Saturday, September 12

समाचार

सर्वदलीय बैठकमा गगन : आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गरौँ
राजनीति, विचार, समाचार

सर्वदलीय बैठकमा गगन : आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गरौँ

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरी लगायत देशका विभिन्न स्थानमा शान्ति र सद्भावका लागि सबै पक्षले आआफ्नो क्षेत्रबाट प्रयत्न गर्नुपर्ने बताएका छन् । सुनसरी घटनालाई लिएर रास्वपा सभापति रवि लामिछानेले बुधबार सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकमा सभापति थापाले यस्तो आग्रह गरेको बैठकपछि जानकारी दिए । ‘यो बेलामा निभाउनुपर्ने भूमिकाबारे जानकारी गराएका छौँ । अरू दलका नेताहरूले पनि सोही कुरा राख्नुभएको छ’, सभापति थापाले भने, ‘धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो यो कसैले वरदान दिएको होइन ।’ उनले वर्षौँदेखि नेपालका नागरिकहरूले समुदायको साझा प्रयत्नबाट आर्जन गरेको पुँजी भएकाले धार्मिक सहिष्णुतालाई जोगाउनुपर्नेमा जोड दिएका छन् । ‘यसका निम्ति, आवेग र उत्तेजनामा नआई धैर्यता र संयमका साथ संवाद गर्नुपर्छ भनेर आहा्वान गरिरहेका छौ’, थापाल...
बर्डफ्लु नियन्त्रणसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो
समाचार, समाज

बर्डफ्लु नियन्त्रणसँगै अण्डा र मासुको खपत र मूल्य बढ्यो

नेपालअखबार, चितवन । पन्छीमा देखिएको बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै पोल्ट्रीजन्य उत्पादनको मूल्य बढ्न थालेको छ । अण्डा, मासु र चल्लाको मूल्य पूर्ववत् अवस्थामा फर्किन सुरु गरेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट अण्डाको समर्थन मूल्य बढाएको छ । फार्महरूको दररेटलाई आधार मानेर मूल्य बढाइएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार यसअघिको मूल्यमा प्रतिक्रेट रु ३० वृद्धि गरिएको छ । ठूलो अण्डा प्रतिक्रेट रु ५०० बाट ५३०, मिडियम रु ४७० बाट ५०० र सानो अण्डा प्रतिपेटी (सात क्रेट)को रु दुई हजार ९०० बाट तीन हजार पुर्याइएको छ । एक्सेल अण्डा रु ५१५ बाट ५४५ पुगेको छ । अध्यक्ष पोखरेलले बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको, उत्पादनमा कमी आएको लगायतका कारण अण्डाको समर्थन मूल्य बढाइएको बताए । बर्डफ्लुका कारण ठूलो अण्डा प्रतिक्रेट रु ४५० मा झरेको थियो । प्रतिक्रेट रु ५६५ बाट रोगको सङ्क्रमण देख...
सुनसरी घटना : सिरहामा प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध
समाचार, समाज

सुनसरी घटना : सिरहामा प्रधानमन्त्रीको राजीनामा माग्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालअखबार, सिरहा। सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको विरोधमा सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै स्थानीयहरूले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा उनीहरुले प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत माग गरेका थिए । सुनसरीमा सरकारले नै युवाको हत्या गरेको आरोप लगाउँदै गोली चलाउनेमाथि कारबाही गर्नुपर्ने, प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् । यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा र साँझ करिब ६ बजे गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा पनि विरोध प्रदर्शन भएको थियो । जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकका अनुसार आन्दोलनकारीले करिब आधा...
युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव
राजनीति, विश्व, समाचार

