Wednesday, August 5

समाज

राष्ट्रपति पौडेलद्वारा नवकन्याहरूको पूजा
धर्म/संस्कृति, समाचार, समाज

राष्ट्रपति पौडेलद्वारा नवकन्याहरूको पूजा

नेपालअखबार, काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँको नवौँ दिन बुधबार नवकन्याहरुको पूजा गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरुको पूजा गरेका हुन्। राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए। राष्ट्रपतिको सचिवालयका अनुसार बालमन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन्। दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।...
कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध
समाचार, समाज

कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध

नेपालअखबार, काठमाडौँ । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका तीन राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको अद्यावधिक गरेको विवरणअनुसार संखुवासभा र रसुवाका सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ। संखुवासभामा कोशी राजमार्गअन्तर्गत भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवामा वर्षाका कारण बाटो अवरुद्ध भएको छ। यी दुई स्थानमा सडक पूर्ण रूपमा बन्द हुँदा यातायात आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, बागमती प्रदेशमा रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन नाका जोड्ने पुलमा आएको बाढीले आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। यसले गर्दा रसुवागढी नाका हुँदै हुने व्यापारिक तथा यातायात आवागमन रोकिएको छ।...
दसैंले छोएन वनहराका भूमिहीनलाई
समाचार, समाज

दसैंले छोएन वनहराका भूमिहीनलाई

नेपालअखबार,कञ्चनपुर। दसैं घर-आँगनमै आएको छ। मीठो मसिनो खाने, नयाँ लुगा लगाउने सबैलाई रहर हुन्छ। तर कञ्चनपुरको पूर्वपश्चिम राजमार्ग नजिकैको शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरमा बसोबास गर्दै आएका सुकुम्बासी (भूमिहीन) परिवारका लागि त्यो रहर केबल सपना मात्रै बनेको छ। दुई छाकको खाना जुटाउनै सङ्घर्ष भइरहेको अवस्थामा दसैंले शिविरवासीको पीडा झन् थपिदिएको छ। शिविरमा बस्दै आएकी ६५ वर्षीया माथुदेवी दमाईंले विगतका दुःखद् अनुभव सम्झिँदै भनिन्, ‘कमाइ खाने जग्गा छैन, उमेर पनि ढल्किँदै छ, सधैं मजदुरी पाइँदैन, हप्तामा एक दिन गर्ने मजदुरीले साँझबिहानको छाक टार्नै कठिन छ।’ दसैंमा मीठोमसिनो खाने, नयाँ लुगा लगाउने रह भए पनि मारेर बस्नु परेको उनको कथन छ। ‘एकसुको पैसो छैन आश मानेर के पो हुन्छ र हाम्रा दिन यसैगरी बित्ने भए,’ उनले भनिन्। वनहरा शिविरमा अहिले बुढापाका, महिला र बालबालिका मात्र छन्...
गृह मन्त्रालयको निर्णयमा मानवअधिकार एलाइन्सको आपत्ति
समाचार, समाज

गृह मन्त्रालयको निर्णयमा मानवअधिकार एलाइन्सको आपत्ति

नेपालअखबार,काठमाडौं। मानवअधिकार एलाइन्सले जेनजी आन्दोलनकाको क्रममा भएका मानवीय तथा भौतिक क्षतिको दोषीमाथि सरकारका नियमित संयन्त्रहरूबाट तत्काल कारबाही अगाडि बढाउन माग गरेको छ। एलाइन्सले आज विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगको कार्यक्षेत्रमा रहने विषयमाथि तत्काल कारबाही अघि नबढाउने गृह मन्त्रालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ। त्यसो गर्दा फैजदारी न्याय प्रणालीलाई गम्भीर असर पार्ने, दण्डहीनता र हिंसालाई थप प्रश्रय दिने एलाइन्सको भनाइ छ। ‘जेनजी आन्दोलनका क्रममा भएको भौतिक एवम् मानवीय क्षतिको निष्पक्ष छानविनका लागि जाँचबुझ आयोग गठन गरिएको र आयोगका प्रतिवेदन प्राप्त नहुँदासम्म आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रहरूबाट तत्काल कारबाही अगाडि नबढाइने भनी नेपाल सरकार गृह मन्त्रालयद्वारा मिति २०८२ असोज ९ गते जारी गरेको विज्ञप्तिले फौजदा...
राजमार्ग अवरोध भए पनि खसीबोका किनबेच यथावत्
समाचार, समाज

राजमार्ग अवरोध भए पनि खसीबोका किनबेच यथावत्

नेपालअखबार,काठमाडौँ । लगातारको वर्षाका कारण पृथ्वीराजमार्गको मुग्लिन क्षेत्र र बिपी राजगमार्गसहित अन्य मार्गमा यातायात सहज नहुँदा गत वर्षको तुलनामा यो वर्ष खसीबोकाको भाउ केही बढी भए पनि किनबेचमा असर परेको छैन । मुलुकका धेरैतिर पहिरोका कारण बाटोको समस्या र यात्रुवाहक बसमा ढुवानी गर्न  नपाइने व्यवस्थाका कारण बेग्लै ट्रकमा हालेर ल्याउँदा खसी बोकाको भाउ गत वर्षभन्दा केही बढेको व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षको तुलनामा प्रतिकिलो करिब रु २५ का दरले भाउ बढेको व्यवसायीहरु बताउँछन् । गत वर्ष जिउँदो खसी प्रतिकिलो रु सात सयदेखि रु सात सय २५ सम्ममा बिक्री भएकामा यो वर्ष  रु सात सय ५० मा बिक्री भएको पाइएको छ । किसानले मूल्यवृद्धिको लाभ पाएका छन् ।  किसानका गोठबाट व्यापारीले प्रतिकिलो रु ६१० ले बेचेका छन् । काठमाडौँको टुकुचाका साथै कलंकी, दहचोक, कालिमाटी, लोकन्थली, सल्लाघारी, चाबहिललगाय...
पाथीभरा क्षेत्रमा मदिरा निषेध
धर्म/संस्कृति, समाचार, समाज

