Monday, May 4

समाज

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला
समाचार, समाज, हाइलाइट-समाचार

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

नेपाल अखबार,रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो। युवतीका बुवा जयसवाल र आमा दलित समुदायअन्तर्गतको नेपाली (सार्की) जातको भएकाले खत्री परिवारले ती युवतीलाई स्वीकार गर्न नमानेको र झुक्याएर गर्भपतन गराई साउन १८ गते घरनिकाला गरेको भनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा जाहेरी दर्ता भएको छ। विवाहपूर्व नै गर्भवती भएको शंका लागेपछि प्रेमी शमशेरले नै गर्भजाँचको साधन ल्याएर परीक्षण गरेका थिए। त्यतिखेर गर्भवती भएको पत्ता लागेपछि विवाह गर्ने सल्लाह भएको समीक्षाले बताइन्। तर शम्शेरले विवाह ...
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्‍यो दशैँको साइत
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गर्‍यो दशैँको साइत

नेपाल अखबार काठमाडाैं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११ः४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए। यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र परेकाले दोष नाश गर्ने अभिजित् मुहूर्त दिनुपर्दा ११ः४६ बजेको साइत निस्किएको समितिले जनाएको छ। नवरात्र शुरु हुने घटस्थापनाको साइतका लागि लग्न र बेला पनि उपयुक्त दिइएको जनाइएको छ। घटस्थापना गरिएको कलशको मुखमा नवदुर्गालाई आह्वान गरी नौ रात १० दिनसम्म विधिपूर्वक पूजा आराधना एवं दुर्गा सप्तशती चण्डी, देवीभागव...
घाइते रोशन अधिकारीलाई युथ कम्युनिटी क्लबको सहयोग
समाचार, समाज

घाइते रोशन अधिकारीलाई युथ कम्युनिटी क्लबको सहयोग

नेपाल अखबार, पोखरा । केमिकल दुर्घटनामा परी अस्पतालमा उपचारत रोशन अधिकारीलाई युथ कम्युनिटी क्लब पोखराले आर्थिक सहयोग गरेको छ । क्लबका कार्यसमिति सदस्य समेत रहेका अधिकारी केही दिन अगाडि केमिकल दुर्घटनामा परि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन कक्षमा उपचाररत रहेको र उनलाई क्लबले १६ हजार आर्थिक सहयोग गरेको क्लबका विपद ब्यवस्थापन उपसमिति संयोजक शर्मिला लामाले जानकारी दिनुभयो । युवा ब्यवसायीहरु बीच साथ, सहयोग र सहकार्यका लागी भन्ने उद्देश्यका साथ स्थापित युथ कम्युनिटी क्लबको विपद ब्यवस्थापन कोषबाट ८ हजार र क्लबमा आवद्ध सदस्यहरुबाट संकलित ८ हजार गरी १६ हजार आर्थिक सहयोग गरिएको र थप सहयोगका लागी ग्रीन डेभलपमेन्ट बैंकको खाता नम्बर ००६२१५०००१११३९०००००१ मा रकम संकलन गर्न सकिने समितिका सह संयोजक संजय शर्माले जानकारी दिनुभयो ।...
पोखराका ज्येष्ठ नागरिकका लागि सहयोगी बन्दै सेवा केन्द्र
समाचार, समाज

