काभ्रेपलाञ्चोकको खोपासी र शंखुबाट कोटेश्वर–तिनकुनेसम्म इभी माइक्रो सेवा
नेपालअखबार,पनौती । मिनिबसबाट पनौती–काठमाडौं रुटमा यातायात सेवा सञ्चालन गर्दै आएको काभ्रे पुण्यवती यातायात प्रालिले आइतबारबाट इभी(विद्युतिय) माइक्रोबाट सेवा दिन थालेको छ ।
यो सेवाका लागि खोपासी र शंखुबाट पनौती हुँदै कोटेश्वर–तिनकुने हुँदै पुनः खोपासी र शंखु फर्कने गरी दुई वटा नयाँ रुट कायम गरिएको छ ।
कम्पनीका अध्यक्ष राजेशसुन्दर सैंजुले मानेश्वरी पार्कमा इभी माइक्रो सेवाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।
‘हामीले गत कात्तिक मै कम्पनीमातहत रहेर इभी माइक्रो सेवा सुरु गर्न चाहने व्यक्ति र कम्पनीलाई आह्वान गरेका थियौं । सोही अनुरुप हाल ५ वटा इभी माइक्रो समावेश भएको छ । अरु थप हुँदैछ’, सैंजुले थपे ।
हाललाई खोपासीबाट ५ वटा र शंखुबाट ५ वटा गरी १० वटा इभी माइक्रोको सेवा सुरु हुने र यसको प्रभावकारिताका आधारमा ५ वटा इभी माइक्रो थप सञ्चालन गर्ने योजना पनि उनले सुनाए ।
हाल खोपासीबाट ११ सिट क्ष...










