Monday, August 10

समाज

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला
समाचार, समाज

दुनाटपरी बेचेर स्वरोजगार बन्दै दाङका महिला

नेपालअखबार,देउखुरी । यहाँका महिला स्थानीय वनमा पाइने सालका पात उपयोग गरी स्वरोजगार भएका छन् ।  दुनाटपरी बेचेर उनीहरू आर्थिक रूपमा सबल पनि भएका छन् । घोराही उपमहानगरपालिका – १२ डाँडागाउँका सात जनाले  उद्यमशील दुना टपरी महिला समूह गठन गरेर यन्त्रका माध्यमबाट दुनाटपरी तयार गर्न थालेका हुन्  । सोसेक नेपाल नामको संस्थाले मेसिनबाट दुनाटपरी बनाउने तालिम दिएर मेसिन राख्ने घर बनाइदिएपछि गत भदौदेखि व्यावासायिक रुपमा दुनाटपरा बनाएर बेच्न थालेको समूहका अध्यक्ष पुष्पा चौधरीले बताइन् ।  सोही समूहकी सदस्य सुशीला चौधरीले घर नजिकै खजुरी सामुदायिक वनको पात आफ्नो आर्जनको माध्यम बनेको बताइन् । उनले भदौयता दुई हजार दुनाटपरी बिक्री गरेर रु १० हजार आम्दानी गरेको बताए । उनीमात्र होइन उनको समूहका सबैले यन्त्र प्रयोग गरेर दुनाटपरी बनाउने गरेका छन् । सोसेकका जिल्ला संयोजक द्रोण जिसीले विपन्न, केही गरौँ भन्न...
सहकारी ठगी आरोपमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा
प्रशासन, समाचार, समाज

सहकारी ठगी आरोपमा लेखा समिति सभापतिकी श्रीमतीसहित २६ जनाविरूद्ध मुद्दा

नेपालअखबार, मोरङ। मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। जिल्ला अदालत मोरङमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध मुद्दा दायर भएको हो। अहिले तीन जना मात्रै पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उनीहरूविरूद्ध अहिले सहकारीको बचत रकम अपचलनमा मात्रै मुद्दा दायर भएको हो। सरकारी वकिल कार्यालयका अनुसार उक्त सहकारीको २२ करोड बिगो मागदाबी गरिएको छ। अञ्जला उक्त सहकारीकी पूर्व सञ्चालक हुन्। उनीसहित सहकारीका अध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद रौनियार, उपाध्यक्ष कटहरी गाउँपालिका–२ का लक्ष्मण साह, सचिव धनपालथान–४ का आलम अन्सारी मियाँ र कोषाध्यक्ष धनपालथान–४ का शम्भुप्रसाद सिंहलगायत फरार छन्।...
भारत :  निजी अस्पतालमा आगलागी हुँदा बालिकासहित ६ जनाको मृत्यु
विदेश, समाचार, समाज

भारत : निजी अस्पतालमा आगलागी हुँदा बालिकासहित ६ जनाको मृत्यु

नेपालअखबार,तमिलनाडु । तमिलनाडुको डिन्डिगुलस्थित एक निजी अस्पतालमा बिहीबार राति भएको आगलागीमा परी ६ जनाको मृत्यु भएको छ । यो घटना राति बिहीबार १० बजेतिर भएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार यस दुर्घटनामा एक बालिका सहित कम्तीमा ६ जनाको ज्यान गएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । तर, आगलागीको कारण सर्ट सर्किट भएको आशंका गरिएको छ । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले ६ जनाको मृत्युप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रत्येक मृतकका परिवारलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।...
मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने
समाचार, समाज

मुग्लिन–पोखरा सडक पॉच दिन अवरुद्ध हुने

नेपालअखबार,दमौली । मुग्लिन–पोखरा सडकअन्तर्गत शुक्लागण्डकी नगरपालिका–२ कोत्रे खण्डमा पॉच दिन सडक अवरुद्ध हुने भएको छ । जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ः०० देखि सॉझ ६ः०० बजेसम्म सवारी आवागमन बन्द हुने तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । साथै उक्त कार्यालयले वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रीलाई अनुरोध गरेको छ ।...
काठमाडौंमा बढ्यो चिसो, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा कम
समाचार, समाज

