Friday, August 7

समाज

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध
समाचार, समाज

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

नेपालअखबार,काभ्रेपलाञ्चोक । पुण्यमाता खोलाको पुल भाँचिएर ह्युमपाइप राखेर खुलाइएको बनेपा–नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको छ । आइतबार साँझदेखि नाला क्षेत्रमा परेको वर्षाको कारण ह्युमपाइप माथिको माटो बाढीले बगाइदिएपछि सडक बन्द भएको इलाका पहरी कार्यालय बनेपाले जनाएको छ । फलाममा अड्याइएको पुल शुक्रबार राति भाँचिएपछि बनेपा–नाला–भक्तपुर सडकखण्डको पुण्यमाता खोलामा बनेपा नगरपालिका र सडक विभागको पहलमा आइतबार बिहानमात्रै ह्युमपाइप राखेर खुलाइएको थियो । अरनिको राजमार्गको धुलिखेल–सूर्यविनायक सडकको वैकल्पिक मार्गसमेत रहेको सडकमा पूर्णरुपमा बन्द भएको छ ।...
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
समाचार, समाज

वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह

नेपालअखबार,काठमाडौँ । नेपाल मेडिकल एसोसिएसनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितिलाई थप जटिल बन्न नदिइ वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एसोसिएसनले आग्रह गरेको छ । नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले आइतबार प्रेस विज्ञप्ति जारी गरी वार्ताद्वारा समस्या समाधान गर्न नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई आग्रह गरिएको हो । विज्ञप्तिमा भनिएको छ, 'नेपाल मेडिकल एशोसिएशनले गर्न लागेको विरोध कार्यक्रमका कारण उत्पन्न परिस्थितीलाई थप जटिल बन्न नदिई वार्ताद्वारा समस्या समाधान गर्न नेपाल बार एसोसिएसन, नेपाल सरकार र नेपाल मेडिकल एशोसिएशनलगायत सम्वद्ध सबै सरोकारवालालाई हार्दिक आग्रह गर्दछौँ ।' राष्ट्रिय महत्वका एवं सार्वजनिक सरोकारका मुद्दा र अन्य मुद्दामा अदालतबाट भएका फैसलाका बारेमा आमसञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयप्रति ...
निर्माणधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न
समाचार, समाज

निर्माणधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

नेपालअखबार,काठमाडौँ । एसियन राजमार्गअन्तर्गत झापाको बिर्तामोड–चाराली खण्डमा निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’को कार्य ४५ प्रतिशत सम्पन्न भएको छ। राजमार्ग आयोजनाअन्तर्गत कोशी प्रदेशमा एकमात्र एलिफेन्ट क्रसिङ निर्माण तीव्र गतिमा अघि बढिरहेको आयोजनाका इञ्जिनीयर आश्रय महतले जानकारी दिए। उनका अनुसार यो क्रसिङ आयोजना वन्यजन्तुको सुरक्षालाई ध्यानमा राखी निर्माण थालिएको हो। हालसम्म सिङ्गल लेनको काम ६० प्रतिशत र डबल लेनको ३५ प्रतिशत काम पूरा भइसकेको आयोजना कार्यालयले जनाएको छ। गत जेठमा आएको बाढीले डाइभर्सन संरचना बगाएपछि अहिले ठूलो ह्यामपाइप प्रयोग गरी पुनः डाइभर्सन निर्माण गरिएको आयोजनाका प्रमुख इञ्जिनीयर सुनिलबाबु पन्तले जानकारी दिए। उनका अनुसार डाइभर्सन मर्मतपछि निर्माण सुचारु गरिएको हो। 'पन्ध्र मिटर लम्बाइ र छ दशमलव पाँच मिटर उचाइ रहेको यो क्रसिङ संरचनाको निर्माण लागत तीन करोड ३९ लाख ५८...
हिमाचलमा बादल फाट्ने र अविरल वर्षा : हालसम्म ७५ जनाको मृत्यु, २८८ जना घाइते
समाचार, समाज, हाइलाइट-समाचार

हिमाचलमा बादल फाट्ने र अविरल वर्षा : हालसम्म ७५ जनाको मृत्यु, २८८ जना घाइते

नेपालअखबार,मन्डी । हिमाचल प्रदेशको चम्बा र मन्डी जिल्लामा बादल फाट्नुका साथै भीषण वर्षा भएको  छ। यसका कारण राज्यमा ५ वटा पुल बगेका छन्। चम्बाको काङ्गेला नालामा बनेको पुल बगेको छ भने मन्डी जिल्लाको चौहर उपत्यकामा एउटा सवारी साधन र तीनवटा पैदल यात्री पुल बगेका छन्। गत २० जुनमा हिमाचल प्रदेशमा मनसुन प्रवेश गरेको थियो। त्यसयता जुलाई ४ सम्म बाढी र पहिरोका घटनामा ७५ जनाको मृत्यु भइसकेको छ भने २८८ जना घाइते भएका छन्। बादल फुट्ने घटनामा मन्डी जिल्लामा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ। त्यहाँ अझै ३१ जना बेपत्ता छन्। आइतबार पनि राज्यमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। मध्य प्रदेशमा बलियो वर्षा प्रणाली सक्रिय भएका कारण बाढीको अवस्था छ। भारी वर्षाका कारण मण्डला जिल्लामा नर्मदा नदी उर्लिएको छ। त्यहाँ, नरसिंहपुरबाट होशंगाबाद जोड्ने राष्ट्रिय राजमार्गमा रहेको पुल भत्किएको छ। ...
सुनसरीमा पौडी खेल्न गएका २ बालकको मृत्यु
समाचार, समाज