पाथीभरा क्षेत्रमा मदिरा निषेध

नेपालअखबार,ताप्लेजुङ । पाथीभरा क्षेत्रमा मदिराको बिक्री, वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै मदिरा बिक्री र सेवनमा रोक लगाएको हो । समितिले फेदी, बलुडाँडा, काफ्लेपाटीलगायत स्थानमा रहेका होटल तथा व्यवसायीलाई मदिरा बिक्री नगर्न आग्रह गरेको छ । साथै समितिले मदिरा बिक्री वा सेवन गरेर धार्मिकस्थलको वातावरण प्रदूषित गर्नेहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने चेतावनी पनि दिएको छ ।...
कोसी सडक एक महिनादेखि अवरुद्ध
समाचार, समाज

कोसी सडक एक महिनादेखि अवरुद्ध

नेपालअखबार,सङ्खुवासभा । उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन ठप्प भएको हो । सडक अवरुद्ध हुँदा यातायातसँगै आसपासका गाउँबस्तीका स्थानीयको जनजीवन प्रभावित भएको छ । पहिरोका कारण सडक मात्र नभई निजी जग्गा, खेतबारी, बालीनाली र बोटबिरुवामा क्षति पुगेको स्थानीयले बताएका छन् । सडक योजना कार्यालयका प्रमुख रामबहादुर गुरुङका अनुसार भू–स्खलन प्रभावित क्षेत्रमा माटो दलदले भएको र भारी मेसिन परिचालन गर्न कठिन भएकाले तत्काल सडक सञ्चालन सम्भव छैन । नदीको बहाव अझै नघटेको र मौसम अनुकूल बनेलगत्तै मर्मत कार्य सुरु गर्ने तयारी भएको गुरुङले बताए । जिल्ला प्रशासन कार्यालय, भोटखोला र मकालु गाउँपालिकाका जनप्रतिनिधि तथा सरो...
मुस्लिम युवालाई सुशासन र सार्वजनिक प्रशासन प्रशिक्षण
समाचार, समाज

मुस्लिम युवालाई सुशासन र सार्वजनिक प्रशासन प्रशिक्षण

नेपालअखबार,विराटनगर । मुस्लिम युवालाई लक्षित गर्दै सुशासन र सार्वजनिक प्रशासनबारे विशेष प्रशिक्षण दिइएको छ । नेपाल मुस्लिम युथ कमिटी, विराटनगरको आयोजना एवम् संगम पार्टी प्यालेसमा शनिबार सञ्चालन गरिएको उक्त कार्यक्रममा मुस्लिम युवालाई राजनीति, राज्य शासन, नीति निर्माण र सार्वजनिक सेवामा अवसरबारे मार्गदर्शन दिइएको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक, पूर्वमन्त्री तथा संविधानसभा सदस्य मोहम्मद जाकिर हुसैनले मुस्लिम युवालाई लोकतान्त्रिक प्रक्रियामा सक्रिय हुन आह्वान गर्दै भने, ‘नेपालको निर्माणमा मुस्लिम समुदायको योगदान ऐतिहासिक रूपमा रहँदै आएको छ । अब नयाँ पुस्ताले सुशासनलाई व्यवहारमा उतार्दै राजनीति र सार्वजनिक प्रशासनमा उच्च सहभागिता जनाउन आवश्यक छ ।’ उनले विगतमा मुस्लिम समुदायले राष्ट्र निर्माण, सैन्य, प्रशासन, कानून, वास्तुकला, संगीत, भाषा–साहित्य र क्रान्तिहरुमा महत्वपूर्ण योग...
कोरला नाका स्तरोन्नति गर्न महासंघ अध्यक्ष ढकालको आग्रह
समाचार, समाज

कोरला नाका स्तरोन्नति गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालअखबार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । महासंघको गण्डकी प्रदेश समिति एवम यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरूसँग आज सो नाकाको निरिक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने, ‘कालीगण्डकी करिडोर बनेपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरू प्रवर्द्धनका लागि प्रयो गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।” अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि ...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुनर्निर्माण कोषलाई दियो १ करोड
समाचार, समाज

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पुनर्निर्माण कोषलाई दियो १ करोड

नेपालअखबार, काठमाडौं । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)ले एक करोड रुपैयाँ सहयोग गरेको छ। २३ र २४ भदौको आन्दोलनका क्रममा भौतिक संरचनामा व्यापक आगजनी र तोडफोड गरिएको थियो। सो क्रममा ठूलो क्षति भएकोमा त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका लागि सरकारले कोष खडा गरेको हो।निफ्राले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड सहयोग गरेको मन्त्रालयले जनाएको छ। सहयोग रकम बराबरको चेक बैकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे ।...