काठमाडौंमा बढ्यो चिसो, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसभन्दा कम

नेपालअखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ। यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। यद्यपि यहाँको मौसम भने सफा रहने छ। ‍ आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको मौसविद् सरोज पुडासैनीले बताए। साढे ६ बजेपछि चार डिग्री सेल्सियस पुगेको थियो। बिहीबार काठमाडौंको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्...
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
अर्थ, कृषि, समाचार, समाज

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

नेपालअखबार,तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताए । लुङ्ग्रिङमा एकै घरबाट रु २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उनले जनकारी दिए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताए । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उनको भनाइ छ । उनले भने, “यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।” सोही वडाका स्...
चोभारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी
समाचार, समाज

चोभारस्थित कवाडी सङ्कलन केन्द्रमा आगलागी

नेपालअखबार,काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित चोभारमा आगलागी भएको छ । मङ्गलवार बिहान कवाडी सङ्कलन केन्द्रमा आगलागी भएको हो । कवाडी सङ्कलन केन्द्र र बङ्गुर पालन गरिएको ठाउँमा आगलागी भएको तर अझैसम्म आगो नियन्त्रणमा आइ नसकेको काठमाडौँ महानगरपालिकाका सहायक निरीक्षक वसन्तकुमार श्रेष्ठले बताए । उनले आफूलाई जानकारी हुने बित्तिकै महानगरको टोली पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरेको तर जस्ता बढी भएका कारण आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले स्काइभेटर मगाएर आगो जस्ता हटाउने र आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको बताए । करिब आधा आगो नियन्त्रणमा आएको उनले बताए । अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत मिलेर आगो निभाउने प्रयास भइरहेको छ ।...
रौतहटमा गाडी दुर्घटनामा परी ८ जनाको मृत्यु
दुर्घटना, समाचार, समाज

रौतहटमा गाडी दुर्घटनामा परी ८ जनाको मृत्यु

नेपालअखबार,रौतहट। रौतहटमा गाडी दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मंगलबार मध्यराति १ बजेतिर चन्द्रपुर नगरपालिका-४स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले जानकारी दिए। दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानको क्रममा बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो। सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको हो त्यस्तै ५० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको ह...
चिसोले जनजीवन प्रभावित
समाचार, समाज

चिसोले जनजीवन प्रभावित

नेपालअखबार,महोत्तरी । लगातार चिसो सिरेटो बहिरहेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि महोत्तरीसहितका मधेसमा जाडो बढेको छ । मङ्सिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । धमाधम खेतीपाती लगाउने बेला मौसम चिसिँदै गएपछि काम अघि नसर्दा किसान विलखबन्दमा परेका छन् । “गहुँ छर्ने अन्तिम तयारी गर्नुछ, अब उखु कटानको काम धमाधम पर्छ, हिउँदेबाली लगाउन भ्याइनभ्याइ पर्ने बेला घरबाट निस्कन सकिएको छैन”, बर्दिबास–१३ का ठकाइ महतोले भने, “पुस नलाग्दै बढेको ठिहीले काम सबै असरल्ल छन् ।” चिसोले हातगोडा कठ्याङ्ग्रिएर कुनै काममा हात नलाग्दा समयमा खेतीपातीका काम नसकिने चिन्ताले किसानलाई पिरोलेको छ महोत्तरीसहितका मधेसमा हुस्सु र चिसोको कहर छ । पुस पहिलो सातापछि बढ्ने हुस्सु केही वर्षयता मध्य मङ्सिरदेखि नै डम्म लाग्ने गरेको जलेश्वर–५ का ७५ वर्षीय किसान रहिमन मण्डलले बताए...
तनहुँको छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हट्यो
समाचार, समाज

तनहुँको छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हट्यो

नेपालअखबार,तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा गरिएको अवरोध हटेको छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्नका लागि रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो । गत मङ्सिर ३ देखि २३ गतेसम्म बेलुका ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो बन्द खुला गरी सवारी आवागमन सञ्चालन गरिएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनले भने, “रातिको समयमा गरिँदै आएको काम हाललाई रोकिएको छ । अब उक्त खण्डमा रातिमा पनि सवारीसाधन सञ्चालनमा आउनेछ ।” मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वी खण्डअन्तर्गत १४ वटा साना पुल निर्माण स...