Friday, November 20

समाचार

आमाको नजरमा कस्ता छन्, ८ प्रहरीको हत्या गर्ने विकास दुबे ?
विदेश, समाचार

आमाको नजरमा कस्ता छन्, ८ प्रहरीको हत्या गर्ने विकास दुबे ?

नेपाल अखबार, एजेन्सि। भारतको कानपुर बिकरु गाउँमा बिहिबार राती ८ प्रहरीको हत्या भयो । यो हत्याकाण्ड विकास दुवेको संलग्नतामा रह्यो । विकास अहिले पनि फरार छन् । लखनउमा बस्ने विकासकी आमा सरलाले ६ बिघा जमिन नै सबैको काल बनेको बताउँछिन् । अब विकासको के होला ? उनलाई यसबारे थाहा छैन । उनी भन्छिन्, ‘प्रहरीले जे गर्लान्, मलाई त्यसमा कुनै अफसोस हुनेछैन ।’ ६ विघा जमिन र विवादको कहानीः जुन ६ विघा जमिनका लागि सबै घटना भए, त्यो विकासका आफन्त लल्लन शुक्लाको थियो । लल्लनकी तीन छोरी छन् । सुनिता, प्रतिभा र सरिता । लल्लनले दुई छोरीको विवाह गरिदिए । कोही छोरा नभएकोले उनले मृत्युअघि आफ्ना भाञ्जा सुनिल शुक्लालाई धर्मपुत्र बनाए र जग्गा उनको नाममा गरिदिए । सुनिलको विवाह विकासकी बहिनी समिक्षासँग भयो । विवाद त्यतिबेला सुरु भयो जब लल्लनकी छोरी प्रतिभाका श्रीमान् राहुल तिवारीले आफ्नो ससुरालीको यही जमिन बेच्ने कोसि...
थप २९३ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

थप २९३ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् । कहाँ कति थपिए संक्रमित ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७/२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२/१२ जना र प्युठानका ११ जना छन् । डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७/७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४/४ जना, डोटीका ३ जना, ताप्लेजुङ, झापा, मोरङ, कपिलवस्तु, रुपन्देही तनहुँ, कास्की, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक र ललितपुरका २/२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पाँचथर, सिराहा, पर्सा, मकवानपुर, बाँके, भक्तप...
सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा
समाचार

सिक्टा सिँचाइ आयोजनाको पानी खेतमा

नेपाल अखबार, बाँके। बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवकोे सिक्टा सिँचाइ आयोजनाबाट राप्ती नदीको पानी खेतमा पुगेपछि किसान हर्षित भएका छन् ।  आयोजनाले धान रोपाइँलाई ध्यानमा राखी  पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिँचित भएको छ । नहरको पानी खेतबारीमा पुगेपछि यस वर्ष समयमै धान रोपाइँ गर्न पाइएको डुडुवा गाउँपालिका वडा नं ५ कम्दीका किसान मानबहादुर मगरले बताए । “सधैँ रोपाइँ गर्ने बेला आकाशे पानीको भर पर्नुपथ्र्यो, अहिले सिक्टाको पानी आएपछि खेती किसानीमा धेरै सजिलो भएको छ”,उनले भने । सिक्टाको पानी खेतबारीमा पुगेपछि कम्दी गाउँका किसानले तरकारी खेती गरेर नगद आर्जन गर्न थालेको डुडुवा – ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले जानकारी दिए । “सिक्टाको पानी आएपछि अहिले किसानले आलु, गोभी र सागलगायत तरकारी खेतीबाट पनि आम्दानी गर्न सफल भएका छन्”, उनले भने,“सिक्टाको पानी खेतमा पुगेपछि...
नेकपाको विवाद मिलाउन शीर्ष नेताहरुको बैठक शुरु
राजनीति, समाचार

