Saturday, August 8

समाज

बर्खा लाग्न आँटेपछि सरकारले सुरू गर्‍यो काभ्रेमा बाढी–पहिराले पुर्‍याएको क्षतिको आकलन
कृषि, समाचार, समाज

बर्खा लाग्न आँटेपछि सरकारले सुरू गर्‍यो काभ्रेमा बाढी–पहिराले पुर्‍याएको क्षतिको आकलन

नेपालअखबार,काठमाडौं । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा बागमती प्रदेशमै सबैभन्दा बढी जनधनको क्षति पुर्‍यायो। घटनाको करिब सात महिनापछि सरकारले यहाँ सबैभन्दा बढी जनधनको क्षति भएको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आकलन सुरू गरेको छ। गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट बुधबार यसको सुरुआत गरेका छन्। उनले उक्त पालिकाको वडा नं २ का तीन जना पीडितलाई क्षति आकलन निस्सा प्रदान गर्दै विस्तृत क्षति आकलनको सुरुआत गरेका हुन्। त्यस दिन पीडित स्थानीय धनसिंह लामा, राजन बोहोरा क्षेत्री र शुभद्रा सेञ्चुरीले गृहमन्त्रीबाट निस्सा प्राप्त गरे। उक्त घटनामा अतिप्रभावित रोशी गाउँपालिकाबाट यस कार्यको शुभारम्भ गरिएको र अब प्रभावित सबै पालिकामा यसरी नै क्षति आकलन गर्नेगरी गृहमन्त्री लेखकले गृहकार्य गर्न निर्देशनसमेत दिए। पीडितलाई निस्सा प्रदान गर्नुअ...
विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न
कृषि, समाचार, समाज

विदेशबाट फर्किएका युवा बाख्रापालन व्यवसायमा संलग्न

नेपालअखबार,दाङ । वैदेशिक रोजगारबाट फर्किएका दाङका  युवा पशुपालन पेसामा आबद्ध हुँदै गएका छन् । जिल्लाका युवाहरू भैँसी, कुखुरा, बाख्रालगायत पेसा, व्यवसायमा संलग्न भएका हुन् । बाहिरी देशमा भनेजस्तो तलब र काम नपाइने जनाउ युवाहरू पछिल्लो समय पशुपालन व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन् । दाङमा मामा भान्जा मिलेर विगत तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रापालन व्यवसाय गर्दै आएका छन् । घोराही उपमहानगरपालिका–१२ रमनामा बुद्ध बाख्रा फार्ममार्फत व्यवसायमा जोडिएका ३४ वर्षीय भान्जा जनक बुढा र उनका मामा ५४ वर्षीय मनबहादुर बुढा बाख्रापालन व्यवसायबाट सन्तुष्ट छन् । जनक पाँच वर्ष र मनबहादुर २५ वर्ष रोजगारका लागि साउदीमा जीवन व्यतीत गरे । किसान जनक विदेशबाट आएर बाख्रापालन व्यवसाय सुरु गरेको बताउँछन्। उनले भने, “वार्षिक रूपमा बाख्राको बिक्रीबाट एक वर्षमा रु १० लाख आम्दानी हुन्छ ।” तर बाख्राको दानापानी, औ...
मुस्लिमलाई सखाप पार्ने अभिव्यक्ति दिने कृष्णालाई कार्वाहीको हुनुपर्छ: अहमद
समाचार, समाज, हाइलाइट-समाचार

