मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र वुझाए
नेपालअखबार,सुनसरी। नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र वुझाएकाे छ । उक्त ज्ञापनपत्र सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई हस्तान्तरण गर्दै हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण कुमार यादवले मुस्लिम समुदाय बिरुद्द आपत्तिजनक अभिव्यक्ति दिएकोमा नेपाल मुस्लिम इत्तेहाद संगठन सुनसरीले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समाजमा वितृष्णा पैदा गर्ने, सामाजिक सद्भाव बिथाेल्ने, खुलेआम मारकाट गर्छु भन्ने र समाजलाई अशान्त पार्ने कुनै पनि व्यक्ति, समूह वा गिराेहलाई सरकारले कानूनी दायरामा ल्याई कारवाही नगर्दा गृह प्रशासनकाे काम कारवाही प्रति प्रश्न चिन्ह खडा भएकाे छ ।
भनेर जिल्ला प्रशासन सुनसरी मार्फत गृह मन्त्रालयलाई कार्वा...










