Tuesday, September 8

समाज

सुनौलो सहकारीको साधारणसभा तथा अधिवेशन
समाचार, समाज

सुनौलो सहकारीको साधारणसभा तथा अधिवेशन

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारीले १५औं वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । साधारणसभा तथा अधिवेशनको पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले उद्घाटन गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष भट्टराईले पर्यटकीय सुन्दर नगरी लेकसाईडमा रहेको सहकारीले उत्पादनमा जोड दिदैँ संस्थागत सुशासन, व्यवसायिक दक्षता र वित्तीय अनुशासन कायम गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो । संस्थाका अध्यक्ष टिकाराम सापकोटाले संस्थाका गतिविधिसँगै पर्यटनका सम्भावना, समस्या र राज्यको भुमिका लगायतमा प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष सापकोटाको सभापतित्व एवम् सचिव सोमबहादुर थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष भोजकुमार श्रेष्ठ, सल्लाहकारहरु डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बच्चु...
पोखरामा सातौं पर्वतीय महोत्सव सुरु
पर्यटन, समाचार, समाज

पोखरामा सातौं पर्वतीय महोत्सव सुरु

नेपालअखबार, पाेखरा । पर्वतीय दिवसको अवसरमा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजना भएको पर्वतीय महोत्सव शनिबारदेखि सुरु भएको छ । नेपाल पर्वतारोहण संघले आयोजना गरेको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले गरेका हुन् । उपराष्ट्रपति पुनले कार्यक्रममा पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा रहेको बताएका छन् । अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा भनेको पर्यटन विकासमा भने रणनीति र कार्य योजना  आवश्यक रहेको उनको भनाइ छ । ‘विश्व सामु नेपालको चिनारी र गौरव तथा नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनेको पर्वतीय पर्यटन विकासका लागि धेरै कार्य गर्नुपर्नेछ,’ पुनले भने, ‘नेपाल भ्रमण वर्ष प्रभावित भएको सन्दर्भमा नेपालको समग्र पर्यटन विकासका लागि नयाँ पर्यटन रणनीति तथा एकीकृत कार्ययोजना आवश्यक देखिन्छ ।’ पर्यटन विकासमा रणनीति आवश्यक रहेको भनाइ राखेका पुनले विशेषगरी पर्व...
मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु
समाचार, समाज

मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु

नेपालअखबार, पाेखरा । पोखराको मणिपाल अस्पतालबाट खसेर एक महिलाको मृत्यु भएको छ। पोखरा महानगरपालिका -१८ सराङकोटकी ६५ वर्षीय धनसरी घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए। उनका अनुसार बिरामी भएर भर्ना गरेकी छोरालाई भेट्न जाँदा शुक्रबार दिउँसो अस्पतालको तीन तलाबाट खसेर मृत्यु भएको हो। ‘उहाँको छोरी बिरामी भएर अस्पतालमा भर्ना गरिएको रहेछ,' उनले भने, 'छोरीलाई भेट्न जाँदा खसेर मृत्यु भएको हो।' कसरी खसेर मृत्यु भएको भन्नबारे थप अनुसन्धान भइरहेको उनले बताए।...
ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन आजदेखि ट्राफिक व्यवस्थापन
समाचार, समाज

ग्वार्कोमा ‘फ्लाइओभर’ बनाउन आजदेखि ट्राफिक व्यवस्थापन

नेपालअखबार, काठमाडाैं । सरकारी लगानीमा पहिलोपटक बन्न लागेको ग्वार्कोस्थित ‘फ्लाईओभर’ निर्माणका लागि तयारी अघि बढाइएको छ । अहिलेसम्म डिजाइनको काम भइरहेकामा भौतिक कामका लागि आजदेखि सवारी साधनको व्यवस्थापन सुरु गरिएको छ । भौतिक काम एक सातादेखि १० दिनभित्रमा सुरु गर्ने तयारी गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता (सिनियर डिभिजनल इन्जिनियर) सौरभ बज्राचार्यले बताए । उनका अनुसार केन्द्रले  मिल्नेसम्मको काम बाहिर गरी यहाँ ल्याएर जडान गर्ने योजना बनाएको छ । बिमलगायत संरचना अन्यत्र बनाएर यहाँ ल्याएर जडान गरिने छ । यो खण्डमा सवारी साधनको चाप धेरै रहेकाले पहिले सवारी साधनलाई अवरोध हुने काम सेकेपछि अन्य काम गर्ने योजना बनाइएको छ । प्रवक्ता बज्राचार्यले भने– “पहिले अरू ठाउँमा बनाउन मिल्ने कुरा बनाइसकेपछि मात्रै खन्ने काम हुनेछ ।” महानगरीय ट्राफिक प्रहरी महाशाखाले निर्माणलाई लक्ष्य ...
आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी
समाचार, समाज

आजदेखि फेरि काठमाडौंका घर-घरमा आउँदैछ मेलम्चीको पानी

नेपालअखबार, काठमाडाैं । काठमाडौंका घर-घरमा आजदेखि पुन: मेलम्चीको पानी वितरण गरिने भएको छ। मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट मेलम्चीको पानी सुरूङमा पठाइएको थियो। अम्बाथानबाट २६ किमी सुरूङ हुँदै मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्छ। सुन्दरीजलमा पानी शुद्धिकरण गरेपछि काठमाडौंका घरघरमा वितरण गर्ने गरिन्छ। गत वर्ष पनि मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो। तर बर्खा लागेपछि मेलम्चीको पानी ल्याउन छाडिएको थियो। खानेपानी मन्त्री उमाकान्त चौधरीले आज महाँकालमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी वितरणको सुरूवात गर्नेछन्। मेलम्ची खानेपानी विकास समितिले अब छ महिना मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सकिने र कुनै अवरोध नआउने बताइरहेको छ। अम्बाथानमा अस्थायी संरचना तयार गरेर पानी ल्याइएको छ। आजदेखि दैनिक १७ करोड ५० लाख लिटर ...
चिसोका कारण बढ्न थाले बिरामी
समाचार, समाज, स्वास्थ्य

