Wednesday, August 5

समाचार

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित
विदेश, समाचार, समाज

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

नेपालअखबार,काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा सोमबार आएको शक्तिशाली हिमआँधीका कारण ५ हजारभन्दा बढी उडान रद्द भएका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । रेकर्ड तोड्ने हिमपातसँगै यातायात, विद्युत् र हवाई सेवामा व्यापक अवरोध आएको छ । रोड आइल्याण्ड र म्यासाचुसेट्सका केही भागमा करिब ३३ इन्च (८३ सेमी) सम्म हिमपात भएको अमेरिकी राष्ट्रिय मौसम सेवाले जनाएको छ । न्यूयोर्क सिटीको सेन्ट्रल पार्कमा मात्रै १९ इन्चभन्दा बढी हिउँ जमेको बीबीसीले जनाएको छ । न्यूयोर्कमा यात्रा अवस्था ‘झन्डै असम्भव’ भएको भन्दै राज्य निकायले चेतावनी दिएको छ । पूर्वी तटका विभिन्न राज्यमा गरी ६ लाखभन्दा बढी घरधुरी तथा व्यवसाय विद्युत् आपूर्तिबाट बञ्चित भएका छन् । विशेष गरी न्यूजर्सी र म्यासाचुसेट्स सबैभन्दा बढी प्रभावित भएका छन् । हिमआँधीको चेतावनी नर्थ क्यारोलिनादेखि नर्दन मेनसम्म जारी गरिएको थियो भने पूर्वी क्यानडाका ...
तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश
प्रशासन, समाचार

तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश

नेपालअखबार,काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा मुछिएका पाँचजना आरोपितहरुलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले सोमबार राती पाँचजनालाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । पूर्वसचिवहरु मधुकुमार मरासिनी, मोहनकृष्ण सापकोटा, सुमनप्रसाद शर्मा, पूर्वउपसचिव प्रेमनाथ उपाध्याय र नेपाल नागरिक तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको हो । कुनै धरौटी रकम राख्न नपरेकाले उनीहरु तारिखका दिन अदालतमा नियमित उपस्थित भए पुग्छ । विशेष अदालतले पुर्पक्ष थुनामा राख्ने अवस्था नभएको र धरौटी पनि माग्नु नपर्ने प्रावधानको कानूनी दफा उद्धृत गर्दै उनीहरुलाई साधारण तारिखमा रिहा गरेको हो । यही प्रकरणमा मुछिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदी...
बैतडीमा निर्वाचन प्रहरीको निधन
समाचार, समाज

बैतडीमा निर्वाचन प्रहरीको निधन

नेपालअखबार, बैतडी । आसन्न  निर्वाचन सुरक्षाका लागि भर्ना भएका थप एक निर्वाचन प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडी मेलौली नगरपालिका–६  हतरङ्गाका ३८ वर्षीय राजेन्द्रप्रसाद भट्ट  छन्। जिल्ला प्रहरी  प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार इलाका प्रहरी कार्यालय मेलौलीमा कार्यरत भट्ट ‘ड्युटी’ सकेर गए राति घर फर्किएकामा घरमै एक्कासी बेहोस भएका थिए। बेहोस भएपछि उनलाई उपचारका लागि केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र लगिएकामा स्वास्थ्य केन्द्रमा पुर्‍याउँदा चिकित्सकले गएराति नै मृत घोषणा गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि फागुन ८ गते  दशरथचन्द नगरपालिका–४ बबेत घर भएका ३८ वर्षीय निर्वाचन प्रहरी महादेव वडको पनि ज्यान गएको थियो। खाना खान घर गएको समयमा अचेत अवस्थामा  भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घो...
पेरुमा हेलिकप्टर दुर्घटना : बालबालिकासहित १५ जनाको मृत्यु
दुर्घटना, विदेश, समाचार, समाज

