Thursday, August 6

समाज

मुहम्मद जयन्ती ( मुहम्मद दिवस)को शुभकामना : अध्यक्ष महमदिन अली
समाचार, समाज

मुहम्मद जयन्ती ( मुहम्मद दिवस)को शुभकामना : अध्यक्ष महमदिन अली

नेपालअखबार,काठमाडौँ ।  मुहम्मद जयन्ती ( मुहम्मद दिवस)को शुभकामना मुस्लिम आयोगको अध्यक्ष महमदिन अली व्यक्त गर्नु भएको छ । इस्लाम धर्मका अन्तिम ईशदूत ९पैगम्बर० हजरत मुहम्मद (सल्ल) को १५०० औं (१२ रब्बी) (उलअव्वल) जन्मजयन्ती यही मिति २०८२ साल भाद्र २० गते शुक्रबारका दिन भएकोले उक्त दिनको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरुमा सु- स्वास्थ्य, दिर्घायु, सुख शान्ति एवं समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ । शान्तिपूर्ण र मर्यादित तरिकाले मनाउन इस्लाम धर्मावलम्बी सबैमा विशेष अनुरोध गर्दै अन्तिम ईशदूत (पैगम्बर) हजरत मुहम्मद (सल्ल) को १५०० औ शुभ जन्मजयन्तीको अवसरमा नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता थप मजबुत बनोस् भन्ने शुभेच्छा समेत व्यक्त गर्नु भएको छ ।  ...
सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा
धर्म/संस्कृति, समाचार, समाज

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुने सङ्घारमा

नेपालअखबार,कञ्चनपुर । सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ । वीरविरङ्गनाहरूको गीति कथामा गरिने नृत्य पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर निवासी ५० वर्षीय गङ्गाराम दमाई हुडकेली नृत्यमा निपूण भए पनि यस नृत्यको माग कतैबाट नआउँदा निकै चिन्तित छन् । उनले बाजेबाट हुडके (ठूलो डमरुजस्तै बाजा) बजाउने र हुडकेलीमा गीतिकथा गाउने कला सिकेका हुन् । “धार्मिक कार्य, विवाह, व्रतबन्ध, न्वारन, छैटी, अन्नप्राशनलगायत शुभ अवसरमा हुडकेली नृत्यको निकै माग हुन्थ्यो”, उनले भने, “बाजेबाटै १७ वर्षकै उमेरमा हुडकेली लगाउने कला सिकेको हुँ, मौखिक रूपमा इतिहासका पात्रहरू (वीरविरङ्गनाहरू)को कथा गीतमा ढालेर रोचक तरिकाले प्रस्तुत गरिन्थ्यो, निकै सुन्ने गर्दथे, अहिले यो नृत्य ओझेलमा परेको छ ।” “पहिले वर्षमा धेरै ठाउँमा बोलाइन्थ्...
नक्कली बिहे गराई ठगी गरेको आरोपमा दुईजना पक्राउ
समाचार, समाज, हाइलाइट-समाचार

नक्कली बिहे गराई ठगी गरेको आरोपमा दुईजना पक्राउ

नेपालअखबार,काठमाडौँ । नक्कली बिहे गराएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दैलेख घर भई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० का ४० वर्षीय गोपालकुमार विक र अछामको तुर्माखाद गाउँपालिका- ३ घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ३८ वर्षीया भविसरा रास्कोटी मगर छन्। उनीहरू नक्कली बाबु-आमा बनेर बिहे गराएको र गहना लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरूले एउटै युवतीलाई फरक फरक  मितिमा विभिन्न पुरूषहरूसँग बिबाह गराउने र बिहेपश्चात बेहुलीको नगद र गरगहना लिएर फरार हुने गरेको उजुरी परेको थियो। सोही आधारमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट बेहुलीको कपडा, गरगहना र नगद बरामद गरेको छ। उनीहरूविरूद्ध आपराधिक लाभ तथा ठगी कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति  संघसंस्थाको विरोध
समाचार, समाज

