Wednesday, May 6

समाज

जरेखेतमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
समाचार, समाज

जरेखेतमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

नेपालअखबार,धादिङ। धादिङको गल्छी गाउँपालिका–६ जरेखेतमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ। रूख सहितको पहिरो खसेपछि आज बिहानदेखि सडकमा दुईतर्फी आउजाउ रोकिएको हो। पहिरो पन्छाउन उपकरणसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जानकारी दिए। पहिरोका कारण काठमाडौँ जाने सवारीसाधन गजुरी र काठमाडौँबाट मुग्लिनतर्फ आउने सवारीसाधन आदमघाट क्षेत्रमा रोकिएका छन्। लगातारको वर्षासँगै राजमार्गका विभिन्न स्थानमा पहिरो खस्ने जोखिम उच्च रहेकाले सतर्क रहन चालक र यात्रुलाई आग्रह गरिएको छ।...
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु
समाचार, समाज

सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु

नेपालअखबार,सप्तरी । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् । सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार आज बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।...
नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै
समाचार, समाज

नीति अभावले कञ्चनपुरमा करोडौँको काठ वनमै कुहिँदै

नेपालअखबार,कञ्चनपुर। वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरिएको पाँच वर्ष बितिसक्दा पनि नयाँ दिगो कार्यविधि नआउँदा कैलाली र कञ्चनपुरका दर्जनौं सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूह समस्यामा परेका छन् । काठ सङ्कलन गर्न नपाउँदा वनमा रहेको लाखौं मूल्यको काठ कुहिएर जान थालेको छ । सामुदायिक वनमा उत्पादन भएका काठ र दाउरा प्राविधिक कार्ययोजनाअनुसार सङ्कलन गर्न नपाउँदा वन समूह आर्थिक सङ्कटमा परेका छन् । सरकारले विसं २०७७ माघ ११ गते वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गरेको थियो । सो निर्णयपछि कैलाली र कञ्चनपुरका सामुदायिक वनको पूर्वस्वीकृत कार्ययोजना कार्यान्वयनमा रोक लगाइएको सामुदायिक वन समन्वय समितिका सचिव विरबहादुर राजवंशीले बताए । ‘यसले गर्दा न काठ सङ्कलन सम्भव भएको छ, न त वनको संरक्षण र संवर्द्धन नै भएको छ’, उनले भने, ‘कार्यविधिको अभावमा दिगो वन व्यवस्थापनको बाटोसमेत बन्द भ...
विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ
समाचार, समाज

विश्व बैंकको अनुदान प्राप्त सडक स्तरोन्नतिमा ढिलाइ

नेपालअखबार,तनहुँ । विश्व बैंकबाट अनुदान प्राप्त तनहुँका व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । सहरी विकास मन्त्रालयको सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत सञ्चालित ती सडक आयोजना निर्माणमा ढिलाइ भएको हो । चालु आर्थिक वर्षको पुस महिनाभित्र सम्पन्न हुने गरी काम गर्न बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिकामा पराशर मार्ग र शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–लामागाउँ स्तरोन्नति भइरहेका छन् । ती सडक अस्फाल्ट प्रविधिबाट कालोपत्र गर्न सम्झौता भएको थियो । व्यासका वडा नं ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माणका लागि खुलेका ती ट्रयाकमा स्तरोन्नति भइरहेको नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले  बताए । निर्धारित पुस महिनासम्ममा काम पूरा गर्न नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कु...
कालिगण्डकीमा आमा छोरा बेपत्ता भएको आशंकामा थालियो खोजी
समाचार, समाज

कालिगण्डकीमा आमा छोरा बेपत्ता भएको आशंकामा थालियो खोजी

नेपालअखबार,स्याङ्जा। स्याङ्जाको कालीगण्डकीमा आमा-छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरी टोलीले खोजीकार्य सुरू गरेको छ। स्याङजाको गल्याङ्‍ नगरपालिका- ५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको प्रतिक्षालयमा महिलाले बोक्ने झोला, चप्पल, मोबाइल र बच्चाको जुत्ता फेला परेको थियो। त्यहाँ फेला पारेको सामान स्याङ्जाकै कालीगण्डकी गाउँपालिका- ४ विर्घा बस्ने २७ वर्षीया श्यामकला पाण्डे र निजको छोरा वर्ष ६ वर्षीय अर्पित पाण्डेको रहेको खुलेको सशस्त्र प्रहरीका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनीहरु सम्पर्कमा समेत नरहेकोले कालिगण्डकी नदीमा बेपत्ता भएको हुन सक्ने आशंकामा बिहीबार बिहानैदेखि खोजी कार्य सुरू गरिएको हो। खोजीका लागि  सशस्त्र प्रहरि बल नेपाल  नं. ३० गुल्म स्याङजाबाट सशस्त्र प्रहरी निरीक्षकको  कमाण्डमा  सुरक्षाफौज  परिचालन गरिएको डिएसपी थापाले जानकारी दिए। बेपत्ता आशं...
चितवनमा करेन्ट लागेर मर्‍यो गैंडा
समाचार, समाज