पेरुमा हेलिकप्टर दुर्घटना : बालबालिकासहित १५ जनाको मृत्यु

नेपालअखबार, काठमाडौ । पेरुको दक्षिणी क्षेत्रमा आएको बाढीपीडितको उद्धारमा खटिएको पेरुभियन वायुसेनाको एमआई-१७ हेलिकप्टर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । सोमबार फेब्रुअरी २३ मा सार्वजनिक गरिएको आधिकारिक जानकारी अनुसार यो दुखद घटना आरिक्विपा क्षेत्रको काराभेली प्रान्तमा भएको हो। दुर्घटनामा हेलिकप्टरमा सवार सबै १५ जनाको मृत्यु भएको छ। यसमा ४ चालक दलका सदस्य र ११ यात्रीहरू रहेका थिए। मृतकहरूमा सात जना बालबालिका समेत छन्, जसमध्ये सबैभन्दा सानो बच्चा ३ वर्षको मात्र थियो । हेलिकप्टरको भग्नावशेष चाला जिल्लाको चाला भिएजो भन्ने ठाउँमा फेला परेको छ। यो ठाउँ दुर्गम र पहाडी क्षेत्रमा पर्दछ । उक्त हेलिकप्टर आरिक्विपामा आएको भीषण बाढी र पहिरोबाट प्रभावित मानिसहरूलाई राहत सामग्री पुर्‍याउन र उद्धार कार्यमा सहयोग गर्न जाँदै थियो । वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु गरेको...
हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन
राजनीति, विचार, समाचार

हरेक बुथमा ३० जना रहने गरी भोलेन्टियर फोर्स निर्माण गर्न ओलीको निर्देशन

नेपालअखबार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ गते हुने चुनावका लागि हरेक बुथमा कम्तिमा ३० जना सदस्य रहने गरी भोलेन्टियर फोर्स गठन गर्न निर्देशन दिएका छन्। सोमबार दमकमा पार्टीनिकट भोलेन्टियर फोर्सको कोशी कमाण्ड घोषणा गर्दै अध्यक्ष ओलीले चुनावमा प्रत्येक बुथमा कम्तिमा ३० जना भोलेन्टियर फोर्स गठन गर्न पार्टीका सबै कमिटीहरूलाई निर्देशन दिएका हुन्। 'अहिले चुनावको बेला अब दसौं दिनमा छ। यतिबेला म देशभरिको हाम्रो पार्टीलाई भन्न चाहन्छु। गाउँ गाउँमा टोल टोलमा सुरक्षा समिति बनाउनुस्। चुनावका लागि पार्टी कमिटीलाई निर्देशन- हरेक बुथमा कमसेकम ३० जना भोलेन्टियर एउटा बुथमा निर्माण गर्नुस्,' उनले भने। अध्यक्ष ओलीले भोलेन्टियर फोर्सले शान्ति सुरक्षामा खासगरी प्रहरीलाई सहयोग गर्ने बताए। 'प्रहरीमाथि हमला हुन दिँदैन, प्रहरीलाई सहयोग गर्छ, प्रहरीमाथि हमला हुन दिँदैन, कार्...
सुनसरी–४ को उज्ज्वल भविष्यका लागि रुखमा मतदान गर्न बराहक्षेत्र नगरसभापति रमेश कार्कीको अपिल
राजनीति, समाचार

सुनसरी–४ को उज्ज्वल भविष्यका लागि रुखमा मतदान गर्न बराहक्षेत्र नगरसभापति रमेश कार्कीको अपिल

