गण्डकी प्रदेशमा कोरोनासँगै डेङ्गु र स्क्रब टाइफसको संक्रमण बढे
नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमण समेत बढेको छ ।
हालसम्म तनहुँ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपी गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ ।
कास्की, नवलपरासी, म्याग्दी र बाग्लुङमा स्क्रब टाइफसका समेत बिरामी फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्र्देशनालयले गत वर्ष पुष १६ देखि भदौ ३१ गतेसम्म प्रदेशमा १०५ डेङ्गु र ५४ स्क्रब टाइफसका बिरामी भेटिएको जनाएको छ ।
म्याग्दीमा सबैभन्दा बढी डेङ्गुु र स्क्रबटाइफसका बिरामी देखिएका छन् । यसअवधिमा म्याग्दीमा डेङ्गुका ६४ र स्क्रबटाइफसका ४३ बिरामी फेला परेको जनाइएको छ ।
कास्कीमा २०, लमजुङमा १०, स्याङ्जामा चार, नवलपरासीमा तीन, बागलुङमा दुई, पर्वत र गोरखामा एक÷एक जना डेङ्गुका बिरामी भेटिएका छन् ।
त्य...
