Sunday, November 29

समाचार

अमेरिकामा खतरनाक जैविक कीटाणु तस्करी : चिनियाँ नागरिक पक्राउ
विश्व, समाचार

अमेरिकामा खतरनाक जैविक कीटाणु तस्करी : चिनियाँ नागरिक पक्राउ

नेपालअखबार,वासिङ्टन डीसी ।  अमेरिकामा बाली नष्ट गर्ने र कृषि आतंकवाद फैलाउन खतरनाक जैविक कीटाणु तस्करीको घटना बाहिर आएको छ । अमेरिकाले एक चिनियाँ अनुसन्धानकर्ता जोडीलाई उक्त कीटाणु तस्करी गरेको आरोप लगाएको छ । एफबीआई निर्देशक काश पटेलले यो घटनापछि गम्भीर चेतावनी समेत दिएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले अमेरिकी संस्थाहरूमा घुसपैठ गर्ने र खाद्य आपूर्तिलाई असर गर्न अनुसन्धानकर्ताको रूपमा आफ्ना मानिसहरूलाई तैनाथ गर्ने गरेको कुरा समेत गरेका छन् । जुलाई २०२४ मा चिनियाँ युवा जुन्योङ लिउ आफ्नो झोलामा विषालु फंग्स लिएर अमेरिका प्रवेश गरेको एफबीआई अधिकारीहरूले भनेका छन् । डेट्रोइट विमानस्थलमा उनको झोलाबाट रातो बिरुवाहरू बरामद भएको थियो । सोधपुछको क्रममा उनले यी बिरुवाहरू मिसिगन विश्वविद्यालयको प्रयोगशालामा काम गर्ने आफ्नी प्रेमिका युनकिङ जियानलाई दिन लागेको बताएका थिए । उन...
दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको छ : सांसद अधिकारी
राजनीति, विचार, समाचार

दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको छ : सांसद अधिकारी

नेपालअखबार,काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद प्रकाश अधिकारीले चोर बाटोबाट गैर नेपालीले समेत नेपाली नागरिकता लिएको बताएका छन् । बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन् । समितिमा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल थियो । जहाँ भाग लिंदै उनले भने, ‘कतिपय वास्तविक नेपाली नागरिक बन्न सकेका छैनन । तर, चोर बाटोबाट हजारौं हजारले नागरिक लिइसके ।’ नेपालभित्रै रहेका सुकुमबासीलाई नागरिकता लिन समस्या रहेको बताए । दलित बस्तीहरूका नागरिकलाई नागरिकता लिन समस्या रहेको बताए । जमिनको लालपुर्जा नभएकालाई नागरिकता लिनमा अप्ठ्यारो पर्ने गरेको बताए । यी समस्यालाई समेत ख्याल गरेर नागरिकता ऐन संशोधन गर्न आवश्यक रहेको उनले बताए ।नेपाली महिलाले विदेशी पुरुषसँग विवाह गर्ने र त्यस्तो पुरुषसँग सम्बन्ध विच्छेद भएको हकमा फेरि नेपाल आएर...
सुनको मूल्य बढ्यो
अर्थ, समाचार

सुनको मूल्य बढ्यो

नेपालअखबार,काठमाडौँ । नेपाली बजारमा बुधवार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य वृद्धि हुँदै तोलामा १ लाख ९३ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य बुधवार तोलामा २ हजार ७४ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा २ हजार ४५ रुपैयाँ कायम थियो ।...
मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता
राजनीति, समाचार

मन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेटवार्ता

नेपालअखबार,काठमाडौँ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी तथा नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले सोमबार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र जोर्डनबिच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गरे । उनले नेपाल र जोर्डनबिच भइरहेको सीमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने विचार व्यक्त गरे । साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवर्द्धनका लागि विभिन्न नीतिगत, कानुनी त...
आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै
राजनीति, समाचार

आज सङ्घीय संसदको दुवै सदनको बैठक बस्दै

नेपालअखबार,काठमाडौं । सङ्घीय संसदको दुवै सदनको बैठक आजका लागि बोलाइएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो  १ बजे बोलाइएको छ । आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘ आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुनेछ । राष्ट्रिय सभाको बैठक  दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ । मंगलबार पनि दुवै सदनको बैठक बोलाइएको थियो तर प्रतिपक्षी दलहरूसँग सहमति ह...
अघि बढ्यो आमाको नामबाट मात्रै पनि नागरिकता पाउने विधेयक
राजनीति, समाचार

