Saturday, August 8

समाज

२७ वर्षअघि ट्र्याक खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रेको तयारी
समाचार, समाज

२७ वर्षअघि ट्र्याक खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रेको तयारी

नेपालअखबार,म्याग्दी। २७ वर्षअघि ट्र्याक खुलेको म्याग्दीको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गर्ने तयारी भएको छ। बेनी नगरपालिका–१ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सवबेस र बेस बिछ्याउन थालिएको हो। सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत सञ्चालित रत्नेचौर–भकुण्डे सडक चालु आर्थिक वर्षभित्र कालोपत्र गर्ने तयारी भएको हो। कार्यालयका सवइञ्जिनियर जीवन पौडेलले बेस र सवबेस बिछ्याइएको चार किलोमिटर पाँच सय मिटरमा कालोपत्र गर्न लागिएको जानकारी दिए। ‘एक किलोमिटर दुई सय मिटर ढलान भइसकेको छ,’ उनले भने, ‘थप दुई सय मिटर ढलान र तीन किलोमिटर कालोपत्रका लागि संरचना निर्माण अन्तिम चरणमा पुगेको छ।’ नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले आधुनिक प्रविधिको का...
पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै
विदेश, समाचार, समाज

पोप फ्रान्सिसको अन्तिम बिदाइ गरिँदै

नेपालअखबार,सेन्ट पिटर्स । पोप फ्रान्सिसलाई शनिबार अन्तिम बिदाइ गरिँदैछ। उनको अन्त्येष्टिमा भाग लिन ठूलो संख्यामा मानिसहरू सेन्ट पिटर्स स्क्वायर पुगिरहेका छन्। पोप फ्रान्सिसको अन्त्येष्टिको समय नजिकिँदै जाँदा, सेन्ट पिटर्स स्क्वायर पुग्ने मानिसहरूको संख्या निरन्तर बढ्दै गएको छ। ८८ वर्षीय पोप फ्रान्सिसको स्थानीय समयानुसार सोमबार बिहान ७स्३५ बजे निधन भएको थियो ।  गत महिना उनी पाँच सातासम्म अस्पतालमा भर्ना भएका थिए। सङ्क्रमणपश्चात् उनलाई दुवै फोक्सोमा निमोनिया भएको थियो। रोमन क्याथलिक चर्चको सर्वोच्च पदमा पुग्ने उनी पहिलो ल्याटिन अमेरिकी थिए। सन् १९३६ मा अर्जेन्टिनामा बसोबास गरेका इटलीका आप्रवासीहरूको परिवारमा उनको जन्म भएको थियो। उनी जेजूइट बने र ब्वेनोस आइरिसको आर्चविशपको पदमा पुगे। सन् २०१३ मा पोपको पदमा उनको चयनले आश्चर्य निम्त्याएको थियो। साधारण जीवनशैलीका निम्ति उनको प्रशंसा हुन...
वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ
समाचार, समाज

वन्यजन्तु जोगाउन दश वर्षदेखि राप्ती सरसफाइ

नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती नदीको विगत १० वर्षदेखि सरसफाइ गरिँदै आएको छ । अभियान्ताहरूले स्वतस्फूर्त रूपमा नदी र आसपासका क्षेत्रमा मुख्यरूपमा प्लास्टिकजन्य वस्तु सङ्कलन गर्दै आएका हुन् । राप्ती सरसफाइ अभियानका संस्थापक अध्यक्ष अपिल घिमिरेका अनुसार विसं २०७२ माघ २३ गतेदेखि हरेक हप्ताको शनिबार बिहान ८ बजे यो अभियान गर्ने गरिएको छ । नदीको मुहान मकवानपुरको त्रिखण्डीदेखि चितवनको मेघौलीस्थित गोलाघाटसम्म सरसफाइ गरिँदै आएको छ । नदीमा रहेका जलचर र निकुञ्जमा वन्यजन्तु प्लास्टिकबाट प्रभावित हुने भएकाले उनीहरूलाई जोगाउनु मुख्य उद्देश्य रहेको घिमिरेले बताए । स्थानीय जनतालाई सहभागी गराएर ५० देखि १०० जनासम्म प्रत्येक हप्ता सहभागी हुने गरेका छन् । पचास जना हाराहारी नियमित अभियानमा जुट्ने अभियान्ता रहेको उनले जानकारी दिए हालसम्म ५०० पटक २२ हजार स्वयंसेवकले सरसफाइ ...
साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट
अर्थ, समाचार, समाज