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति संघसंस्थाको विरोध

नेपालअखबार,काठमाडौं । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति विभिन्न २० वटा संघसंस्थाहरूले विरोध जनाएका छन् । बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै ती संघसंस्थाहरूले विरोध जनाएका हुन् । सामाजिक सञ्जाल प्लेटफर्ममा लगाएको आकस्मिक र स्वेच्छाचारी बन्देजप्रति गम्भीर चिन्ता व्यक्त गर्दै  उनीहरूले सरकारको उक्त कदम प्रति विरोध र निन्दा गरेका छन् । ‘यो कदम सामाजिक सञ्जाल विधेयकसम्बन्धी जारी संसदीय प्रक्रिया, संसदको क्षेत्राधिकार, नागरिक अधिकार र स्वतन्त्रतामा पर्ने गम्भीर असरलाई बेवास्ता गर्दै प्रशासनिक निर्णयमार्फत चालिएको कदम हो जसले संवैधानिक मौलिक अधिकार र अन्तर्राष्ट्रिय लोकतान्त्रिक सिद्धान्तमा गम्भीर प्रहार गरेको छ,’ ती संस्थाहरूले जारी गरेको विज्ञप्तिमा छ । यस्तो बन्देजले नेपालको संविधानद्वारा प्रत्याभूत विचार तथा अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, सूचनाको अधिकार, ...
अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी सामाजिक सञ्जाल नियन्त्रणको कदम स्वीकार्दैनौँ : पत्रकार महासङ्घ
समाचार, समाज

अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने गरी सामाजिक सञ्जाल नियन्त्रणको कदम स्वीकार्दैनौँ : पत्रकार महासङ्घ

नेपालअखबार,काठमाडौँ । फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।बिहीबार महासङ्घले  एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ,'नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाल बिहीबारदेखिनै बन्द गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन ल्याउने देखिएकोले सरकारी निर्णयप्रति महासङ्घ असहमति जनाउँदछ ।' कुनै विकल्प बिना सामाजिक सञ्जाल बन्द गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आउने मात्र नभई नागरिकको सूचनाको हक समेत प्रभावित हुन सक्ने पक्षलाई सरकारले ध्यान दिन नसकेको भन्दै महासङ्घ आश्चर्य समेत प्रकट गरेको छ । 'महासङ...
इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु
धर्म/संस्कृति, समाचार, समाज

इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु

नेपालअखबार,भक्तपुर । परम्परागत इन्द्रजात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ । यहाँका टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइएको छ । यसरी ठड्याइएको लिङ्गोलाई नेपाल भाषामा यम्वोःद्यो भनिन्छ । संस्कृतिकर्मी ओम धौभडेलका अनुसार देवराज इन्द्रकी आमा वसुन्धरालाई भाद्र शुक्ल चौथीका दिन व्रत बस्न पारिजातको फूलको आवश्यकता भएकाले छोरा जयन्तलाई उक्त फूल खोज्न पठाइयो । पारिजात खोज्ने क्रममा इन्द्रपुत्र जयन्तलाई दैत्यहरुले पारिजात फूल टिप्दै गरेको बेला पक्राउ गरे । जयन्तलाई छुटाउन देवता र दैत्यहरुबीच भएको युद्धमा देवताको जित भएको खुशियालीमा इन्द्रजात्रा मनाउन थालिएको आएको किवंन्दती  छ । पूजाआजासहित आज भक्तपुरको इताछे, तेखापुखु, वंशगोपाल, नासमना, बुलुचा, साकोठा, भोलाछेँ, सुजम्हरी, खौमा, इताछेँलगायत टोलमा ‘यम्वो द्यो’ ठड्याइएको छ । यो जात्रा भक्तपुरमा आठ दिनसम्म मनाइन्छ ।...
कालिका माविको अध्यक्षमा मोहन थापा
शिक्षा, समाचार, समाज