अघि बढ्यो आमाको नामबाट मात्रै पनि नागरिकता पाउने विधेयक

नेपालअखबार,काठमाडौं । संसदीय समितिले नागरिकता ऐन संशोधन विधेयक अगाडि बढाएको छ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारबाट विधेयकमाथि छलफल अगाडि बढाएको हो । गृहमन्त्री रमेश लेखकले यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको छ । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले सैद्धान्तिक छलफल चलाएको छ । प्रस्तावित विधेयकमा आमाको नामबाट मात्रै पनि नागरिकता पाउन सकिने प्रावधान छ । ‘…नेपाली नागरिकताको प्रमाणपक्र र कुनै व्यत्तिले नागरिकताको प्रमणपत्रमा बाबुको नाम, थर, ठेगाना उल्लेख गर्न नचाहेको भनी निवेदन दिएमा त्यस्तो व्यक्तिलाई दिइने नेपाली नागरिकताको प्रमाणपत्रमा बाबुको नाम, थर तथा ठेगाना उल्लेख हुनुपर्ने स्थानमा कुनै बेहोरा उल्लेख नगरी दिनुपर्नेछ’ प्रस्तावित विधेयकको दफा...
गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी
राजनीति, समाचार

गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन गर्ने दललाई कारबाही गर्न आयोगमा उजुरी

नेपालअखबार,काठमाडौँ  । संविधानबमोजिम निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलबाट समेत संविधानको प्रस्तावनाविपरीत गणतन्त्र र धर्म निरपेक्षताको विरोधमा आन्दोलन भएको भन्दै त्यस्ता दललाई कारबाही गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । काठमाडौँको टोखा नगरपालिका–८ निवासी अधिवक्ता प्रेमराज सिलवालले आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र अधिकारीहरूलाई भेटेर सोमबार उजुरी दर्ता गरेका हुन् । निवेदनमा आयोगमा दर्ता भएर संघीय संसद्मा प्रतिनिधित्व गर्दै आएको राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत नेपालको संविधान र गणतान्त्रिक संवैधानिक प्रणालीविरोधी सडक प्रदर्शन गरिरहेका र सो संविधान र कानुनविपरीत भएको जिकिर गरिएको छ । संविधानको धारा २६९ (१) मा ‘समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले धारा १७ को उपधारा (२) को खण्ड (ग) अन्तर्गत बनेको कानुनको अ...
यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार पेसी
समाचार, समाज

यातायात हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार पेसी

नेपालअखबार, काठमाडौं । सार्वजनिक यातायातका साधन ठप्प पारेर भएको हड्ताल हटाउनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विमल पोखरेलले हड्तालका नागरिकको आधारभूत र मौलिक हक हनन भएको दाबीसहित तत्काल हड्ताल खुलाउन माग राखी आदेश जारी हुनुपर्ने माग गरेका छन् ।सर्वोच्च अदालतले बुधबार नै उक्त निवेदनमाथि प्रराम्भिक सुनुवाइ गर्नेछ ।...
महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित
प्रशासन, समाचार

महानगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

नेपालअखबार, काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे निलम्बनमा परेका छन् । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । पाण्डेले आफूले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरे । उनले आफूले महानगरमा राम्रो काम गर्दागर्दै निलम्बन गरिएको गुनासो गरे । उनलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो ।  गुरागाईँले  पाण्डेलाई   सात बुँदे  स्पष्टीकरण   सोधेका थिए । स्पष्टीकरणमा कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पा...
थाइल्याण्डबाट १० किलो गाँजा बोकेर आएका २ जना विमानस्थलमा समातिए
अपराध, प्रशासन, समाचार

थाइल्याण्डबाट १० किलो गाँजा बोकेर आएका २ जना विमानस्थलमा समातिए

नेपालअखबार, काठमाडौं । थाइल्याण्डबाट १० किलो ४२० ग्राम लागु औषध गाँजा बोकेर आएका दुई जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसाक पचा र भारतीय नागरिक २९ वर्षीय पेरेरा गिफिन छन् । उनीहरुलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । सोमबार राति नेपाल एअर लाइन्सको उडानमार्फत उनीहरु काठमाडौं आएका थिए । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरमा पठाइएको छ ।...