साफेबगरको हाटबजारमा आगलागी, १० वटा पसल जलेर नष्ट

नेपालअखबार,अछाम। अछामको साफेबगरमा आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको छ। शनिबार बिहान साफेबगर नगरपालिका-३ हाटबजारमा बिहान पौने ४ बजेदेखि आगलागी हुँदा १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी इन्स्पेक्टर जय पार्कीले जानकारी दिए। हाटबजारमा प्रेम खड्काले सञ्चाले गरेको सुभेच्छा म:म सेन्टरबाट आगलागी सुरू भएको थियो। उक्त पसलमा बिजुलीको तार सट भई आगलागी भएपछि आसपास रहेका थप ९ वटा पसलमा पनि आगो सल्किएको इन्स्पेक्टर पार्कीले जानकारी दिए। आगलागीबा त्यस आसपास रहेका किराना पसल, ब्युटी पार्लर, सुनचाँदी लगायतका विभिन्न व्यवसाय सञ्चालित पसलहरू जलेर नष्ट भएका छन्। आगलागी बिहान ६ बजेपछि नियन्त्रणमा आएको इन्स्पेक्टर पार्कीले जानकारी दिए। आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू खटेका थिए। आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेकाले क्षतिको विवरण संकलन भइर...
जिल्ला अस्पताल: डा. अमिताभ ठाकुरको नेतृत्वमा स्वास्थ्य सेवामा ठूलो सुधार
समाचार, समाज, स्वास्थ्य

जिल्ला अस्पताल: डा. अमिताभ ठाकुरको नेतृत्वमा स्वास्थ्य सेवामा ठूलो सुधार

नेपालअखबार,सुनसरी । डा. अमिताभ ठाकुर मेडिकल सुपरिटेन्डेन्टका रूपमा जिल्ला अस्पताल सुनसरी इनरुवाको कार्यकालले अस्पतालको विकास र सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। डा. ठाकुरको नेतृत्वमा अस्पतालमा स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भएको छ । अस्पतालको सुधार र सेवाले स्थानीय समुदायका नागरिकलाई प्रभावकारी उपचार सेवा प्रदान गर्दै आएको छ । डा. अमिताभ ठाकुरको नेतृत्वमा अस्पतालले स्त्री तथा प्रसूति रोग विशेषज्ञ, बालरोग, सामान्य शल्यक्रिया, दन्त रोग, कान तथा आँखा रोग र अन्य सेवा विस्तार गरेका छन्। अस्पतालमा विभिन्न किसिमका सेवाले स्थानीय नागरिकलाई शहरको ठूलो अस्पतालमा जाने आवश्यकता बिना नै जिल्लामै उच्च गुणस्तरीय उपचार सेवा प्राप्त गर्न सहयोग पुर्‍याएको छ। अस्पतालको सुविधाहरूमा थपिएको इको र इन्डोस्कोपी जस्ता अत्याधुनिक प्रविधिहरूले पनि उपचार प्रक्रियामा ठूलो परिवर्तन ल्याएको छ। यिनै सेवाह...
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
अर्थ, समाचार, समाज

कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू

नेपालअखबार,मकवानपुर । मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीहरू कारागारभित्रै सीपमूलक कार्य गरी राम्रो आम्दानी गर्दै आएका छन् । कारागार व्यवस्थापनले विभिन्न आरोपमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई समाजमा पुनःस्थापित गराउने उद्देश्यले कारागारभित्रै सीपमूलक कार्य गर्न प्रेरित गरेपछि उनीहरू त्यसतर्फ आकर्षित भएका हुन् । कारागारभित्र कैदीहरू कोही गलैँचा बनाउन व्यस्त छन् भने कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त रहेकोे दृश्य कारागारभित्र देख्न सकिन्छ । कैदीबन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन् । कतिपय कैदीबन्दीहरूलाई जेलमा भेट्न आउने आफन्तसँग भेटघाट गर्नसम्म फुर्सद हुँदैन । कैदीबन्दीहरू सीपमूलक कार्य गरेर मासिक रु १५ हजारदेखि रु २० हजारसम्म आम्दानी गर्ने गरेका छन् । विभिन्न कारण र बाध्यतामा अपराध कर्म गरे पनि कारागारभित्रै सीप सिकेर आम्दानी गर्न पाउ...
बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै
प्रशासन, समाचार, समाज

