Saturday, August 8

समाज

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण
समाचार, समाज

कामिरिता शेर्पाद्वारा ३१औँ पटक सगरमाथाको सफल आरोहण

नेपालअखबार,काठमाडौँ । विश्व कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३१ औँ पटक सगरमाथा आरोहण सफल गरेका छन् । सोलुखुम्बु थामेका ५५ वर्षीय शेर्पाले आज बिहान ४ः०० बजे सगरमाथाको शिखरमा पुगेर यसअघि आफैँले राखेको कीर्तिमान तोडेका हुन् । अघिल्लो वर्ष शेर्पाले २९ र ३० औँ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए । पर्यटन विभागका अनुसार आजदेखि सगरमाथा आरोहण सकिनेछ । यो ‘सिजन’मा ४६ आरोही समूहका ४५८ जनाले आरोहण अनुमति लिएका थिए । उनीहरुमध्ये करिब ५०० जनाले सगरमाथा आरोहण गरेको जनाइएको छ ।...
धादिङको थाक्रेमा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो,
समाचार, समाज

धादिङको थाक्रेमा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो,

नेपालअखबार,काठमाडौँ । पृथ्वी राजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा रहेको पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ । सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले  बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ । काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै नुवाकोटको बाटो पठाइएको एसपी सुवेदीले जानकारी दिए । सोताङ खोलामा पुरानो पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै आएको छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलको भाग धस्सिएको आकलन गरिएको छ ।...
मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित
कृषि, समाचार, समाज

मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित

नेपालअखबार, भोजपुर। मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि भोजपुरका किसान चिन्तित भएका छन्। फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन्। वैशाख अन्तिम साताबाट अमेरिकन फौजी किराको समस्या बढेसँगै मकैबालीमा क्षति पुगेको स्थानीय कृषक धनबहादुर थापाले बताए। किराका कारण गोड्ने समय भएको मकैको गुबोभित्र पसेर गुबो खाइदिने, पात खाने र पहेँलो भएर मर्ने समस्या रहेको उनको भनाइ छ। 'यस वर्ष पनि मकैमा फौजी किराको समस्या देखिएको छ,' उनले भने, 'फौजी किराले मकैको गुबो खाएर नष्ट बनाएको अवस्था छ। मकैमा किराको प्रकोप बढेपछि चिन्ता थपिएको छ। विशेष गरेर तल्लो भेगमा लगाइएको मकैमा किराको समस्या बढी देखिएको छ।' जिल्लाको भोजपुर नगरपालिकाको टक्सार, बोखिम, दाँवा, पौवादुङमा गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, अरुण गाउँपालिकालगायत तल्लो क्षेत्रमा फौजी किराको समस्या देखिएको किसानको भ...
भारतमा बढ्दै छन् कोरोना संक्रमित
विदेश, समाचार, समाज, स्वास्थ्य

भारतमा बढ्दै छन् कोरोना संक्रमित

नेपालअखबार,नयाँ दिल्ली । छिमेकी मुलुक भारतमा कोरोनाका घटनाहरू निरन्तर बढिरहेका छन्। यो वर्षको सुरुमै मुम्बईमा कोरोनाका बिरामीहरू पुष्टि हुन थालेका थिए । शनिबार बिहान ६ बजेसम्ममा कोरोनाका ३१२ केसहरू दर्ता भएका छन्। यद्यपि, यो संख्या विश्वका अन्य देशहरूको तुलनामा धेरै कम छ। कोरोनाका कारण २ जनाको मृत्यु भएको छ। शुक्रबार भारतमा २९ नयाँ केसहरू पत्ता लागेका छन् । गुजरातको अहमदाबादमा २०, उत्तर प्रदेशमा ४ र हरियाणामा ५ वटा मुद्दा दर्ता भएका छन्। यसैबिच, बिहीबार बेंगलुरुमा ९ महिनाको बच्चाको रिपोर्ट पनि कोरोना पोजेटिभ आएको छ। दिल्ली सरकारले शुक्रबार सबै अस्पतालहरूको लागि एक स्वास्थ्य एड्भाइजरी जारी गरेको छ, जुन मान्य छ। नयाँ निर्देशन अनुसार, सबै अस्पतालहरूले बेड, अक्सिजन, औषधि र खोप सुविधा उपलब्ध गराउनु पर्नेछ। यदि कसैलाई कोरोना पोजेटिभ छ भने, उसलाई जीनोम सिक्वेन्सिङको लागि एलएनजेपी अस्पताल ...
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
समाचार, समाज

