प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ, विरोधमा सुकुम्बासी मोर्चा आन्दोलनमा
नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सिंहदरबारमा ‘खुकुरी लिएर छिर्ने’ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका डम्बरबहादुर तामाङको रिहाइको माग गर्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले आन्दोलन सुरु गरेको छ।
सोमबार माइतीघर मण्डलामा तामाङकी श्रीमती गायत्रीलगायत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चासँग आबद्ध कार्यकर्ताले प्रदर्शन गर्दै तामाङलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका हुन्।
मोर्चाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बस्दै आएका २८ वर्षीय डम्बर तामाङलाई प्रहरीले छलछाम गरेर गैरकानुनी रूपमा पक्राउ गरेको आरोप लगाएको छ।
विज्ञप्तिअनुसार असार १४ गते ‘कागजात लिएर आउनुस्, सहयोग गर्छौं भन्दै होल्डिङ सेन्टरबाट बाहिर बोलाएर अनामनगरस्थित सिंहदरबार प्रहरी वृत्तमा थुनामा राखिएको दाबी गरिएक...