चितवनमा करेन्ट लागेर मर्‍यो गैंडा

नेपालअखबार,चितवन। चितवनको माडीमा बाली जोगाउन छाडिएको करेन्ट लागेर एक सिंगे गैंडा मरेको छ। माडी–२ भैरवपुरका हरिभक्त श्रेष्ठको खेतमा करेन्ट छोडिएको तारमा गैंडा अल्झिएको थियो। करेन्ट लागेर गैंडाको धान खेतमै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए। निकुञ्जले श्रेष्ठलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। गत आर्थिक वर्षमा पनि एउटा गैंडाको करेन्ट लागेर मृत्यु भएको थियो। गत वर्ष चितवन निकुञ्जमा २८ वटा गैंडाको मृत्यु भएको थियो।...
हावाहुरीले मकैबालीमा क्षतिहुँदा भोजपुर किसान चिन्तित
कृषि, समाचार, समाज

हावाहुरीले मकैबालीमा क्षतिहुँदा भोजपुर किसान चिन्तित

नेपालअखबार, भोजपुर । अविरल बर्सातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् । मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ। भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताए । फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पुर्‍याउँदै आएको कृषकहरुको उनको भनाइ छ । ‘रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्‍यो’, उनले भने, ‘मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ।’ दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्‍याएको छ । भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन ग...
जन्मदर बढाउन चीनको नीति: बालबालिकालाई वार्षिक भत्ता र किन्डरगार्टेनको शुल्क मिनाहा
विदेश, समाचार, समाज

जन्मदर बढाउन चीनको नीति: बालबालिकालाई वार्षिक भत्ता र किन्डरगार्टेनको शुल्क मिनाहा

नेपालअखबार,काठमाडौं । चीनले घट्दो जन्मदरलाई बढाउनका लागि नयाँ नीति कार्यान्वयनमा ल्याएको छ। चीनले तीन वर्षभन्दा मुनिका बालबालिकालाई वार्षिक भत्ता दिने र किन्डरगार्टेनमा पढिरहेका बालबालिकाहरूको शुल्क मिनाहा गर्ने निर्णय गरेको हो। चिनियाँ सञ्चारमाध्यहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको समाचारमा चीनले तीन वर्षमुनिका बालबालिकालाई वार्षिक ३ हजार ६ सय युआन (७० हजार नेपाली रूपैयाँ) भत्ता दिने भएको छ। वार्षिक भत्ताको योजना गत जनवरीयता जन्मेकाहरूमा लागू हुनेछ। यो पैसा उनीहरूको हेरचाहका लागि अभिभावहरूकलाई समस्या नहोस् भन्नका लागि दिइएको हो। यसबाट झन्डै २ करोड परिवार लाभान्वित हुने अनुमान गरिएको छ।  त्यस्तै सार्वजनिक किन्डरगार्टेनमा अध्ययनमा बालबालिकाहरूको शुल्क मिनाहा गर्ने निर्णय पनि मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको रोयटर्सले लेखेको छ। निजी किन्डरगार्टेनको शुल्कमा पनि छुट दिने...
नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चारलाई अनुरोध  : युवानेता डा.अन्सारी
समाचार, समाज, हाइलाइट-समाचार

नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चारलाई अनुरोध : युवानेता डा.अन्सारी

नेपालअखबार,काठमाडौं । नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य नगर्न आम सञ्चार गृहलाई अनुरोध  डा. अबुल हुसेन अन्सारीले गर्नु भएकाे छ ।  युवा नेता डाक्टर अबुल हुसेन अन्सारी समाज सेवी साथै महाधिवेशन प्रतिनिधि, नेविसंघका पुर्व केन्द्रिय सदस्य हुन । नेपाली मुस्लिम समुदायलाई समाचारका नाममा आतंकित पार्ने कार्य विभिन्न समयमा हुदै आएको छ । मुस्लिम समुदायको शान्ति सुरक्षामा खलल पु¥याउने खाल्का समाचार प्रकाशन गर्ने कार्यको विरोध गर्नु भएको छ । न्यूज सोसाइटी प्राइभेट लिमिटेडद्धारा सञ्चालित फर्दाफास डटकमको अङ्ग्रेजी संस्करण इपर्दाफासले  यहि मिति सन् २०२५ जुलाई १७ मा Cross-Border Conversion Racket Busted: Nepal's Role Under Scanner in Chhangur Baba Terror-Funding Probe शिर्षकका राखि प्रकाशित गरेको थियो । . https://english.pardafas.com/cross-border-conversion-racket-busted-nepals-ro...
खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु
समाचार, समाज

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु

नेपालअखबार,विराटनगर । झापामा खेतमा पानी लगाउने  क्रममा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मंगलबार गौरादह नगरपालिका-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरदेखि करिब १० मिटर उत्तरमा रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर नेम्वाङको घटनास्थलमै मृत्य भएको हो ।...