ह्वाइट हाउस नजिक भएको गोलीकाण्डमा घाइते सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु
नेपालअखबार,काठमाडौं । अमेरिकाको वाशिङ्टन डिसीको गोलीकाण्डमा घाइते भएका दुईमध्ये एक सुरक्षाकर्मीको उपचार क्रममा मृत्यु भएको छ।
बुधबार ह्वाइट हाउस नजिकैको मेट्रो स्टेसन तैनाथ नेसनल गार्डका दुई सुरक्षाकर्मीमाथि बुधबार गोली प्रहार भएको थियो।
गोली प्रहारबाट दुवै गम्भीर घाइते भएका थिए। उपचाररमध्ये २० वर्षीया सारा बेकस्ट्रमको बिहीबार निधन भएको हो।
अर्का सुरक्षाकर्मी २४ वर्षीय एन्ड्र्यू वोल्फ जीवनसँग लडिरहेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
घटनाको अनुसन्धान एफबिआईले गरिरहेको छ।
सारा २०२३ को जुनमा नेसनल गार्डमा भर्ती भएकी थिइन्।
उनलाई ८६३ औं सैन्य प्रहरी कम्पनीमा खटाइएको थियो। जुन वेस्ट भर्जिनिया आर्मी नेसनल गार्ड भित्रको १११ औं इन्जिनियर ब्रिगेडको हिस्सा हो।
उनको मृत्यु भएपछि उनी अध्ययन गरेको हाइ स्कुलले शोक वक्तव्य जारी गरेको छ।
अमेरिकी राष्ट्रपति डो...