पोखराका ज्येष्ठ नागरिकका लागि सहयोगी बन्दै सेवा केन्द्र

नेपाल अखबार, पोखरा । बुढ्यौली उमेरका कारण घरको पट्यार लाग्दो बसाईमा टोल समाजमा सञ्चालित ज्येष्ठ नागरिक सेवा केन्द्रहरु ज्येष्ठ नागरिकका लागि बरदान सावित बन्दै गएको छन् । परिवारका सदस्यको सेवा, पेशा र रोजगारीका कारण दिनभर एक्लै समय बिताउदा हुने अत्यार लाग्दो अवस्थालाई ज्येष्ठ नागरिक सेवा केन्द्रले भगाईदिएको छ । त्यस्तै सेवा केन्द्र मध्येको पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा सञ्चालित ज्येष्ठ नागरिक बैदिक सनातन (वेदान्त दर्शन) सत्संग स्थल पनि एक हो । स्थानीय समाजसेवी ७८ बर्षीय टोपराज ढुंगनाको विशेष पहल एवम् समुदायको आर्थिक सहयोगले हालै सञ्चालनमा आएको केन्द्रमा अहिले दैनिक ३० देखि ३५ जना ज्येष्ठ नागरिक जम्मा हुने गरेका छन् ।विद्यमान कोरानाको संक्रमणको कारण माक्स, सेनिटाईजरको प्रयोगको साथै सामाजिक दुरी पनि कायम गरिएको ढुंगानाले जानकारी दिनुभयो । बिहान १०.०० बजेदेखि साँझ ५.०० बजेसम्म सञ्चालन...
बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार
प्रशासन, समाचार, समाज, हाइलाइट-समाचार

बली दिन भारततर्फ लैजाँदै गरिएका दुई किशोरीको सीमा क्षेत्रबाट उद्धार

नेपाल अखबार, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीस्थित नेपाल-भारतको सीमाबाट दुई किशोरीलाई प्रहरीले उद्धार गरेको छ । बली दिन भारततर्फ लैजाँदै गर्दा सप्तरी घर भएका ती दुई किशोरीलाई सुनसरीको भाण्टाबारी नाकाबाट बुधबार उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट किशोरीको उद्धार गरेको नायव उपरीक्षक कार्कीले बताए । शङ्का लागेर सोधखोज गर्ने क्रममा किशोरीसँगै रहेका २ पुरुषलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षकी दुई किशोरी रहेका छन् । भारततर्फ लैजाने कार्यमा संलग्न रहेको सप्तरी कृष्ण सवरन गाउँपालिका–४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले ...
श्रीमतीको हत्यागरी गाड्ने त्रममा  युवा  पक्राउ
समाचार, समाज

श्रीमतीको हत्यागरी गाड्ने त्रममा युवा पक्राउ

नेपाल अखबार,म्याग्दी । म्याग्दीमा श्रीमतीको हत्यागरी बारीमा लगेर गाड्ने त्रममा एक युवा प्रहरीद्वारा पक्राउ परेका छन् । म्याग्दी जिल्ला बेनी नगरपालिका–१ बेलबोट निवासी ४३ वर्षीया पत्नी माया बोहोरालाई हत्यागरी बारीमा लगेर गाड्ने ४० वर्षीय वीरबहादुर किसानलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। किसानले पत्नीको हत्यागरी घरदेखि ७ मीटर पश्चिमपट्टी बारीमा लगेर गाडेको स्थानबाट बुधबार बिहान ९.०० बजे प्रहरीले उक्त लाश उत्खनन गरेको हो । बोहोराको शव शल्य परीक्षणको लागि म्याग्दी जिल्ला अस्पताल पठाइएको छ । बोहोराका पति वीरबहादुर किसानलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडि वढाएको छ । घटनको प्रकृति हेर्दा हत्या गरेर गाडेको जस्तो देखिन्छ घटनाको बारेमा थप अनुसन्धान शुरु गरिउको जानकरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।...
स्याङजामा महिला मृत अवस्थामा फेला
समाचार, समाज

स्याङजामा महिला मृत अवस्थामा फेला

नेपाल अखबार, स्याङजा । स्याङजामा महिला मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । जिल्ला स्याङजा भिरकोट नगरपालिका-६ ठाडोहटिया स्थित फुटबल ग्राउण्ड नजिकै खाली जग्गामा वर्ष अन्दाजी ६५ की मन कुमारी माझी मृत अवस्थामा रहेको भन्ने जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको जिल्ला स्याङजा प्रहरीले जनाएकाे छ ।...
पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै
समाचार, समाज

