Monday, August 10

समाज

वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न
समाचार, समाज

वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

निराजन अधिकारी, हेमजा । कास्की पोखरा महानगरपालिका वडा न।२५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयोत्त आयोजना तथा ।२५ न।वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिने वडा स्तरीय महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम सोमवार सम्पन्न भएको छ । लातिम पुस २६ गते देखि २९ गते सम्म सञ्चालन भएको थियो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महनागरपालिका प्रवत्ता एवं वडा न।२५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले यस तालिमले जीवनोपयोगी शिक्षा मात्र प्रदान गरेको छैन्,जिवनमा नजानेका कुरा जान्ने मौका,केहि आँट गर्नेहरुका लागि थाल्ने मोका प्रदान गरेको विश्वस व्यक्त गर्नुभयो । कार्यक्रमा महानगर कार्यपालिका सदस्य एवं वडा न २५ सदस्य धन कुमारी पोख्रेल तिम्सिना, कृष्ण कुवार ,सुवाश भण्डारी, तारा वि।क,वडा कार्यालयका विभिन्न तहका कर्मचारीहरु तथा महिला सञ्जाल हेमजा र बहुउद्देश्यी...
पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी
समाचार, समाज, साहित्य \कला

पोखरामा मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चनको तयारी

नेपालअखबार,पोखरा  । पोखरामा नयाँ मौलिक नाटक ‘सपना डिलक्स कोच’ मञ्चन हुने भएको छ । यही माघ ११ गतेदेखि सपना डिलक्स कोचको मञ्चन सुरु हुने जनाइएको छ । यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुर स्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा भइरहेको छ । उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भईरहेको छ । नाटकको प्रदर्शकन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए । उक्त नाटक ईन्द्रेणीको छैटौ प्रस्तुतीमा निर्माण हुन लागेको हो । नाटकको लेखन केदारनाथ पौडेलले नै गरेका हुन् । झण्डै एक वर्ष अगाडि लेखेको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया र प्रतिक्रियालाई समेटिएको छ । एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जिविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने बारेमा दर्शकलाई जानकारी दिईनेछ । आफुलाई पोखराबाट काठमाडौं जाने ...
मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ; उपाध्यक्ष बजिमया
समाचार, समाज

मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ; उपाध्यक्ष बजिमया

नेपालअखबार, पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न भएको छ । होटल दिपसागर, पोखरामा आयोजित कार्यक्रमको नेपाल मुद्रण उद्योग महासंघ केन्द्रका उपाध्यक्ष महेन्द्र बजिमयाले केक काटेर उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै बजिमयाले मुद्रण व्यवसाय धरासय बन्दै गएको हुँदा यसकालाई जोगाउन व्यवसायीहरु नै एकजुट हुनुपर्ने औल्याए । “प्रविधिको विकास सँगै पेपरलेस सुरु भइसक्यो, अब अफिसियल प्रिन्टिङका कामहरु, विल विजकहरु अधिकांस संस्थाहरुले पेपर चलाउन बन्द छाडेको र डिजिटल प्रविधि प्रयोग गरेका छन् अब यसको प्रभाव विस्तारै प्रिन्टिङ व्यवसायमा परेको छ । केही वर्षपछि मुद्रण व्यवसाय सन्चालनमा ठूलो चुनौति थपिने छ त्यसैकारण व्यवसायीहरुको हक हितको लागि एकजुट भएर मुल्य निर्धारण गरेर मात्र काम गर्नुपर्ने अवस्था आएको छ,” उनले भने । उक्त कार्यक्रममा मुद्रण उद...
अध्यक्ष नेपालद्धारा माघिको शुभकामना
समाचार, समाज

अध्यक्ष नेपालद्धारा माघिको शुभकामना

नेपालअखबार,काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माघे संक्रान्तिको शुभकामना दिनुभएको छ। खासगरी थारु, मगर समुदायले मनाउने उक्त संक्रान्तिको अवसरमा अध्यक्ष नेपालले नेपाली परम्पराले भौगोलिक, धार्मिक, साँस्कृतिक, जातीय एवम् भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचानसहित अनेकतामा एकता कायम गर्नमा चाँड बाँडहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ। जारी विज्ञप्तिमा भनिएको छ, 'विभिन्न नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ(आफ्नो समुदायको सँस्कृति अनुसार तरुल, सेलरोटी, घिउ, सख्खर, तिलको लड्डु, खिचडी, ढिक्री जस्ता परिकार खाँदै मनाईने प्रचलन रहिआएको पर्व माघे संक्रान्ति अर्थात माघी(२०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ...
देवघाटमा स्नान गर्न घुइँचो :  गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था
समाचार, समाज

देवघाटमा स्नान गर्न घुइँचो : गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था

नेपालअखबार,नवलपरासी । हिन्दू धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल देवघाटधाममा माघे सङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको घुइँचो लागेको छ ।  तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताए । “नवलपुरतर्फबाट सहज र छिटो रूपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न जान सकिन्छ”, उनले भने, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट क...
मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक
धर्म/संस्कृति, समाचार, समाज