सुनसरीमा पौडी खेल्न गएका २ बालकको मृत्यु

नेपालअखबार,विराटनगर । सुनसरीमा पौडी खेल्न गएका दुई बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी उपमहानगरपालिका–१६ को  मुरा खोलामा पौडी खेल्ने क्रममा शनिबार दिउँसो डुबेर ९ र ११ वर्षीय बालकको मृत्यु भएको हो । इटहरी–१६ का रमेश खत्रीका ९ वर्षीय छोरा युनिस खत्री र इटहरी–५ का बुद्धि परियारका ११ वर्षीय छोरा हेमबहादुर परियार (बिसु परियार) पौडी खेल्ने क्रममा खोलाको दहमा डुबेका थिए । उद्दार गरी उनीहरुलाई सान्बी सिटी अस्पताल  इटहरीमा ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।मृतक बालकको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको प्रहरीले जनाएको छ ।...
राजमार्ग अपडेट : विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
समाचार, समाज

राजमार्ग अपडेट : विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

नेपालअखबार,काठमाडौँ । वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकामा वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ मा पहिरो खसेर बनेपा नाला हुँदै भक्तपुर खण्ड अवरुद्ध हुनुका साथै उक्त स्थानमा सडकमाथिको पुल भाँचिएको उनले जानकारी दिए । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुन पुगेको घिमिरेले बताए । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छल...
कराँचीमा भवन भत्किँदा १९ जनाको मृत्यु
विदेश, समाचार, समाज

कराँचीमा भवन भत्किँदा १९ जनाको मृत्यु

नेपालअखबार,कराँची । पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । शनिबार अपराह्न भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूले पुष्टि गरेका छन् । कराँचीको लियारीस्थित बग्दादी क्षेत्रमा पाँच तले आवासीय भवन भत्किँदा उक्त विध्वंसकारी घटना भएको हो । उद्धार अधिकारीहरूले पाँच महिलासहित नौ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उनीहरूको उपचार भइरहेको बताएका छन्। कराँचीका मेयर मुर्तजा वहाबले भग्नावशेषबाट १९ जनाको शव निकालेको पुष्टि गरेको एआरवाई न्यूजले जनाएको छ । कराँचीका नगरप्रमुख ब्यारिस्टर मुर्तजा वहाबले करिब २० देखि २५ जना मानिस भग्नावशेषमा फसेको अनुमान गरिएको र अझै पुरिएकाहरुको उद्धार कार्य जारी रहेको बताएका छन् ।नगर प्रमुखले भने, 'उद्धार कार्य अझै जारी छ । टोलीहरू अरू कोही पनि भग्नावशेषमा नफसेको सुनिश्चित नहुँदासम्म काम गरिरहने छ...
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
पर्यटन, समाचार, समाज

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

नेपालअखबार,ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ । हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ । यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठाल...
बाढीको सूचना दिन सेती नदीको तटीय क्षेत्रमा जडान गरियो साइरन
प्रविधि, समाचार, समाज

बाढीको सूचना दिन सेती नदीको तटीय क्षेत्रमा जडान गरियो साइरन

नेपालअखबार,तनहुँ। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजनाको बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउनसक्ने उतारचढावका विषयमा अग्रीम सूचना दिन साइरन जडान गरिएको हो। नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत सेती नदीमा निर्माणाधीन बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्र सेतीनदी क्षेत्रका बासिन्दालाई बाढीजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए। 'बाँध सुरक्षा, मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रमा निर्माण गरिएको अस्थायी बाँध, त्यसबाट तल्लो तटीय क्षेत्रमा हुने नदीको बहावमा हुनसक्ने...
‘व्यापारीहरूले भनेको मूल्यमै धान बेच्दा हाम्रो लागत पनि उठ्दैन’
अर्थ, कृषि, समाचार, समाज

‘व्यापारीहरूले भनेको मूल्यमै धान बेच्दा हाम्रो लागत पनि उठ्दैन’

नेपालअखबार,कैलाली। कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा छन्। यसवर्ष तीन बिघामा लगाएको धान उनले अझै बिक्री गर्न सकेका छैनन्। व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उनले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन। ‘व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ । उहाँहरुले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो लागत नै उठ्ने देखिँदैन,’  उनले भने, ‘आजभोलि धान रोपेर पछुतो लागिरहेको छ।’ सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन । गत वर्ष प्रतिक्विन्टल तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउँछन...