Thursday, August 13

समाज

मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द
प्रशासन, समाचार, समाज

मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द

नेपालअखबार, गोरखा । मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि बन्द गरिएको छ । मर्स्याङ्दी नदीमा दुर्घटना भएको भारतीय नम्बरको बस निकाल्ने काम गर्नुपर्ने भएकाले आज बिहान साढे ६ बजेदेखि बिहान १० बजेसम्म सडक पूर्णरुपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । भदौ ७ गते बिहान पोखराबाट भारतीय पर्यटकहरुलाई लिएर काठमाडौं आउँदै गरेको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खस्दा २७ जनाकाे मृत्यु  भएको थियो भने १६ जना घाइते भएका थिए । शव संकलन गरी भारत पठाइसकिए पनि बस भने निकाल्न सकिएको छैन । आज ठूला मेसिन उपकरणहरु प्रयोग गरी बस निकालिने भएकाले मुग्लिन–आँबुखैरेनी सडकखण्ड आज बिहान साढे ६ बजेदेखि साढे तीन घण्टाका लागि पूर्णरुपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँका प्रशासकीय अधिकृत मैता बहादुर गुरुङले जारी ...
यी नदीहरूमा आज आकस्मिक बहावको जोखिम
समाचार, समाज

यी नदीहरूमा आज आकस्मिक बहावको जोखिम

नेपालअखबार,  काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। सोमबार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई को बहाव सतर्कता तह भन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेको विभाग बाढी पूर्वानुमान महाशाखाको भनाई छ । आज सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपास भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केहीमा आकस्मिक बहावको जोखिमको पूर्वानुमान छ । साथै, रसुवा, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, पर्सा, चि...
काठमाडौंको शंखमूलमा पुरुषको हत्या
अपराध, समाचार, समाज

काठमाडौंको शंखमूलमा पुरुषको हत्या

नेपालअखबार, काठमाडौं । काठमाडौं महानगरपालिका-१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।...
ड्युटीमा खटिएका सहायक हवल्दारको निधन
समाचार, समाज

ड्युटीमा खटिएका सहायक हवल्दारको निधन

नेपालअखबार, सङ्खुवासभा। ड्युटी गर्दागर्दै अचानक बेहोस भएका मंगलबारे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको छ। मादी नगरपालिका–२ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा शनिबार साँझ मृत घोषणा गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी घनश्याम श्रेष्ठका अनुसार शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासि लडेर बेहोस भएको थियो। मृतकको शव परीक्षण आज धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञानमा गरिनेछ। शव परीक्षणपछि निरौलाको घर सोलुखुम्बु लगेर परिवारलाई शव बुझाइने डिएसपी श्रेष्ठले बताए।...
एक रूपैयाँ लगानी नगरी लोभलाग्दो आम्दानी
समाचार, समाज

एक रूपैयाँ लगानी नगरी लोभलाग्दो आम्दानी

नेपालअखबार, सर्लाही । निगुरो पोषणतत्वले भरिपूर्ण खाद्यपदार्थ हो। यसलाई तरकारी मात्र नभई अचार बनाएर पनि खान सकिन्छ। जंगलमा उम्रिने भएकाले यसमा कुनै औषधि तथा विषादी प्रयोग भएको हुँदैन। त्यसकारण स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ।वनमा आफैँ उत्पादन हुने भएकाले यसलाई खोजेर टिप्नबाहेक अन्य कुनै लगानी पनि गर्नपर्दैन। सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो बेचेरै मनग्य आम्दानी गरिरहेका छन्। लगानी नलाग्ने निगुरोको पोषण र स्वाद जस्तै आम्दानी लोभलाग्दो रहेको उनीहरू बताउँछन्। विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन्। जिल्लाको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्छन्।...
१०० भन्दा कम कामदार पठाउने म्यानपावरलाई विभागले नवीकरणका लागि बोलायो
समाचार, समाज

१०० भन्दा कम कामदार पठाउने म्यानपावरलाई विभागले नवीकरणका लागि बोलायो

नेपालअखबार, काठमाडौं । वैदेशिक रोजगार विभागले १०० भन्दा कम कामदार विदेश पठाउने म्यानपावरलाई इजाजतपत्र नवीकरणका लागि बोलाएको छ । विभागले आइतबार एक सूचना जारी गर्दै १०० भन्दा कम कामदार पठाउँने म्यानपावरलाई नवीकरणका लागि बोलाएको हो । साउन ३१ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले २०७९/८० र २०८/८१ मा वार्षिक रुपमा न्यूनतम् १०० जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर कम्पनी) को आर्थिक वर्ष २०८१/८२ को लागि नवीकरण गर्न आएमा अन्तिम पटकका लागि नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णय गरेको थियो । सोही अनुसार अनुसार आर्थिक वर्ष २०८१/०८२ का लागि इजाजतपत्र नवीकरण लागि विभागले म्यानपावर कम्पनीलाइ बोलाएको हो । बिभागले सूचना अघि नै आवेदन दिइसकेका संस्थाहरूले भने पुनः आवेदन दिनु नपर्ने विभागले जनाएको छ ।यो वर्ष ३१७ वटा म्यानपावर कम्पनी खारेजी...
म्याग्दीमा बाढीले गाडी बगायो
समाचार, समाज

म्याग्दीमा बाढीले गाडी बगायो

नेपालअखबार, म्याग्दी।   शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन्। यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेको ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन्। बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ। सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ। राति नै बाढी तर्काएका सशस्त्र ...
सेती नदी कटानले सतीघाट पुग्न समस्या
समाचार, समाज

सेती नदी कटानले सतीघाट पुग्न समस्या

नेपालअखबार, पोखरा । सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ । परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने  बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो । घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए । “घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उनले भने, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।” वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख  बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उनले घाटसम...
कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शङ्कास्पद वस्तु फेला
समाचार, समाज

कांग्रेस सभापति देउवाको धनगढी निवास अगाडि शङ्कास्पद वस्तु फेला

नेपालअखबार, धनगढी  । धनगढी उपमहानगरपालिका ४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शनिबार राति करिब १ बजेको समयमा शङ्कास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले पुरानो झोलामा तार बेरिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको बताए ।  उक्त वस्तु के हो ? भन्ने  स्पष्ट हुन नसकेको उनले बताए । उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम  डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ अहिले उक्त देउवा निवासमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बस्दै आएका छन् ।...
मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध
समाचार, समाज

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

नेपालअखबार, अछाम । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको चिण्डे वनमा केही भाग भासिएको छ । अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीका अनुसार अवरुद्ध सडक खुलाउन सडक कार्यालय र मङ्गलसेन नगरपालिकासँग समन्वय भइरहेको छ ।...