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

नेपालअखबार,काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।  नारायणगढ– मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले आजदेखि यही जेठ २५ गतेसम्म बिहान १०ः ३० बजेदेखि अपाह्न ३ः०० बजेसम्म उक्त सडक बन्द गरेर काम थालेको जनाएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा उक्त निर्णय भएको जानकारी दिए । आयोजनाले नागढुङ्गा–पिपलामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको बताएको छ । नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामा र नौबिसेतर्फबाट काठमाडौँ आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ । प्रहरीले विकल्पमा धार्के­–सीतापाइला तथा टोखा­–छहरे ­त्रिशूली­ गल्छी सडक प्रयोग गर्न अनुरोध गरेको छ ।...
पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो
समाचार, समाज

पर्वतारोहण पथप्रदर्शक पेसामा शेर्पा युवाको आकर्षण घट्दो

नेपालअखबार,सोलुखुम्बु । सोलुखुम्बुका स्थानीय दावा शेर्पाको ४६ वर्ष सगरमाथा क्षेत्रमा आवतजावत गर्दागर्दै बित्यो । कलिलो उमेरमै हिमालमा भारी बोक्न सुरू गरेका उनीहाल ६१ वर्षको भए। पर्वतारोहण पथप्रदर्शकका रूपमा आठ पटक सगरमाथा आरोहण गरिसकेका दावामा हिमालप्रतिको मोह भने अझै उस्तै छ । भरियाबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका उनलाई सगरमाथा क्षेत्रका गाउँहरू र त्यहाँको बाटो निकै प्रिय लाग्छ । उनी विगत सम्झँदै भन्छन्, “हालको खुम्बु पासाङल्हामु गाउँपालिका–५ नाम्चे बजार अहिलेको जस्तो थिएन । पुराना घरहरू थिए । पर्यटन सिजनको बेलामा सयौँ टेन्ट टाँगिएका हुन्थे । शेर्पा युवाहरू कोही भारी बोक्थे, अङ्ग्रेजी बोल्न जान्नेहरू ट्रेकिङ गाइडका रूपमा काम गर्थे ।” पदयात्राका क्रममा गन्तव्यमा अहिलेको जस्तो होटल थिएनन् । कतिपय स्थानमा ओडारमा रात बिताएका अनुभव उनीसँग छ । उनी सम्झँदै भन्छन्, “जहाँ दाउरा भेटिन्छ, बोक...
हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित
कृषि, समाचार, समाज

हुरीले अकबरे खुर्सानीमा क्षति पुर्‍याएपछि किसान चिन्तित

नेपालअखबार,भोजपुर । वर्षासँगै आएको हावाहुरीले खुर्सानी खेतीमा क्षति पुर्‍यापछि भोजपुरका बोखिमका किसान चिन्तित भएका छन् । हावाहुरीका कारण फुल्दै गरेको अकबरे खुर्सानी लडाइदिएपछि किसान चिन्तामा परेका हुन् । निरन्तरको वर्षाले फल्ने बेला भएका खुर्सानीमा क्षति पुर्‍याएका स्थानीय कृषक कुमार विष्टले बताए । किसानको राम्रो नगदेबालीका रुपमा रहेको खुर्सानी फल्ने बेलामा हावाले क्षति गरेपछि समस्या भएको उनको भनाइ छ । बोखिमका अधिकांश किसानले अबकरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका छन् । मल्चिङ प्रविधिबाट यहाँका किसानले खर्सानीको खेती गरिरहेका छन् । पछिल्लो समय दैविक प्रकोपको अलवा, खुर्सानीको जरा कुहिने, पात पहेँलो हुने, फलमा किरा लाग्ने समस्या बढी मात्रामा देखिन थालेको किसानको भनाइ छ । भोजपर नगरपालिकाको बोखिम, पोखरे, भैँसीपङ्खालगायत क्षेत्रमा खुर्सानीको व्यावसायिक खेती हुने गरेको छ ।...
तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला
समाचार, समाज

