पोखरा अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने
नेपालअखबार, पोखरा । पोखरा महानगरपालिकाभित्र अबदेखि ५ तलाभन्दा अग्ला घर बनाउन नपाइने भएको छ । महानगरले भवन तथा पूर्वाधार मापदण्ड सार्वजनिक गर्दै १७ मिटरसम्मको मात्रै घर बनाउने नीति ल्याएको हो । यसअघि फेवा किनार क्षेत्रमा साढे २ तला र अन्य क्षेत्रमा साढे ३ तलासम्मको घर बनाउन पाइने नियम थियो । तर उक्त नियम महानगरले समेत कार्यान्वयन गरेको छैन । २०३१ सालमा तत्कालीन अञ्चलाधीस शंकरराज पाठकले पोखराको भूगोल कमजोर रहेको र सबै ठाउँबाट हिमाल देखिनुपर्ने मान्यताका साथ मापदण्ड कायम गरेका थिए ।
त्यसपछि पनि महानगरले विभिन्न समयमा मापदण्ड सच्याउँदै आएको छ । २०७५ सालमा इन्जिनियर भरतराज पहारीको संयोजकत्वमा गठित अध्ययन समितिले भवनको उचाइ मापदण्डमा अंकुश लगाउन नहुने सुझाव दिएको थियो । नयाँ नयाँ मापदण्ड आएपछि बनिसकेका घरको हकमा भने कडाइ गरिएको छैन । न ति घरले कर तिर्छन् न अबैध भनेर भत्काइएका छन् ।
‘अब १७ ...