चिसोका कारण बढ्न थाले बिरामी

नेपालअखबार, महोत्तरी। विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सामान्य अवस्थामा औसतमा ४०/५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा ...
शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आरोप, आक्रोशित स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा
समाचार, समाज

शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार आरोप, आक्रोशित स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा

नेपालअखबार, राैतहट। रौतहटमा एक शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ । यमुनामाई गाउँपालिका –४ मा रहेको श्री जनता माध्यमिक विद्यालयका  शिक्षक विजय सिंहले कक्षा ५ की छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको हो । सो विवादमा स्थानीय अभिभावक भेला भएर शिक्षक सिंहमाथि आक्रमणको प्रयास गरेका थिए । तनावको अवस्था भएपछि पुगेको प्रहरी टोली र स्थानीय बीच झडप भएको छ ।  सो क्रममा ढुंगामुढा प्रहारबाट आधा दर्जन प्रहरीलाई चोटपटक लागेको छ। जिल्ला प्रहरी रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले दुई जना प्रहरीलाई बढी र अन्यलाई सामान्य चोटपटक लागेको जानकारी दिँदै उनीहरूको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको बताए । प्रहरीले आरोपी शिक्षक सिंहलाई नियन्त्रणमा समेत लिएर थप अनुसन्धान भइरहेको छ ।...
बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते
समाचार, समाज

बाराको सिम्रौनगढमा भएको झडपमा १२ जना घाइते

नेपालअखबार, वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–४ मा मंगलबार भएको झडपमा १२ जना घाइते भएका छन् । रासायनिक मलको विषयलाई लिएर उत्पन्न विवाद बढेर उग्ररुप लिँदा दुई पक्षबीच भएको झडपमा १२ जना घाइते भएका हुन् । घाइतेहरुको उपचार स्थानीय क्लिनिकमा गरिएको छ । अरुण पण्डितलाई भने थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएको छ । प्रहरीले भने घटनामा परी ४ जना मात्रै घाइते भएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले झडपमा स्थानीय दिपेन्द्र सहनी, सराजुल अन्सारी, अजय यादव र अरुणकुमार पण्डित सामान्य घाइते भएको जानकारी दिए । एउटा पक्षले वडा कार्यालयमा लगाएको ताल्चा अर्को पक्षले खोल्न खोज्दा झडप भएको थियो । वडा कार्यालयमा तालाबन्दी गरेका कारण समस्यामा परेका सेवाग्राहीले ताल्चा खोलेको एउटा पक्षको दावी छ भने अर्को पक्षले तालाबन्दी गर्ने पक्षसँग समन्व...
हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु
समाचार, समाज

हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु

नेपालअखबार, मोरङ। मोरङको सुन्दरहरैचा–१० का ७३ वर्षीय वृद्धको हात्तीको आक्रमणबाट मंगलबार मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट अजय बास्तोलाको मृत्यु भएको स्थानीय कमलादेवी अधिकारीले बताइन् । स्थानीय मुनाल सामुदायिक वनमा घाँस काट्न गएका बेला अजय हात्तीको आक्रमणमा परेका थिए । श्रीमती जानुकासँग जङ्गल गएका बास्तोला हात्तीको आक्रमणमा परेपछि जानुकाले भने भागेर ज्यान जोगाएकी थिइन् । १ महिना यता उत्तर पूर्वी मोरङमा हात्तीले दैनिक जसो उपद्रो गरिरहेको त्यहाँका स्थानीय बताउँछन् । हुलका हुल आउने हात्तीले मिक्लाजुङ र लेटाङको ८ र ९ नम्बर वडामा बढी क्षति गरिरहेको छ ।...
बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै
समाचार, समाज

बाटोमा रोक्दै, स्यानिटरी प्याड थमाउँदै

नेपालअखबार, राजविराज। साँझको बेला छ। कार्यालय बिदा भएर फर्किएका र हाटबजारमा किनमेल गरेर फर्किनेको भीड लागेको छ। सबैलाई दिनभरिको कामको भारी बिसाएर सुस्ताउन घर जाने हतार छ। यसै बेला राजविराजस्थित सहिद दशनचौकमा उभिएका एक दर्जन बढी स्वयंसेवी अधिकारकर्मीहरूले बाटो हिँड्ने महिला र किशोरीलाई डाक्दै हातहातमा स्यानिटरी प्याड थमाइरहेका छन्। किशोरीहरू निसंकोच लिए पनि कतिपय महिला सार्वजनिक रूपमा प्याड लिन संकोच मानिरहेका देखिए। उनीहरूलाई अधिकारकर्मीहरूले बोलाएर महिनावारी हुँदा प्रयोग गर्ने प्याडको प्रयोग र उपयोगिताबारे जानकारी दिए। महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछुत, विभेद, दुर्व्यवहार वा हिंसा गर्न नहुने र मर्यादापूर्वक जिउन पाउनुपर्ने अधिकारको वकालत गरे। त्यसपछि बल्ल महिला प्याड लिँदै घरका लागि प्रस्थान गरे। लैंगिक हिंसाविरूद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिले राजविरा...