तिनाउ खोलामा बेपत्ता भारतीय नागरिकको शव फेला

नेपालअखबार,काठमाडौं । पौडी खेल्ने क्रममा तिनाउ खोलाको ड्यामसाइडमा डुबेर बेपत्ता भएका १८ वर्षीय सोयव अन्सारीको शव फेला परेको छ । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले अन्सारीको शव शुक्रबार दिउँसो फेला पारेको हो । अन्सारी यही जेड ८ गते पौडी खेल्ने क्रममा पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित तिनाउखोलाको ड्यामसाइडमा बेपत्ता भएका थिए । भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएका थिए ।...
दाङमा फेला परे ७ वटा बाघ
समाचार, समाज

दाङमा फेला परे ७ वटा बाघ

नेपालअखबार,दाङ। दाङका विभिन्न वन क्षेत्रमा सात वटा वयस्क बाघ फेला परेका छन्। डिभिजन वन कार्यालय घोराहीको संयोजकत्वमा डिभिजन वन कार्यालय देउखुरी, लमहीको समन्वय र सहकार्यमा मध्य तराई भू–परिधि क्षेत्रमा पर्ने जिल्लाका वन क्षेत्रमा बाघ अनुगमनका लागि क्यामरा राखिएका थिए। एउटा भाले, दुइटा पोथी र चार वटा लिंग पहिचान नभएका वयस्क बाघ भेटिएको डिभिजन वन कार्यालय दाङका वन अधिकृत वेसीन्द्रराज सुवेदीले जानकारी दिए। ती तस्बिर विभिन्न २३ स्थानमा जडान गरिएका क्यामरामा कैद गरिएका हुन्। सर्वेक्षण कार्य वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन निर्देशनालयको मार्गदर्शनमा गत वर्ष मंसिर २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन गरिएका थियो। चालीस दिनसम्म एक सय नौ वटा क्यामरा जडान गरी चार सय ३६ वर्ग किलोमिटर वन क्षेत्रको निगरानी गरिएको वन अधिकृत सुवेदीले जानकारी दिए। उक्त अध्ययन क्षेत्रले दाङ जिल्लाका चार स्थान...
हिमपहिरोले तिलगाउँको ५ करोड क्षति
समाचार, समाज

हिमपहिरोले तिलगाउँको ५ करोड क्षति

नेपालअखबार,हुम्ला । हिमताल भासिएर आएको हिमपहिरोका कारण नाम्खा गाउँपालिका–६ तिलगाउँमा ५ करोड क्षति भएको छ । ५ हजार ३ सय मिटर उचाईमा रहेको हिमताल भाँसिदा तिल गाउँको ५ करोड हाराहारी क्षति भएको हो। ५ वटा काठेपुल, ५०/५५ हेक्टर जमिन ४ वटा सिँचाई कुलो खानेपानी र १५ किलोवाटको लघु जलविद्युत् गरी ५ करोड हारहारी क्षति भएको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नन्दकृष्ण पाध्यायले जानकारी दिए । गाउँपालिकाबाट खटिएको उपाध्यक्ष तक्दिर लामा र गाउँपालिका कर्मचारीहरू टोलिबाट क्षतिको एकिन गरेको पाध्यायले बताए । १ करोड भन्दा बढीको लघु जलविद्युत् र सिँचाई कुलो काठेपुल क्षति भएको प्रमुख अधिकृत पाध्यायको भनाइ छ । १५ वटा घर चर्किएका छन् १९ घरधुरी त्रिपालमुनी रहेका छन् ।...