मुस्लिमलाई सखाप पार्ने अभिव्यक्ति दिने कृष्णालाई कार्वाहीको हुनुपर्छ: अहमद

नेपालअखबार,सुनसरी । नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य तथा अल्पसंख्यक विभाग प्रमुख समेत रहनुभएका इकबाल अहमद (इफ्तखार हसन) ले हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णा सनातनीलाई कार्वाही हुनुपर्ने बताउनु भएको छ । मुस्लिम समुदायलाई लक्षित गर्दै उपाध्यक्ष सनातनीले नेपाली मुस्लिमलाई सखाप पार्ने दिएको अभिव्यक्तिप्रति पत्रकार अहमदले आपत्ति प्रकट गर्दै सरकारसँग कार्वाहीको माग गर्नुभएको हो । समाजका सबै धार्मिक, साँस्कृतिक तथा जातीय समुदायबीच एक अर्काप्रति सम्मान र भाइचाराबाट मात्र शान्ति एवम् सहिष्णुता कायम हुनसक्ने भएकाले सम्प्रदायमा अशान्ति, हिंसा फैलाउने कार्यमा संलग्न जोसुकैलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । निवर्तमान केन्द्रीय सदस्य अहमदले राजावादी समर्थक, राष्ट्रवादी समुह र प्रजातान्त्रिक हण्डी खाएर वर्तमान संघीय ल...
माग पूरा नभएसम्म कार्यदलको काममा सहभागी नहुने चिकित्सक संघको निर्णय
समाचार, समाज, स्वास्थ्य

माग पूरा नभएसम्म कार्यदलको काममा सहभागी नहुने चिकित्सक संघको निर्णय

नेपालअखबार,काठमाडौं । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकका मागहरू पूरा नभएसम्मका लागि कार्यदलको काम कारबाहीमा सहभागी नहुने निर्णय गरेको छ । आवासीय चिकित्सकलाई नेपाल सरकारको आठौं तह सरहको निर्वाह भत्ता दिने निर्णय तरुन्तै लागू गर्न र आन्दोलनरत चिकित्सकहरूलाई निसर्त र सुरक्षित रुपमा काममा फर्कने वातावरण तय गर्न चिकित्सक संघले माग गरेको हो । सरकारले निजी मेडिकल कलेजमा चिकित्सा शिक्षा स्नातकोत्तर तह (पीजी) अध्ययन गर्ने आवासीय चिकित्सक निर्वाह भत्ताको विषयमा गत ३ वैशाखमा पुनः कार्यदल बनाएको थियो । शिक्षा सचिव डा. दिपक काफ्ले संयोजत्वमा ११ सदस्यीय कार्यदल बनेको थियो । काफ्लेलाई पत्र लेख्दै चिकित्सक संघका महासचिव डा. सन्जिव तिवारीले मागहरू पूरा नभएसम्मका लागि कार्यदलको काम कारबाहीमा सहभागी नहुने निर्णय लिएको जानकारी गराएका छन् । उक्त कार्यदलमा स्वास्थ्य सचिव डा. विकास देवकोटा, डा....
रौतहटको दुई स्थानमा आगलागी
समाचार, समाज

रौतहटको दुई स्थानमा आगलागी

नेपालअखबार,रौतहट । रौतहटको छुटाछुटै दुई स्थानमा भएको आगलागीबाट झन्डै दुई करोडको धनमाल जलेर नष्ट भएको छ। जिल्ला सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिका कोपवा गाउँमा भएको आगलागीबाट उक्त क्षति भएको हो। बौधिमाई नगरपालिका ५ कोपवा बस्ने धर्मेन्द्र जैसवालको ३ तल्ले पक्की घरको अन्डर ग्राउन्डमा रहेको गोदाम घरमा गएराति साढे ८ बजे अचानक विद्युत तार सर्ट भई आगलागी भएको थियो। आगलागीबाट गोदाममा रहेको १ करोड मूल्य बराबरको कपडा र चप्पल, १ थान मोटरसाइकल, ३ तल्ले घर गरी कुल १ करोड ७६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताए। घटनाको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट वरिष्ठ सई कुमार सेढाईको कमान्डमा गएको टोली, गौर नगरपालिकाको दमकल , बौधीमाईको दमकल र गाउँलेको सहयोगमा राति ९ बजे आगलागी नियन्त्रणमा आएको थियो । घटनामा मानवीय क्षति भने...
वीरगन्जको निषेधाज्ञा हट्यो
प्रशासन, समाचार, समाज

वीरगन्जको निषेधाज्ञा हट्यो

नेपालअखबार,पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ बजे बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो । 'स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६(३क) बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ,' जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ। गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा कर्फ्यू आदेश जारी गरेको थिय पछि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको थियो।...
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
समाचार, समाज

विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान

नेपालअखबार,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने जानकारी दिएको हो । आवेदन दरखास्त पेस गर्ने अन्तिम दिनसम्म उमेर ३५ वर्ष पूरा भएको, आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा दस वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित मन्त्रालयमा दरखास्त पेस  गर्न सक्नेछन् ।...
कोरलामा व्यापारिक चहलपहल बढ्यो
समाचार, समाज

