ब्यवसायलाई सुदृढिकरण गर्न सरोकारवालाबिच दुइदिने अन्तरकृया
गोरखा । जिल्लामा सञ्चालित बिभिन्न क्षेत्रका ब्यवसायलाई सुदृढिकरण गर्न भन्दै सरोकारवालाबिच अन्तरकृया सम्पन्न भएको छ ।
गोरखा उद्योग बाणिज्य संघको आयोजना तथा पूर्णिमा परियाजनाको समन्वयमा सदरमुकाममा दुईदिने अन्तरकृया भएको हो ।
कार्यक्रममा गोरखा नगरपालिका लगायत बिभिन्न स्थानीय तहका ब्यवसायी तथा बैंक, वित्तिय क्षेत्रका गरी झण्डै ३० जनाको सहभागिता रहेको थियो ।
उत्पादन तथा सेवामुलक ब्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा ब्यवसायिक विकास, सुदृढिकरण, स्थायित्व, योजना निर्माणका बारे छलफल भएको थियो ।
त्यस्तै ब्यवसायमा नयाँपन, नयाँ शैली, लगानीको अवस्था, बजार र ग्राहकको विश्लेषण तथा चुनौती लगायतका बारेमा सरोकारवालाहरुबिच अन्तरकृया भएको हो ।
त्यस्तै कार्यक्रममा बैंक र ब्यवसायीबिच समन्वयको चुनौती, ऋण लगानी र समान बुझाई निर्माणका बिषयहरुमा समेत छलफल भएको बताइएको छ ।
दुई दिने अन्तरकृया कार्...