बाँकेमा करिब सात सय भूमिहीनलाई लालपुर्जा वितरण गरिँदै

नेपालअखबार,नेपालगञ्ज । भूमि समस्या समाधान आयोगले बाँकेमा पहिलो चरणमा करिब सात सय  जग्गाधनी पुर्जा वितरण गर्न लागेको छ । भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले त्यसका लागि हालसम्म करिब पाँच सय ६३ लालपुर्जाको प्रमाणीकरण भएको जानकारी दिए । तीमध्ये एक सय १२ जनाको सनाखत प्रक्रिया पूरा भएको र अन्यको लालपुर्जाको आवश्यक प्रक्रिया चलिरहेको उनले बताए । जिल्लाको कोहलपुर नगरपालिका–१ स्थित कौशिल्यानगरबाट यही २० गते लालपुर्जा वितरण प्रारम्भ हुने आयोगले जनाएको छ । भूमिहीन दलित र सुकम्वासीलाई जग्गाधनी लालपुर्जा वितरण गर्न लागिएको तर धेरैजसो मान्छे घरमा नभएकाले केही कठिनाइ भइरहेको अध्यक्ष खनालको भनाइ छ । ‘लगत्तै अव्यस्थित बसोबासी भएकालाई पनि जग्गाको लालपुर्जा वितरण हुनेछ । २० गतेबाट वितरण हुने लालपुर्जाको प्रमाणीकरणको काम शनिबारसम्म सक्नुपर्ने बाध्यता रहेको छ । बाँकेका आठ स्थानीय तहमध्य...
गएनन् शिक्षकहरू शिक्षा मन्त्रीले बोलाएको वार्तामा
शिक्षा, समाचार, समाज

गएनन् शिक्षकहरू शिक्षा मन्त्रीले बोलाएको वार्तामा

नेपालअखबार,काठमाडौं ।  सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरूका माग सम्बोधन गर्न आदेश दिएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले आन्दोलनरत नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आह्वान गरे। नवनियुक्त शिक्षा मन्त्री पन्तले शुक्रबार दिउँसो विज्ञप्ति निकालेर वार्ताका लागि आह्वान गरेका थिए। उक्त आह्वानप्रति शिक्षक महासंघ सकारात्मक थियो। वार्ताका लागि भनेर महासंघका केही नेताहरू शिक्षा मन्त्रालय जाँदै थिए। तर प्रहरीले पासको कारण देखाएर सिंहदरबारको दक्षिणी गेटमै शिक्षक महासंघका नेताहरूलाई रोकिदियो। त्यसबेला शिक्षा मन्त्री पन्त महासंघका वार्ताकारहरूलाई कुर्दै मन्त्रालयमै बसिरहेका थिए। सिंहदरबार छिर्ने पासका लागि सहजीकरण गर्न शिक्षा मन्त्रीले मन्त्रालयका सहसचिव कृष्णप्रसाद काफ्ले लगायतलाई आग्रह पनि गरेका थिए। तर शिक्षक महासंघका वार्ता टोली मन्त्रालय पुगेन, वार्ता हुन सकेन। ...
भुजी र दरमखोला पुल निर्माणमा लापरबाही
समाचार, समाज

भुजी र दरमखोला पुल निर्माणमा लापरबाही

नेपालअखबार, बागलुङ।  निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुइवटा मोटरेबल पुल ९ वर्षदेखि अलपत्र छन्। ढोरपाटन नगरपालिका–५ स्थित अस्तु–ओडारबोट जोड्ने भुजीखोला पुल र गलकोट नगरपालिका–७ को दरमखोला पुल निर्माणले गति नलिँदा  स्थानीयले सास्ती खेप्नुपरेको छ। दुईवटै पुल निर्माणका लागि वाइटी रफिना जेभी कन्ट्रक्सनले जिम्मा पाएको थियो। भूजीखोला पुल २०७४ साल माघमा सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता गरेको थियो। उक्त पुलको हालसम्म ३५ प्रतिशतमात्र काम भएको सडक डिभिजिन कार्यालयले जनाएको छ। दरमखोला पसलका २०७४ साल माघ ४ गते सक्नेगरी २०७३ साल असोज ४ गते सम्झौता भएको थियो। निर्माण कम्पनीले समयमै काम नगरेपछि अन्तिमपटक २०७७ साल मङ्सिर १४ मा म्याद थप गरिएको थियो। यो पुलको काम ४० प्रतिशतमात्र भएको छ सडक डिभिजन कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीका अनुसार भुजीखोला पुल निर्माणका लागि दुई करोड १...
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
समाचार, समाज

बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला

नेपालअखबार,काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ भादा नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता युवकको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । सोही ठाउँको सयलवा रामबाघ बस्ने १९ वर्षीय सृजन पोख्रेलको शव बैशाख १२ गते बिहान सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए ।नुहाउने क्रममा बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल नं. ३१ गण बर्दियाबाट गोताखोरसहितको टोली पोख्रेलको खोजीमा खटिएको थियो ।...