भारतबाट कैलाली आइपुगे डल्फिन
नेपाल अखबार, लम्की । दुर्लभ जलचर डल्फिन यहाँका मोहना , पथरैया, काडानदीमा देखिन थालेका छन् । एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्न मन पराउने ग्याङ्गेटिक प्रजातिका डल्फिन भारतबाट कैलालीका ती नदीमा आइपुगेका संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए ।
‘भारतको घाँघरा नदी हुँदै नेपालका यी नदीमा डल्फिन आउँछन्’, उनले भने, ‘यसवर्ष करिब तीन साताअघि देखिएका छन्, अघिल्ला वर्ष असार १५ पछि मात्रै नदीमा देखिन्थे ।
विश्वमै दुर्लभ स्तनधारी ती प्रजातिका डल्फिन कैलालीका नदीमा वर्षायाममा मात्रै देखिने गर्छन् । अन्य वर्ष असार दोस्रो, तेस्रो सातापछि देखिन्थे तर यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका संरक्षणकर्मीको भनाइ छ ।
ती नदीमा असारदेखि असोजसम्म डल्फिन देख्न पाइन्छ । शनिबार मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुईवटा डल्फिन देखा परेको संरक्षणकर्मी उपकेन्द्र ढुङ्गानाले बताए । ‘मोहना र पथरैयाको दोभानमा द...
