Thursday, September 10

समाचार

पेट्रोल बोकेको ट्याङ्करमा आगलागी
कर्पोरेट, समाचार, समाज

पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

नेपालअखबार,रौतहट । रौतहटको गुजरा नगरपालिका-३ धनसार पुल नजिक पूर्व-पश्चिम राजमार्गमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी भएको छ । दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। आज बिहान करिब साढे ५ बजे बाराको अमलेखगञ्ज बाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो । पेट्रोल बोकेको सो ट्याङ्कर पल्टिएलगत्तै आगलागी भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरी टोली तथा चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि मानवीय क्षति भने नभएको जिल्ला...
मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
समाचार, समाज

मर्दी पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन

नेपालअखबार,गण्डकी । मर्दी हिमाल पदयात्रामा रहेका तीन जना सम्पर्कविहीन भएका छन् । पदयात्राबाट फर्कने क्रममा कास्कीको पोखरा महानगरपालिका-१४ का अजित जिसी, युकेश गुरुङ र दीपेश गुरुङ सम्पर्कविहीन भएका हुन्। माछापुच्छ्रे गाउँपालिका-९ बादलडाँडा नजिकको जङ्गलमा बाटो बिराएर अलपत्र परेको हुन सक्ने आशङ्का गरी प्रहरीले खोजी कार्य तीव्र पारेको जनाएको छ । युवकहरुको मोबाइल बन्द रहेको माछापुच्छ्रे-६ भेँडाबारीस्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार जीवन बरालले जानकारी दिए । ‘मर्दी हिमालको हाइ क्याम्पबाट फर्कने क्रममा बाटो बिराएर जङ्गलमा अलपत्र परेको भन्ने सूचनापछि बिहानैदेखि खोजीकार्य भइरहेको छ’, उनले भने।...
१५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल: नेपाली कांग्रेस
राजनीति, समाचार

१५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल: नेपाली कांग्रेस

नेपालअखबार, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १५ बुँदे आरोप सार्वजनिक गर्दै सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्णरूपमा असफल भएको निष्कर्ष निकालेको छ । कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनादेखि राहदानी खरिद प्रकरण, गृहमन्त्री विवाद, भ्रष्टाचार, कूटनीति, सुकुम्बासी, किसान, शिक्षा, निजी क्षेत्र र महँगीसम्मका विषय उठाउँदै सरकारको कार्यशैलीमाथि प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारविरूद्धको १५ बुँदे आरोप सार्वजनिक गरेका हुन् । ‘सबै तथ्यहरूले एउटै सत्य देखाउँछ, सरकार सुशासन, पारदर्शिता र जवाफदेहीतामा पूर्णरूपमा असफल भएको छ,’ उनले भने, ‘सरकारका कमजोरीले सरकारप्रति जनविश्वास निरन्तर खस्किएको छ ।’ कांग्रेसले सरकारलाई राजनीतिक स्टन्टबाट आफ्नो बचाउ गर्ने नभएर पूर्ण पारदर्शिता र जवाफदेहीताबाट जनव...
वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो: विप्लव
राजनीति, विचार, समाचार

वर्तमान सरकारको दिनगन्ती सुरु भइसक्यो: विप्लव

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वर्तमान सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन्। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव चन्दले सरकारको कार्यशैलीप्रति जनस्तरमा तीव्र असन्तुष्टि बढेका कारण यसको आयु छोटिन सक्ने दाबी गरेका हुन्। परिवर्तनका पक्षधर र प्रगतिशील शक्तिहरूले समेत वर्तमान अवस्थालाई निराशाजनक रूपमा लिएको उल्लेख गर्दै उनले जनताले ठूलो धोका महसुस गरिरहेको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वप्रति जनतामा रहेको अपेक्षा पनि समस्यामा पर्दै गएको उनको भनाइ छ। देशको आर्थिक अवस्था डामाडोल भएको प्रति चिन्ता व्यक्त गर्दै उनले विदेशी ऋणको भार, उत्पादनमा कमी, सुकुम्बासी समस्या, मिटरब्याज र लघुवित्त पीडितका समस्याप्रति राज्य उदासीन रहेको आरोप लगाएका छन्। सरकारले यथाशीघ्र यी समस्या समाधान नगरे ...
राप्रपा प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने
राजनीति, समाचार