युक्रेनले क्यास्पियन सागरमा इरानी जहाजमाथि आक्रमण गरेपछि तनाव

नेपालअखबार, तेहरान । युक्रेनले क्यास्पियन सागरमा इरानी मालवाहक जहाजलाई लक्षित गरी गरेको आक्रमणपछि आएको इरानको प्रतिरोधात्मक धम्कीलाई अस्वीकार गरेको छ । शनिबार भएको उक्त घटनाले युक्रेन–रुस युद्ध र इरानसँग सम्बन्धित क्षेत्रीय तनावबिच पहिलो प्रत्यक्ष सम्बन्ध स्थापित गरेको मानिएको छ । युक्रेनका विदेशमन्त्री आन्द्री सिबिहाले सामाजिक सञ्जाल एक्समार्फत इरानका धम्कीहरू निराधार र अनुचित भएको बताएका छन् । उनका अनुसार तेहरानले सन २०२२ देखि रुसलाई हतियार उपलब्ध गराएर युक्रेनविरुद्धको आक्रमणमा प्रत्यक्ष सहयोग गर्दै आएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार क्यास्पियन सागर क्षेत्रमा गरिएको लामो दूरीको आक्रमण अत्यन्त सफल भएको बताएका थिए । उनले इरानसँग सम्बन्धित सैन्य सामग्री ढुवानी गर्ने जहाजहरूलाई पनि निशाना बनाइएको जानकारी दिएका थिए । युक्रेनको सुरक्षा सेवा एसबीयूका अनुसार ड्रोन ...
काँकरभिट्टाबाट एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक, धेरै भुटान र अमेरिकी नागरिक
प्रशासन, समाचार

काँकरभिट्टाबाट एक वर्षमा भित्रिए ८६ देशका ९ हजार पर्यटक, धेरै भुटान र अमेरिकी नागरिक

नेपालअखबार, भद्रपुर (झापा) । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् । छिमेकी मुलुक भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यो तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश गरिएको छैन । नाकाबाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएका छन् । कुल आगमनको ५३ प्रतिशतअर्थात् ४९९४ जना भुटानी नागरिक रहेका छन् । यस्तै, दोस्रो स्थानमा अमेरिकाका नागरिक रहेका छन्, जहाँबाट २३ प्रतिशत अर्थात् २१५२ जना अमेरिकी पर्यटक भित्रिएका निमित्त प्रमुख राजवंशीले जानकारी दिए । कार्यालयको तथ्याङ्कअनुसार पूर्वी नाकामा पुस र माघ महिनालाई मुख्...
सुनसरी झडपको असर : विराटनगरका विद्यालय बन्द
शिक्षा, समाचार, समाज

सुनसरी झडपको असर : विराटनगरका विद्यालय बन्द

नेपालअखबार, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३  कप्तानगञ्जको घटनापछि सुरु भएको प्रदर्शनका कारण विराटनगरका शैक्षिक संस्था बन्द गरिएको छ । आइतबार राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक स्थानीयको मृत्यु भएको थियो । घटनामा अन्य ९ जना घाइते भएका छन् । सोही घटनाको विरोधमा सोमबार विराटनगरमा प्रदर्शन भएको थियो । मंगलबार विद्यालय खुलेनन् । विराटनगर महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालय बन्द गर्ने  औपचारिक निर्णय नगरे पनि सुरक्षा जोखिम र यातायात अवरोधको चेतावनीका कारण विद्यालयहरू स्वत:स्फूर्त रूपमा बन्द भएका हुन् । महानगरको शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलका अनुसार  स्कुल बस सञ्चालनमा अवरोध गर्ने कुरा आएपछि विद्यालयहरूले पठनपाठन रोकेका हुन् । ‘महानगरले विद्यालय बिदा दिने औपचारिक निर्णय त गरेको छैन, तर बिहान...
अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू
राजनीति, विश्व, समाचार

