Wednesday, May 6

समाज

अयोध्याबाट आइपुग्यो ‘रामराज्य रथ’
धर्म/संस्कृति, समाचार, समाज

अयोध्याबाट आइपुग्यो ‘रामराज्य रथ’

नेपालअखबार, महाेत्तरी। भगवान रामचन्द्रको जन्मभूमि अयोध्याबाट शुक्रबार ‘रामराज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ। श्रीरामदास मिसनको आयोजनामा भारत एवं नेपालको ६० दिने यात्राका लागि निस्केको ‘श्रीरामजीको दिग्विजय यात्रा’ शुक्रबार जलेश्वर आइपुगेको हो। सयौं साधुसन्तसहित महोत्तरीको प्रमुख भन्सार नाका भिट्ठामोड आइपुगेको रथ यात्रालाई जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले फूल, माला, अबिरसहित स्वागत गर्दै विशेष पूजा तथा प्रसाद ग्रहणका लागि बाबा जलेश्वरनाथको मन्दिरमा लगेका छन्। भारत र नेपालको आध्यात्मिक एवं सांस्कृतिक सम्बन्ध सुदृढ गर्ने र आपसी भाइचारा बढाउने उद्देश्यका साथ जलेश्वर आइपुगेको यस रथयात्रा जलेश्वरनाथ महादेवको दर्शनपछि आजै जनकपुरधाम लगिने छ। नेपालको जलेश्वर, जनकपुर, हेटौंडा, नारायणघाट र काठमाडौंसम्म जाने यस यात्रा नेपालमा आठ दिनसम्म विभिन्न मठमन्दिरमा दर...
दैलेखको चिनेखोला तर्ने क्रममा १ जना वेपत्ता
समाचार, समाज

दैलेखको चिनेखोला तर्ने क्रममा १ जना वेपत्ता

नेपालअखबार, दैलेख। पश्चिम दैलेखको आठबीस नगरपालिका–१ मा पर्ने चिने खोला तर्ने क्रममा १ जना वेपत्ता भएका छन् । चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ बस्ने बर्ष ३२ को गम दमाई वेपत्ता भएका हुन् । उनी घरदेखि रामाघाट बजार बजार जाने क्रममा वेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । खोलाले बगाई बेपत्ता भएको भनि स्थानीयले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएका थिए । अहिले प्रहरी सहित स्थानीयहरुको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।...
खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो
कृषि, समाचार, समाज

खसीबोका बिक्री नहुँदा किसानको चाडबाड खल्लो

नेपालअखबार । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजारमा नजिकै अहिले खसी बोकाको बथान छ । त्यही बथानमा खसी बोकाको रेखदेख गरिरहेका भेटिन्छन् – ६९ वर्षीय वृद्ध मानसिंह बोहरा । शिरमा नेपाली ढाका टोपीले सजिनुभएका उहाँ हातमा लौरो लिएर खसी बोकालाई यत्रतत्र हुनबाट रोकिरहेका छन् । उनीसँगैका कोही खसी बोका किन्न आएका ग्राहकलाई खसी–बोका देखाउँदै छन् कोही भने ग्राहकसँग मोलमोलाइ गरिरहेका छन् । विसं २०५४ देखि खसी बोका बिक्री गर्दै घरखर्च चलाउँदै आएका डडेल्धुराको परशुराम नगरपालिका–८ जमरानीका मानसिंह खसी बोका बिक्री नहुँदा चिन्तित छन् । “केही वर्षयता खसीबोकाको व्यापार हुन सकेको छैन, विगतका दसैँमा सजिलै खसीबोका बिक्री गरेर घरखर्च चलाउथ्यौँ”, उनी भन्छन्, “हाम्रो आम्दानीको स्रोत नै खसीबोकाको व्यापार हो तर खसीबोकका बिक्री नहुँदा यस वर्ष घरखर्च चलाउनै मुस्किल होला जस्तो छ ।” बाख्रा पालनमा लाग्ने किसान खसीबो...
नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे
समाचार, समाज

नातिनीको स्याहारले बौरिए १०१ वर्षीय बाजे

नेपालअखबार, काठमाडाैं । बूढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरुको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ । छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिई आफ्नो अन्तिम दिनको प्रतीक्षा गरिरहेका छन् । तर, म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाउनुभएको छ । रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसारदेखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको विदा लिई घरमा आउनुभएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ ...
दसैं मनाउन १७ लाखले छाडे काठमाडौं उपत्यका
समाचार, समाज

दसैं मनाउन १७ लाखले छाडे काठमाडौं उपत्यका

नेपालअखबार, काठमाडाैं । काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले सार्वजनिक यातायातको नै प्रयोग गरिरहेको राष्ट्रिय यातायात व्यवसायी महासंघ नेपालका अध्यक्ष विजय स्वाँरले बताए। अहिलेसम्म १७ लाखको हाराहारीमा नागरिकले उपत्यका छाडेका छन् भने विजया दशमीको दिनसम्ममा अझै दुई लाखले उपत्यका छाड्ने अनुमान गरिएको छ। ‘विभिन्न कारणले जान नपाएकाहरू पनि भोलि र पर्सिसम्म जानुहुन्छ,’ उनले भने। विगतका वर्ष जस्तै यो वर्ष पनि सवारी साधनमा तोकिएकोभन्दा बढी भाडा लिने, एउटै सिटमा दुई जनाको टिकट काट्ने...
गोरखा दरबारबाट फूलपाती पठाइयो
धर्म/संस्कृति, समाचार, समाज

