विद्युत प्राधिकरण कार्यालय वीरगञ्जमा कोईराला फाउण्डेशनले ज्ञापन पत्र बुझाए
इरफानअलि, वीरगंज । विधुत प्राधिकरण पर्साले लकडाउन अवधि भरको बिल महसुलको जरिवाना लिएको भन्दै गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साले विधुत प्राधिकरण तथा वितरण केन्द्र पर्सामा आज विरोध जनाउदैं ज्ञापन पत्र बुझाएको छ ।
लकडाउन अवधिभरको जरिवाना लिएको भन्दै स्व गिरिजा प्रसाद कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनको अध्यक्षतामा फाउण्डेशन पर्साले नेपाल विधुत प्राधिकरण पर्साका प्रमुख शम्भु कुर्शैत यादवलाई ज्ञापन पत्र बुझाएका छन ।
विश्वमा एकातिर कोरोना महामारीका कारण नेपाल लगायत विश्व नै आक्रान्त बनेको छ । कोरोनाका कारण विश्वले नै अपुर्णिय क्षति व्यह्रोनु परेको छ । यस महामारीले मानिस भौतिक दुरी कायम गरी सम्पुर्ण कामकाज गर्न नेपाल सरकारले अहवान गरेता पनि नेपाल विधुत प्राधिकरण पर्सा वितरण केन्द्रले हाल सम्म यस रोगको कारण देखाई आफनो पुरानो लयमा फर्कन नसकेकोले पर्सेली जनतालाई यसको ठुलै मार ख...
