भारतसँग युद्ध हुनसक्ने पाकिस्तानी रक्षामन्त्रीको चेतावनी
नेपालअखबार,काठमाडौँ। भारत र पाकिस्तानबीच तनाब बढिरहेको बेला पाकिस्तानी रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले भारतसँग युद्ध हुने खतरा भएको चेतावनी दिएका छन्।
भारतको जम्मू-कस्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको छ। गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो।
यसरी तनाव बढिरहेको बेला रक्षामन्त्री आसिफले युद्ध हुने खतरा भएको चेतावनी दिएका हुन्। युद्ध हुने खतरा भए पनि त्यसलाई टार्न भने सकिने उनले बताएका छन्।
‘यदि केही भयो भने दुई वा तीन दिनमा हुनेछ। तत्काल खतरा छ,’ आसिफले पाकिस्तानी जियो न्यूजलाई भने।
चीन, साउदी अरब र अन्य खाडी राष्ट्रहरूले दुई देशबीच युद्ध रोक्न प्रयास गरिरहेका छन्। संयुक्त राष्ट्रसंघले पनि भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरिसकेको छ।
दुई देश...