मुस्ताक आलम, सुनसरी । संविधानको रक्षा, लोकतन्त्रको अनुभूति र समृद्ध सुनसरी–४ को निर्माणका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा रुख चिन्हमा मतदान गर्न ज्ञानेन्द्र बहादुर कार्की लाई विजयी गराउन बराहक्षेत्र नगरसभापति रमेश कार्की ले सम्पूर्ण क्षेत्रवासीसमक्ष भावुक अपिल गर्नुभएको छ। नगरसभापति कार्कीले लोकतन्त्रको संरक्षण र संविधानको कार्यान्वयनका लागि अनुभवी, जिम्मेवार र विकासप्रेमी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सुनसरी क्षेत्र नं. ४ को समग्र विकासका लागि ज्ञानेन्द्र बहादुर कार्की उपयुक्त उम्मेदवार भएको बताउनुभयो। उहाँले विगतमा भएका विकास निर्माणका काम, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य र सडक सञ्जालमा देखिएको प्रगति जनताले अनुभूति गरिसकेको दाबी गर्नुभयो। “संविधानको रक्षा र लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण हाम्रो साझा जिम्मेवारी हो,” नगरसभापति कार्कीले भन्नुभ...
ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए
राजनीति, विश्व, समाचार

ट्रम्पको निवासमा हतियारसहित छिर्न खोजेका एक युवक मारिए

नेपालअखबार, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित निजी निवास मार-ए-लागो रिसोर्टमा हतियारसहित छिर्न खोजेका एक युवक मारिएका छन्। आइतबार बिहान करिब साढे १ बजे पेट्रोल भरिएको क्यान र शटगनसहित एक युवक ट्रम्पको निजी निवासमा प्रवेश गर्न खोजेका थिए। अमेरिकी सिक्रेट सर्भिसका अनुसार ती व्यक्ति अवैध रूपमा छिर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन्। सुरक्षाकर्मीको गोली लागेर ती युवकको मृत्यु भएको छ। घटना भएको बेला राष्ट्रपति ट्रम्प वासिङ्टनमा थिए भने मार-ए-लागोमा उनका परिवारका अन्य सदस्यहरू रहेको भनिएको छ। ती युवक   क्यारोलिनाको क्यामरन निवासी अस्टिन टी मार्टिन रहेको पनि सिक्रेट सर्भिसलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। ती युवकका परिवारले आइतबार बिहानै उनी हराएको सूचना स्थानीय प्रहरीलाई दिएको थियो। उक्त विवरण संघीय निकायलाई हस्तान...
हुम्लामा एक किशोरी मृत फेला
समाचार, समाज

हुम्लामा एक किशोरी मृत फेला

नेपालअखबार, हुम्ला । सिमकोट गाउँपालिका-७ डाडाँफायाँमा एक जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । आइतबार राति ११ बजे १७ वर्षीया निशा सुनार झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार उनी राति आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । प्रहरी निरीक्षक जंगबहादुर सिंहको नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शंकर खड्काले जानकारी दिए ।...
डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ
अपराध, समाचार, समाज

डकैतीका चार आरोपी कटुवा पेस्तोलसहित पक्राउ

नेपालअखबार, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिए। गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो। घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइ...
रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय
प्रशासन, समाचार, समाज

रौतहटमा सद्‌भाव र्‍याली निकाल्ने सर्वदलीय बैठकको निर्णय

नेपालअखबार,रौतहट । रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्‍याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको हो । भुसालका अनुसार सद्भाव र्‍याली सोमबार बिहान साढे ७ बजे निस्किने छ । धार्मिक-सामाजिक-सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने गरी नागरिक समाजका अगुवाहरूको सहभागितामा सद्भाव र्‍याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ । यस्ता छन् बैठकका ५ निर्णय १. गौर नगरपालिका वडा नं. ६ को सबगढा गाउँमा मिति २०८२ फागुन ७ गते राति ९:४५ बजे सुरु भएको विवाद सामान्य रूपले नै समाधान भइसके पनि पुनः मिति २०८२ फागुन ८ गतेदेखि उग्र रूप लिएको हुँदा स्थानीयवासी प्रतिनिधि तथा अगुवा बसेर छबुँदे सहमति भएको बेहोरा अवगत भयो। तथापि मिति २०८२ फागुन ९ गते बिहानैदेखि परिस्थिति जटिल भएको अवस्था सिर्जना भ...