अर्को साता रोममा भेटवार्ता गर्दैछन् इजरायल र लेबनानका अधिकारीहरू

नेपालअखबार, तेल अभिभ । इजरायल र लेबनानका अधिकारीहरू आगामी साता इटालीको राजधानी रोममा भेटवार्ता गर्ने भएका छन् । अमेरिकी मध्यस्थतामा भएको सम्झौताको कार्यान्वयनलाई अघि बढाउँदै दुवै देशबिच दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले वार्ता हुन लागेको हो । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीका अनुसार अमेरिकी नेतृत्वमा हुने प्राविधिक वार्ता अगस्ट ४ देखि ६ सम्म रोममा आयोजना हुनेछ । यो वार्ता दक्षिणी लेबनानका प्रारम्भिक परीक्षण क्षेत्रहरूमा कार्यान्वयन सुरु भएपछि हुन लागेको हो । इजरायली सेनाले गत साता ती क्षेत्रहरूको सुरक्षा नियन्त्रण लेबनानी सशस्त्र बललाई हस्तान्तरण गरेको जनाएको थियो । साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र लेबनानका राष्ट्रपति जोसेफ आउनबीच गत साता भएको भेटवार्तापछि यो संवाद हुन लागेको हो । अमेरिकी विदेश मन्त्रालयका अधिकारीका अनुसार प्राविधिक वार्तामा जुन महिनाको अन्त्यम...
चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता
प्रशासन, समाचार

चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

नेपालअखबार, चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको रिजाल फुड्स एण्ड बेभरेजविरुद्ध दुई मुद्दा र अन्य तीन उद्योगविरुद्ध एक/एक मुद्दा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । रिजाल फुड्सको दालमोठ र नमकीन मिक्सचर (दालमोठ)को गुणस्तर न्यून भएकाले मुद्दा दर्ता गरिएको हो । कार्यालयका सूचना अधिकारी वन्दना पन्तका अनुसार खैरहनीको ओमकार आयल इन्डष्ट्रिजविरुद्ध मुद्दा दर्ता गरिएको छ । आयातीत तोरीको गेडाबाट उत्पादित तोरीको तेलको गुणस्तर कमजोर भएकाले मुद्दा दर्ता गरिएको हो । त्यस्तै सिटिसी चिया असलाको उत्पादन गर्ने भरतपुरको नौलो फुड्स इन्डष्ट्रिज र रत्ननगरको चुक अमिलो उत्पादन गर्ने आचार्य फुड उद्योगविरुद्ध मु...
सुनसरी घटना छानबिन टोली विराटनगरमा
प्रशासन, समाचार, समाज

सुनसरी घटना छानबिन टोली विराटनगरमा

नेपालअखबार, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा भएको हिंसात्मक घटना छानबिन टोली सोमबार राति मोरङको विराटनगर आइपुगेको छ । गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापा संयोजकत्वको समिति सोमबार राति नै विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । समितिले घाइते तथा घटनाका प्रत्यक्ष पीडितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन पनि गरिरहेको छ । समितिले कप्तानञ्ज समेत पुगेर घटनास्थलको निरीक्षण गर्ने छ । प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार पार्ने छ । सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा गृह मन्त्रालयमा बसेको बैठकले सहसचिव थापाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । सो समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–...
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
समाचार, समाज

तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक

नेपालअखबार, हङकङ । तिब्बतका उच्च हिमाली मैदानहरूमा, जहाँ चारैतिर हिउँले ढाकिएका हिमाल छन् र कठोर हावाले निरन्तर प्रहार गरिरहन्छ, त्यहाँ वैज्ञानिकहरू सिङ भएका, बाक्लो रौँ भएका याकका क्लोन तयार गर्न व्यस्त छन् । यी तिब्बती याकहरू समुद्री सतहबाट ४,००० मिटरभन्दा बढी उचाइमा रहेका गोप्य प्रयोगशालाहरूमा क्लोन गरिएका हुन् । अनुसन्धानकर्ताहरूको लक्ष्य पहिलेका याकभन्दा अझ स्वस्थ, बढी प्रजनन क्षमता भएका र उत्कृष्ट गुण भएका ‘सुपर याक’ को एउटा विशेष बथान तयार गर्नु हो । वैज्ञानिकहरूको विश्वास छ, यो परियोजनाले तिब्बती समुदायले भूमिदेवताको प्रिय जनावरका रूपमा सम्मान गर्ने दुर्लभ जंगली याकको एउटा प्रजातिलाई पुनर्जीवित गर्ने सम्भावना पनि खोल्न सक्छ । लामा रौँ भएका यी हिमाली गाई वर्गका जनावर तिब्बतको अर्थतन्त्र र संस्कृतिको अभिन्न हिस्सा हुन् । तर घरेलु याक र तिनका जंगली नातेदार दुवै वर्षौंदेखि विभिन्...