मगर र छन्त्याल समुदायमा माघे संक्रान्तिको रौनक

नेपालअखबार,म्याग्दी।  यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे संक्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन्। जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे संक्रान्ति र साउनेसंक्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। अल्पसंख्यक छन्त्याल समुदायले माघेसंक्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन्। साउने संक्रान्तिलाई हिउँद र माघे संक्रान्तिलाई बर्खा सुरू भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको जिल्लास्थित मगर स‌ंघका सचिव खम थापामगरले बताए। ‘माघे संक्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ,’ उनले भने, ‘प्रकृतिका पुजारी मगर समुदायले साउने संक्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्।’ यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। मगर बस्तीम...
२० औं लेखनाथ महोत्सव १२ औं दिनमा लक्ष्य नजिक
समाचार, समाज

२० औं लेखनाथ महोत्सव १२ औं दिनमा लक्ष्य नजिक

नेपालअखबार,लेखनाथ। ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष १८ गतेबाट लेखनाथमा शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सव सञ्चालनको १२ औं दिनसम्म आईपुग्दा लक्ष्यनजिक पुगेको आयोजकले दावी गरेको छ । महोत्सव अवधिभर २ लाख ५० हजार दर्शक र ९ करोड कारोेबार गर्ने लक्ष्य लिएको आयोजकले महोत्सव सकिन १ दिन बाँकी छँदासम्म २ लाख ४५ हजार दर्शक भित्राउन सफल भएको छ भने ७ करोड ९५ लाखको कारोबार गर्न सफल भएको छ । महोत्सवको सोमबार मात्रै २५ हजार दर्शकले अवलोकन गरेको र १ करोड बराबरको कारोबार गर्न सफल भएको महोत्सवकी प्रचार प्रसार संयोजक जानुका पराजुलीले जानकारी दिएकी छन । महोत्सव समापनको अघिल्लो दिन किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको हो, जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएका र महोत्सव सोचे भन्दा बढी सफल रहेको आयोजकको दावी छ । महोत्सवमा पहिलो ...
संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह
समाचार, समाज

संसद् बैठक शीघ्र आह्वान गर्न नागरिक समाजको आग्रह

नेपालअखबार,काठमाडौँ । नागरिक समाजका अगुवाहरुले यथाशक्य चाँडो संसद् बैठक आह्वान गर्नुपर्नेमा जोड दिँदै सबै ऐनकानुन सदनबाटै बन्नुपर्ने बताएका छन् । नागरिक समाजका अगुवाहरुको आइतबार भएको बैठकले सो आग्रह गरेका हुन् । नागरिक समाजका अगुवाहरु केदारनरसिंह केसी, गोपालकृष्ण घिमिरे, निर्मला शर्मा, विष्णु निष्ठुरी, उपेन्द्रकेशरी न्यौपाने, प्रेमबहादुर खड्का, शेरबहादुर केसी, युवराज घिमिरे, चरण प्रसाईं, डा.चोपलाल भुसाल, राजन कुइँकेल, डा. अनिलविक्रम कार्की, डा.सञ्जीव तिवारी, डा.भूपेन्द्र बस्नेत, डा.बद्री रिजाललगायत समाजका सदस्यहरुको आइतबार बैठक बसेकाे थियो । बैठकले अध्यादेशको मार्ग नरोज्न सरकारको ध्यानाकर्षण समेत गराएकाे छ ।...
कुम्भ मेलामा ५० लाखले गरे स्नान
विदेश, समाचार, समाज

कुम्भ मेलामा ५० लाखले गरे स्नान

नेपालअखबार,प्रयागराज । प्रयागराजमा आजदेखि कुम्भ मेला सुरु भएको छ । कुम्भ मेला फेब्रुअरी २६ गते महाशिवरात्रिमा समापन हुनेछ । कुम्भमेलाका डिआइजी वैभव कृष्णले यस आस्थाको संगममा हालसम्म करिब ५० लाख मानिसले स्नान बताएका छन् । उत्तर प्रदेश सरकारले यस पटक कुम्भमा ४० करोड मानिस सहभागी हुने दाबी गरेको छ । हेर्नुहोस् पौष पूर्णिमाको स्नानका तस्बिरहरू:...
सिक्लेसमा ठेलो हान्ने मेला
खेलकुद, समाचार, समाज

सिक्लेसमा ठेलो हान्ने मेला

नेपालअखबार,कास्की ।  कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरू हुने भएको छ। कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला सिक्लेस युवा क्लबको आयोजनामा गर्न लागिएको हो। सिक्लेसमा माघे संक्रान्तिका दिनमा ठेलो हान्ने प्राचीन परम्परा दुई सय वर्षअघिदेखि प्रचलनमा आएको इतिहासअनुसार त्यही समयदेखि नै यो मेला हुँदै आएको विश्वास गरिन्छ। क्लबका अध्यक्ष भोलामान गुरूङले उनले ‘ग्रामीण पर्यटन प्रवर्द्धनका लागि सिक्लेस माघे संक्रान्ति मेला’  भन्ने नाराका अवसरमा मेला गर्न लागिएको बताए। उनका अनुसार माघ १ देखि ४ गतेसम्म खुला पुरूष तथा महिला भलिबल, पुरूष बास्केटबल, गुरूङ गीतमा सामूहिक नृत्य प्रतियोगिता, ठेलो लगायत लोपोन्मुख स्थानीय खेलकुदका प्रतियोगितासहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिनेछ। मेलाका अवसरमा हुने खु...