काठमाडौंमा थारु महिलाले मनाए समाचकेवा पर्व
काठमाडौं । काठमाडौंमा बसोबास गर्ने थारु समुदायले समाचकेवा पर्व मनाएका छन् ।
शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् ।
थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व २०६८ सालदेखि काठमाडौंमा मनाउने गरिएको थारु भसा साहित्य केन्द्रके अध्यक्ष भुलाई चौधरीले बताए ।
‘हामी थारु समुदायले संघीय राजधानी काठमाडौंमा पनि आफ्नो संस्कार र संस्कृतिलाई कायम राख्न यो पर्व मनाएका हौं । तर सरकारले हाम्रो यो पर्वलाई कुनै मान्यता दिएको छै न। यो तराईको संस्कृतिमाथिको अपमान हो,’ उनले भने ।
उनले अहिले सरकारले दसैं, तिहार र छठ पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिएको तर समाचकेवा तराईका थारुलगायत अन्य समुदायले मनाए पनि सरकारले बेवास्ता परेको गुनासो गरे ।
उनले भने, ‘सरकारले दसैं, तिहार, छठमा वि...










