेकपाको निर्णय

नेपाल अखबार, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेको ७ वर्षपछि मात्रै अंगीकृत नागरितकता दिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार बिहान बसेको सोे पार्टीको सचिवालय बैठकले नागरिकता विधेयकबारे छलफल गर्दै विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै नागरिकता दिने निष्कर्ष निकालेको हो । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि विदेशी महिलाले स्वदेशी पुरुषसँग विवाह गरेर सात बर्ष यहाँ बसेको हुनुपर्ने र त्यसबीचमा विदेशको नागरिकता त्यागेको प्रमाण पेस गरेपछिमात्रै नेपाली अंगीकृत नागरिकता दिन सकिने निष्कर्ष निकालेको जानकारी दिए । ‘नेपाली पुरुष नागरिकसँग विवाह गरेपछि प्राप्त गर्नसक्ने अंगीकृत नागारिकताको प्रावधानवारे छलफल गरेर निष्कर्ष निकालिएको छ । जसमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ बर्ष बसेको पुष्टि भएपछि आफ्नो विदेशमा न...
झुण्डिएको अवस्थामा देवर–भाउजु मृत फेला
समाचार

झुण्डिएको अवस्थामा देवर–भाउजु मृत फेला

नेपाल अखबार, इलाम । इलाम माङसेबुङ गाँउपालिका–६ स्थित टोड्केमा दुई जना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत पेला पर्नेमा इलाम माङसेबुङ–६ मावाटोलका २७ बर्षीय बिशाल राई र उनकै भाउजु २६ बर्षीया गिता राई रहेका छन् । घटनास्थल पुगेको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकिशोर साह तेलीका अनुसार उनीहरु एउटै रूखको हाँगोमा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । शुक्रबार बिहान कसैलाइ नसोधी घरबाट निस्केका देवर भाउजु बेलुकासम्म घर नफर्केपछि आफन्तले खोजी गर्ने क्रममा घरदेखि करिव ७ सय मिटर टाँडा दारजातको रुखको एउटै हांँगामा प्लाष्टिकको डोरीको पासो लगाइ झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । मृत फेला पारिएको भनि आफन्तले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली तत्कालै घटनास्थल पुगेको थियो । इन्सपेक्टर साहकाअनुसा...
क्वारेन्टिनबाट किशोरी फरार
समाचार, स्वास्थ्य

क्वारेन्टिनबाट किशोरी फरार

नेपाल अखबार, सप्तरी ।विराज नगरपालिकाको क्वारेन्टिनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टिनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टिनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् । सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टिनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिए। यादवका अनुसार क्वारेन्टिनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र किशोरी भागेको पत्ता लागेको हो । झ्यालको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले किशोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताए। भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी थिइन् । गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राज...
बाराको सिम्रौनगढमा तीन जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

बाराको सिम्रौनगढमा तीन जनामा कोरोना पुष्टि

नेपाल अखबार, वीरगञ्ज । बारामा शनिबार थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । सिम्रौनगढ नगरपालिकाका १८, १९ र ३८ वर्षका पुरुषहरुमा कोरोना पुष्टि भएको हो । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रयोगशाला स्रोतले बतायो ।
गुल्मीको रिडीमा एक युवकको बेवारिसे शव फेला
समाचार

गुल्मीको रिडीमा एक युवकको बेवारिसे शव फेला

नेपाल अखबार,गुल्मी । गुल्मीको रिडी खोलामा एक युवकको बेवारिसे शव फेला गरेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को शाखर भन्ने स्थानमा रिडी खोला किनारमा अन्दाजी १५/१६ वर्षको एक युवकको बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए । शुक्रवार साँझ फेला परेको शवलाई पहिचानको लागि इलाका प्रहरी कार्यालय रिडीमा राखिएको प्रहरीले जनाएको छ । शवको टाउकोमा चोट लागेको, वायाँ हातमा माछा मार्ने जालको डोरी बेरिएको र नग्न अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक पुनले बताए ।शवको प्रकृति हेर्दा कुमाल जातीको जस्तो मुहार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शव पहिचानको लागि मातहतका प्रहरी चौकीमा खबर गरिएको प्रहरी निरीक्षक पुनले बताए ।...
नेकपा सचिवालय बैठक जारी
राजनीति, समाचार

नेकपा सचिवालय बैठक जारी

नेपाल अखबार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित रहेको बुझिएको छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ । एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।...