कोरलामा व्यापारिक चहलपहल बढ्यो

नेपालअखबार,मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाकास्थित दशगजा क्षेत्रको नेपाली भूमिमा करिब एक दर्जन स्थानीय व्यापारीले नेपाली तथा चिनियाँ सामानको पसल सञ्चालन गरिरहेका छन् । सीमावर्ती गाउँपालिका लोमान्थाङ-२ र १ वडाकासाना व्यापारीले समुन्द्री सतहको चार हजार ६१० मिटरको अग्लो उचाइ कोरलापासमा बसेर नेपाली तथा चिनियाँ सामानको बिक्री गर्न पसल सञ्चालन गरेका हुन् । विसं २०८० को कात्तिक २७ गतेदेखि नेपाल-चीन कोरलानाका खुलेपछि सीमावर्ती क्षेत्र छोसेरका स्थानीय तथा साना व्यापारीहरू कोरलानाकामा पसल र रेष्टुरेन्ट चलाएर बस्न थालेका लोमान्थाङ-२ छोसेरका युवा पासाङ वाङ्दीले बताए । कोरलानाका अवलोकनका लागि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीयस्तरमा उत्पादित सामाग्रीका साथै चिनियाँ सामान बिक्री गरेर आम्दानी गरिरहेको उनको भनाइ छ । ‘कतिपयले नाकामा पुगेका पर्यटकलाई खाजानास्ता र चियाकफी समेत ...
समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने
समाचार, समाज

समाजवादी प्रेस संगठनले मौन प्रदर्शन गर्ने

नेपालअखबार,काठमाडौँ । समाजवादी प्रेस संगठन नेपालले स्वर्गीय पत्रकार सुरेश रजकका लागि न्याय माग गर्दै काठमाडौँमा बिहीबार मौन प्रदर्शन गर्ने भएको छ  । रत्नपार्कस्थित शान्तिबाटिकामा दिउँसो १ बजे हुने मौन प्रदर्शन गर्न लागेको महासचिव रोहित दाहालले जानकारी दिए । पत्रकार रजकलाई सहिद घोषणा गर्नुपर्ने, रजकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने , मृत्युको कारण पत्ता लगाउन निष्पक्ष छानबिन आयोग गठन गरी अनुसन्धान गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गर्न लागिएको महासचिव दाहालको भनाइ छ । राज्यको ध्यानाकर्षण गराउनका लागि आयोजना गरिएको प्रदर्शनमा सबै पत्रकार तथा सञ्चारकर्मीलाई सहभागी हुन आग्रह गरिएको छ । गत चैत १५ गते समाचार संकलनका क्रममा काठमाडौंको तिनकुनेमा आगोमा जलेर रजकको मृत्यु भएको थियो ।...
सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि, चैतमा १२ हजार भित्रिए
पर्यटन, समाचार, समाज

सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धि, चैतमा १२ हजार भित्रिए

नेपालअखबार,सोलुखुम्बु । वरिपरि हिउँका पर्खाल, शेर्पा संस्कृतिको सुगन्ध, अनि हिमाली सौन्दर्यको चित्ताकर्षक दृश्यले सगरमाथा क्षेत्रमा हजारौं पर्यटकको ध्यान खिच्ने गरेको छ। वसन्त ऋतु प्रारम्भ भएसँगै सगरमाथा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार गत महिना १२ हजार तीन जना पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रिय निकुञ्जका रेन्जर विवेक श्रेष्ठका अनुसार यो याम हिमाल आरोहण, ट्रेकिङ तथा हिमाली दृश्यावलोकनको दृष्टिले उपयुक्त भएकाले पर्यटकको आगमन बढेको हो। 'हिमाल आरोहण तथा दृष्यावलोकनका लागि यो समय उत्तम हुने भएकाले विदेशी तथा स्वदेशी पर्यटक आउने क्रम जारी छ, सगरमाथासहितका हिमाल सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने भएकाले यहाँ पर्यटक बढेसँगै हाम्रो व्यस्तता पनि बढेको छ,' रेन्जर श्रेष्ठले भने। पर्यटकको आवागमन बढेसँगै खुम्बु क्...