गोरखा दरबारबाट फूलपाती पठाइयो

नेपालअखबार, गोरखा । गोरखा दरबारस्थित दशैं घरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ । कार्यालयका कर्मचारीसमेत रहेका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादशैंको सातौँ दिन गो...
दशैंमा भारी वर्षाको सम्भावना
समाचार, समाज

दशैंमा भारी वर्षाको सम्भावना

नेपालअखबार, काठमाडौं । यस वर्ष दशैंको दिन पानी पर्ने र सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमी तर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा पनि पर्ने भएको हो । मौसमविद विनोद पोखरेलले नवमीदेखि नेपालमा वर्षा सुरु हुने र द्वादशीसम्मै कायम रहने बताए । यसबीचमा पश्चिम नेपालका केही स्थानमा अति भारी वर्षाको सम्भावना समेत छ । जल तथा मौसम विज्ञान विभागले पनि दशैं विशेष माैसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको छ । नवमीको दिन देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही जिल्लामा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख...
नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना: प्रमुख आचार्य
समाचार, समाज

नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना: प्रमुख आचार्य

नेपालअखबार, पाेखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई पुर्नताजकी गर्नका लागि विभिन्न प्रकारका मौलिकतामा आधारित सामाजिक परम्परा र मान्यताहरू स्थापित भएका बताउनुभएको छ । नेपालीहरूको महान् पर्व विजया दशमी, शुभदिपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा महानगरद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै प्रमुख आचार्यले सभ्यताले समृद्ध नेपाली समाजलाई थप ऊर्जावान् बनाउन यस्ता प्रकारका पर्वले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । मौलिक तथा राष्ट्रिय पर्वहरूको सन्दर्भमा नेपालका पुर्खाहरूले संसार मै सामाजिक उत्कृष्टताको आधारमा वैज्ञानिक मान्यताको सुरुवात गरेको उहाँले बताउनुभयो । “नेपालीहरू सभ्यताका हिसाबले अत्यन्त समृद्ध इतिहास बोकेका नागरिकहरू हौँ, उहाँले भन्नुभयो, समाजलाई सभ्य र भव्य हिसाबले अगाडी बढाउनका लागि हाम्रा पुर्खाहरूले विभिन्न खालका प्रोग्रामहर...
डेंगुले फस्टायो नरिवलपानी, किवी, अम्बा र मेवाको व्यापार
समाचार, समाज, स्वास्थ्य

डेंगुले फस्टायो नरिवलपानी, किवी, अम्बा र मेवाको व्यापार

नेपालअखबार, काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुको प्रकोप बढेसँगै शक्तिबर्धक फलफूलको बिक्रीमा उछाल आएको व्यापारीहरुले बताएका छन् । नेपाल फलफूलथोक व्यवसायी संघकाअनुसार बजारमा पहिले भन्दा अहिले नरिवल, किवी, अम्बा र मेवाको व्यापारमा उछाल नै आएको छ । संघका अध्यक्ष अमर बानियाँले नेपाली उत्पादनले नपुगेर भारतको कर्नाटकदेखि ठूलो मात्रामा नरिवलपानी भित्रिइरहेको बताए । नेपालको झापा लगायतका जिल्लामा फलेको उत्पामदन सकिएका कारण भारतबाट आयात बढेको उनले बताए । यस्तै दोस्रो ठूलो कारोबार किवीमा छ । डेंगुका बिरामीले खानका लागि बजारमा किवीको माग बढ्दा बजारमा अहिले दक्षिण अफ्रिका र थाइल्याण्डदेखि किवी भित्रिन थालेको छ । ‘पहिले दैनिक पाँच सय पिस पनि नआउने नरिवल पानी अहिले दैनिक २५ हजार किलो पुगेको छ,’ बानियाँले भने,‘यो हाम्रो व्यापार इतिहासकै धेरै हो ।’ बजारमा अम्बा भने नेपाली उत्पादनले धानेको बानिय...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक
समाचार, समाज

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

नेपालअखबार, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ । उनीहरुका आमा मनमाया पाण्डेको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको हो । मनमाया काठमाडौंको सितापाइलास्थित कान्छो छोरा दीपेन्द्र पाण्डेको घरमा बस्दै आएकी थिइन् । उनको आज बिहान चार बजे निवासमै निधन भएको मुख्यमन्त्री पाण्डेको सचिवालयका एक जना सदस्य रविन भुजेलले जानकारी दिए । मुख्यमन्त्री पाण्डे हेटौंडामा र एमाले नेता सुरेन्द्र पाण्डे चितवनमा थिए । उनीहरु आज बिहान काठमाडौं आइपुग्दैछन् । उनीहरु आइसकेपछि आजै पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने भुजेलले बताए ।मनमायाका पाँच छोरा र तीन छोरी छन् ।...