कालिका माविको अध्यक्षमा मोहन थापा

नेपालअखबार,पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएका छन् । गत भदौ ६ गते निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष भएका हुन् । समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक रहेका छन् । सोही बैठकबाट पोखरा महानगरपालिका, शिक्षा नियमावलीको नियम २९ (ङ) बमोजिम स्थानीय बुद्धिजीवी, चन्दादातामध्येबाट लोकनाथ पौडेललाई सदस्यका रूपमा मनोनयन गरिएको छ । समितिको सदस्य सचिवमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र ...
दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ
समाचार, समाज

दुई लाख घुससहित मालपोतका खरिदार पक्राउ

नेपालअखबार,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको साविक दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले पक्राउ गरेको हो । आयोगले खरिदार भण्डारीलाई मालपोत कार्यालय धुलिखेलको कार्यालय परिसरबाट पक्राउ गरेको हो । भण्डारीको साथबाट आयोगले मोबाइल एक थान पनि नियन्त्रणमा लिएको छ । आरोपी भण्डारीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।...
सूचनाको हक हरेक नेपालीको पहुँचमा हुनु पर्छ : आयुक्त दुर्गा भण्डारी पौडेल
समाचार, समाज

सूचनाको हक हरेक नेपालीको पहुँचमा हुनु पर्छ : आयुक्त दुर्गा भण्डारी पौडेल

नेपालअखबार,काठमाडौं । सूचना आयुक्त दुर्गा भण्डारी पौडेल सूचनाको हक हरेक नेपालीको पहुँचमा हुनुपर्छ । विदेशमा बसोबास गर्ने नेपालीले सूचनाको हक प्रयोग गर्न नसकेको आयुक्त दुर्गा  पौडेलले जान्कारी दिनु भयो । सूचनाको हक सर्वसाधारण जनताको पहुँचमा पुग्न नसक्नुको कारण नै लक्षित वर्ग सूचना प्राप्त गर्ने अवसरबाट बञ्चित रहेको नेपालअखबारलाई उहाँ बताउनु भयो । वर्तमान समयमा सूचनाको हक विषेश गरेर अभियानताहरुले मात्रै प्रयोग गरि रहेका छन् । नेपालको संविधानको धारा २७ मा भएको सूचना माग्ने र पाउने हकसम्बन्धी व्यवस्थाको कार्यान्वयनका लागि जारी भएको सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ११ को उपदफा १० बमोजिम सूचनाको हकको संरक्षण, सम्बद्र्धन र प्रचलन गर्ने काम, कर्तव्य तथा अधिकारका लागि राष्ट्रिय सूचना आयोग गठित भएको हो ।सार्वजनिक निकायमा सूचना उपलव्ध गर्न गराउन सूचना अधिकारी तोक्नपर्ने व्यवस्था छ । सूचना अधिकार...
अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’
समाचार, समाज

अन्नपूर्ण पदमार्गमा ढकमक्क ‘पोथ्रे गुराँस’

नेपालअखबार,म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ले पर्यटकसहित जोकोहीलाई आकर्षित गरेको छ । हिमाल, तालतलैया, झरना र मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो पदमार्गअन्तर्गत हुमखोलादेखि सुनखोलासम्म ढकमक्क फुलेका पोथ्रे गुराँसले आधार शिविर जाने पर्यटकलाई स्वागत गरिरहेका छन् । जेठदेखि भदौसम्म यो पदमार्गमा पोथ्रे गुराँस ढकमक्क फुलेका भेटिन्छन् । वनस्पतिबारे जानकार कमल मादेनका अनुसार हाम्रो देशमा पाइने गुराँसका ३३ प्रजातिमध्ये पोथ्रे गुराँस सानो रैथाने प्रजातिको मानिन्छ । यो प्रजातिको गुराँस तीन मिटर अग्लोसम्म हुन्छ । डढेलोको कारण यो दुर्लभ प्रजाति मासिँदै गएकामा उनी चिन्तित छन् । अन्नपूर्ण पदमार्गमा गुराँस प्रजातिको रातो, गुलाबीका साथै सेतो र बैजनी रङका फूल पनि पाइन्छन् । तिनको संरक्षणमा सम्बद्ध निकाय संवेदनशील हु...