नेकपाको विवाद मिलाउन शीर्ष नेताहरुको बैठक शुरु

नेपाल अखबार, काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा देखिएको विवाद मिलाउन सोमबार दुई अध्यक्ष छलफलमा जुटेका छन् । प्रधानमन्त्री ।केपी शर्मा ओलीसँग छलफलका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् । बालुवाटारमा नेताहरुबीच आइतबार भएको वार्ता पुनः सोमबार बस्ने गरी सकिएको थियो । आइतबारको वार्तामा सबै विषयमा छलफल भएपनि कुनै निर्णय हुन सकेका थिएन । आइतबारको वार्तामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालका साथै महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल वर्षमान पुन तथा जनार्दन शर्मा सहभागी रहेका थिए । आज छलफल गरेर सहमतिमा पुग्ने आशा गरिएको छ । यसबीच आजदेखि बस्ने भनिएको स्थायी समिति बैठक २४ गतेसम्मका लागि स्थगित भएको छ । स्थायी समितिमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने तयारी छ । त...
तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना
समाचार

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

नेपाल अखबार, मेलम्ची । मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ । आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै उर्दी जारी गरेको हो । परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ । आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै, आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।रासस...
काठमाडौंमा बलात्कार गरेको आरोपमा २ जना पक्राउ
समाचार

काठमाडौंमा बलात्कार गरेको आरोपमा २ जना पक्राउ

नेपाल अखबार, काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।पक्राउपर्नेमा गोकर्णेश्वर –४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका– ४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका– ६ बस्ने सिन्धुपाल्चोक घर भएका २८ वर्षीय भुवन विष्ट रहेका छन् । अभियुक्तले मादक पदार्थ सेवन गरी ती महिलालाई नशालु पदार्थ खुवाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । रासस...
बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, काठमाडौं । बागलुङमा क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य प्रमुख सुरज गौरका अनुसार मृतक युवकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । निसीखोला गाउँपालिका–२ घर भएका २९ वर्षीय युवकको आइतबार बिहान क्वारेन्टिनमै मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले जानकारी दिए । उनका अनुसार केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बस्दै आएका थिए । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।...
आइतबार कहाँ कति  कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

आइतबार कहाँ कति कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडौं । आइतबार नेपालमा २ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ २ सय ३४ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् । १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार...
लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस
समाचार

लुम्बिनी क्षेत्रमै बस्न रुचाउँछन् बुद्धका प्रिय पन्छी सारस

नेपाल अखबार, रुपन्देही । शान्ति र प्रेमको प्रतिक मानिने पन्छी सारससँग जोडिएको भगवान गौतम बुद्धसँगको एउटा घटना बौद्ध जगतमा निकै लोकप्रिय छ । उनका दाई देवदत्तले प्रहार गरेको वाण लागेर घाइते भएको सारसलाई उपचार गरेर सिद्धार्थ गौतमले जीवनदान दिनुभएको बताइन्छ । वाण हानेर खसालेका घाइते सारसमाथि आफ्नो हक लाग्ने देवदत्तले दाबी गरे तर राजकुमार सिद्धार्थले प्राण लिन खोज्नेको भन्दा प्राण बचाउनेको हक लाग्ने भन्दै घाइते सारस देवदत्तलाई दिन अस्वीकार गरे । उनीहरु दुईबीच यस विषयमा विवाद उत्पन्न भयो । विवाद बढ्दै जाँदा दुबैलाई राजा शुद्धोधनसमक्ष पु¥याइयो । शुद्धोधनले कुनै पनि प्राणीको प्राण लिनेभन्दा जीवन बचाउनेको हक लाग्ने फैसला गर्दै त्यस पन्छीमा सिद्धार्थ गौतमको हक लाग्ने बताएपछि विवाद मिल्यो । गौतम बुद्धको जीवनमा भएको यो निकै महत्वपूर्ण र प्रेरणादायी मानिने कथा अहिले पनि उत्तिकै सान्दर्भिक छ । बालक सिद्...
कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय
शिक्षा, समाचार

कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय

नेपाल अखबार, काठमाडौं । यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ । आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिने निर्णय भएको पाठ्याक्रम विकास तथा मूल्यांकन परिषदका प्रवक्ता गणेशप्रसाद भट्टराईले जानकारी दिए । यो परीक्षा वैशाख २१ गतेबाट गर्ने तय भएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा हुन सकेन । विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।...