राप्रपा प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने

नेपालअखबार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारका सत्ता राजनीतिको गणितीय चलखेलमा सहभागी नहुने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनलले वर्तमान परिस्थितिमा राप्रपा कुनै पनि प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा सामेल नहुने निर्णय गरेको जानकारी दिए । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मिलेर प्रदेशमा सरकार गठन गर्नुपर्ने राप्रपाको धारणा रहेको बताए । ‘केही प्रदेशहरूमा सरकार फेरबदलका सन्दर्भमा पनि छलफल गरेका छौं,’ उनले भने, ‘यसमा राष्ट्रिय प्रजातन्त्र पार्टी सामेल छैन । र, त्यसप्रकारको गतिबिधिमा राप्रपा लालायित पनि छैन । राप्रपा मूलत: प्रदेश सरकारहरू कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीहरू मिलेरै बनाउन ...
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
समाचार, समाज

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जङ्गली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८–१९ वर्षको जङ्गली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जङ्गली हात्तीबाट लखेटिएको जनाइएको छ । अहिले सौराहास्थित निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको उनले बताए । यस हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख दिएको छैन । संरक्षण अधिकृत पौडेलका अनुसार यस्ता हात्ती बथानबाट लखेटिएर एक्लिने गर्दछन् । बथानको नेतृत्व पोथी हात्तीले सम्हाल्ने गर्दछ । अल्लारे उमेरका यस्ता भाले हात्तीले उपद्रो मच्चाएमा बथानका कमाण्डरले लखेट्ने गरेको अध्ययनहरूले देखाएको उनले जानकारी दिए । ...
तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु
दुर्घटना, समाचार

तरकारी बोकेको ट्रक खोलामा खस्दा एक जनाको मृत्यु

नेपालअखबार,मकवानपुर ।  भिमफेदी गाउँपालिका–२ तिलटार स्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन् । बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी लिएर जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक वर्षा र बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित भई करिब १०० मिटर तल चण्डी खोलामा खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ बस्ने २३ वर्षीय रञ्जित कार्कीको दाहिने खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ । ट्रकमा सवार चालकका काका ३६ वर्षीय अर्जुन कार्की गम्भीर घाइते भएका थिए । दुवै जनालाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा बिहान ९:१५ बजे चिकित्सकले अर्जुन कार्कीलाई मृत घोषणा गरेका हुन् । दुर्घटनाका बेला ट्रकमा चालकसहि...
सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ
अपराध, प्रशासन, समाचार

सिराहामा पेस्तोलसहित ३ युवा पक्राउ

नेपालअखबार, जनकपुरधाम । सिराहाको लहान नगरपालिका २२ सलोखरीबाट नाईन एमएम पेस्तोल र म्यागेजिन सहित ३ युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार नियमित चेकजांचको क्रममा प्रहरी चौकी सितापुरबाट खटिएको टोलीले उनीहरूलाई पेस्तोल सहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता रमेशबहादुर पालका अनुसार चेकजाँचको क्रममा सोही स्थान बस्ने २० वर्षीय सबरजित दासले लगाएको पाईन्टको दाहिने गोजीबाट उक्त पेस्तोल फेला परेको हो ।घटनास्थलमा दाससंगै रहेका २० वर्षीय गुरुदेव दास र १९ वर्षीय संजय दास पनि पक्राउ परेका छन् । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहान सिराहामा ल्याई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।...
मन्त्रिपरिषद् बैठक बस्दै
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठक बस्दै

नेपालअखबार,काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।
बेनी–जोमसोम सडक रातिमा बन्द
समाचार, समाज

बेनी–जोमसोम सडक रातिमा बन्द

नेपालअखबार, म्याग्दी । म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । सो सडक भएर यात्रु मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी रातिको समयमा यातायात सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।...