पहिरोले बासै उठेपछि विद्यालयमा काजक्रिया गर्दै

नेपाल अखबार, स्याङ्जा । पहिरोले परिवारका नौ सदस्यसहित बासै उठेपछि भोजराज नेपालीले विद्यालयमा बसेर काजक्रिया गरेका छन् । स्याङ्जाको वालिङ–१४ तमादीमा गत बिहीबार माया नेपालीको घरमाथिबाट आएको पहिरामा पुरिँदा नौ जनाको ज्यान जानुका साथै घरबासै उठेको थियो । पहिराले परिवारका नौ सदस्यसहित बासै उठाएपछि विचल्लीमा परेको उक्त परिवारका बाँकी सदस्यले अहिले नजिकैको विद्यालयमा बसेर काजक्रिया गरिरहेका छन् । पहिरोमा परी ज्यान गुमाएकी माया नेपालीका माइला छोरा भोजराज नेपाली रोजगारीको सिलसिलामा भारतमा रहेको र घरमा घटना भएपछि आएर नजिकैको फूलबारी आधारभूत विद्यालय जिमिरेमा बसेर काजक्रिया गरिरहेका स्थानीयवासी टीकाराम लुइँटेलले बताए । माइला छोरा भोजराज पूरै क्रियामा सहभागी छन् भने जेठी छोरी शोभा नेपाली र कान्छी छोरी मनिषा नेपाली ठाडो क्रियामा बस्दै आएका छन् । “पहिरोले हामी बस्दै आएको बास त उठायो–उठायो सँगै परिवारका...
तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग
समाचार, समाज

तनहुँको शुक्लागण्डकी नगरपालिकालाई सूर्य नेपालको एम्बुलेन्स सहयोग

नेपाल अखबार, तनहुँ । सूर्य नेपाल सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका सेराटार तनहुँले शुक्लागण्डकी नगरपालिका तनहुँलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । मंगलबार शुक्लागण्डकी नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच कम्पनीले उक्त एम्बुलेन्स हस्तान्तरण गरेको हो । कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सविता रसाइलीलगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्की, बाणिज्य प्रमुख गौतम यादव, एचआर म्यानेजर अञ्जन दुवाडी र सुरक्षा विभाग प्रमुख होमनाथ अर्यालको सहभागिता रहेको थियो । कार्यक्रममा नगर प्रमुख किसन गुरुङ्ग उपप्रमुख सबिता रसाइली लगायत सूर्य नेपालका फ्याक्ट्री म्यानेजर बाबुराम कार्कीले समेत मन्तव्य राखेका थिए । सूर्य नेपाल कम्पनीले विगत लामो सयदेखि विभिन्न सामाजिक क्षेत्रहरु जस्तै खेलकुद, शिक्षा, स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधार लगायतका क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्तर्गत ...
पोखराको सेदीबगरमा पहिरोको जोखिम
समाचार, समाज

पोखराको सेदीबगरमा पहिरोको जोखिम

नेपाल अखबार, पोखरा । पोखरा सराङकोट (सेदी) का स्थानीयले बस्ती सहित फेवाताल संरक्षण गर्न गण्डकी प्रदेश सांसद रामजी बराल (जीवन) समक्ष माग गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित सेदी (कोत्रे) खोला भन्दा माथिल्लो दलदल भागमा धाँजा फाटेर बस्ती नै उच्च जोखिममा परेको र फेवाताल समेत पुरिने भएकोले यसको संरक्षणका लागि सांसद बराल समक्ष आफूहरुले माग राखेको स्थानीय भुपालबहादुर थापा क्षेत्रीले बताउनुभयो । सेदी कोत्रे खोला सहितको सराङकोट क्षेत्रमा धाँजा फाटेको बारेमा बुधबार अवलोकन गर्न पुगेका सांसद बराल समक्ष स्थानीयले प्रदेश र संघीय सरकारसम्म आवश्यक पहल गर्न माग गरेका हुन् । सांसद बरालले उक्त क्षेत्रको बस्ती उच्च जोखिम भएकोले विज्ञको टोलीसहित तत्काल अध्ययन प्रतिवेदन तयार पारी बस्ती संरक्षणम तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो तर्फबाट उक्त स्थानको बस्ती र फेवाताल संरक्षणमा सबैको सहकार...