पोखराको अर्मला फाँटमा भ्वाङ पर्न छोडेपछि पुन: खेतीपाती शुरु, अवस्था सामान्य बन्दै
हरि बाँस्तोला, पाेखरा। केही वर्षयतादेखि गोलो आकारको भकारी जस्तै भ्वाङ परेर भास्सिएपछि त्रास उत्पन्न भएको पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाको ठूलोबेंसी फाँट यतिखेर भने पूर्ववत् अवस्थामा फर्केको छ । विसं २०७० मङ्सिर ५ गते यो फाँटका केही जग्गामा भ्वाङ पर्न थालेपछि लगातार जमिन बाँझिएको थियो । तर अहिले भने यहाँका बासिन्दा रोपाइँमा व्यस्त छन् ।
जमिनमा एकाएक भ्वाङ पर्न थालेपछि भूगर्भविद्हरुको टोलीले अनुसन्धान थाल्यो र पछि उनीहरुको सुझावमा फाँटहुँदै बग्ने कालीखोलामा चेकड्याम निर्माण गरिएको हो । पछिल्ला वर्षमा भ्वाङ पर्न छोडेपछि स्थानीय ढुक्कसँग कृषिकर्ममा फर्किएका हुन् । राम्रो कृषिजन्य उत्पादन हुने उर्वर यो फाँटको लगभग ५ सय रोपनी जमिनमा एक सयभन्दा बढी ठाउँमा भ्वाङ परेको थियो । अहिले ती सबै पुरिएका छन् । अघिल्लो वर्षसम्म बाँझै रहेको खेत यस वर्ष पूरै रोप्ने तयारी छ र कतिपय स्थानमा रोपाइँ स...
