Sunday, July 12

स्वास्थ्य

देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए
समाचार, स्वास्थ्य

देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन्  । यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ। यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।...
सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण
समाचार, स्वास्थ्य

सिम्ता गाउँपालिकाका अध्यक्षलाई कोरोना सङ्क्रमण

नेपाल अखबार, सुर्खेत  । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पीसीआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिनयता रुघाखोकीको लक्षण देखिएपछि उनले कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन् । उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । “अहिले आइसोलेसनमा छु, स्वास्थ्य अवस्था सामान्य छ”, उनले भने, “उच्च मनोबलका साथ तातोपानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।” अध्यक्षलाई सङ्क्रमण देखिनेबित्तिकै उनको नजिकको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारी क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र...
पोखरामा १९ सहित गण्डकीमा ४९ संक्रमित थपिए
समाचार, स्वास्थ्य

पोखरामा १९ सहित गण्डकीमा ४९ संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा आज विहान १९ जना कोरोना संक्रमित थपिएका छन् । पोखराका छ वडामा गरी सो संख्यामा संक्रमित थपिएका हुन् । वडा नं ८ मा सात पुरुष र छ महिलामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी १५,३२,२५ र वडा नं १९ मा एक एक जनामा संक्रमण देखिएको छ । वडा नं ५ संक्रमित दुई जना छन् । वडा नं १५ का संक्रमित स्टाफ नर्स तथा ३२ का ५० वर्षीय पुरुष सोही अस्पतालमा उपचाररत पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बाग्लुङमा नौ, तनहुँमा तीन,स्याङ्जामा १२ पर्वतमा एक र नवलपरासीमा पाँच जना थपिएका छन् । हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमित दुई हजार ७२८ जना पुगेका छन् ।...
६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन
प्रशासन, समाचार, स्वास्थ्य

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । पाँच श्ययाका दरले ती स्थानीय तहमा तीन हजार २४५ श्ययाका अस्पताल बन्नेछन् । अहिले नेपालमा ४८ हजार १३८ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यस्तै ३२ हजार ९६४ निको र ३०६ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा पाँच...
कोभिड–१९ बारे माधव नेपालसहित २० सांसदको यस्ता छन् माग २५ बुँदे ध्यानाकर्षणपत्र
राजनीति, विचार, समाचार, स्वास्थ्य

कोभिड–१९ बारे माधव नेपालसहित २० सांसदको यस्ता छन् माग २५ बुँदे ध्यानाकर्षणपत्र

नेपाल अखबार ,काठमाडौं । विभिन्न दलका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथाममा सरकारले गरेका कामको अनुगमन र भैपरी आउने अवस्थाको विश्लेषण गर्न छुट्टै स्वास्थ्य संसदीय समिति गठन गर्न माग गरेका छन् । त्यसका लागि उनीहरुले कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई २५ बुँदे ध्यानाकर्षण पत्र नै बुझाएका छन् । संसदमा विद्यमान रहेका विभिन्न संसदीय समितिहरुमा कोभिडबारे छलफल भएर निर्देशन दिएपनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेकाले छट्टै समिति गठन गर्न माग गर्दै मंगलबार २५ बुँदे ध्यानाकर्षणपत्र बुझाएको काँग्रेसका सांसद भीमसेनदास प्रधानले  जानकारी दिए । उनले संसदीय समितिहरु भएपनि कोभिडलाई कुनैपनि समिति वा मन्त्रालयले फोकस नगरेकाले छुट्टै समिति आवश्यक भएको दावी गरे । उनले उद्योग, शिक्षा, स्वास्थ्यलगायत कोभिडका कारण प्रभाव परेका क्षेत्रहरु हेर्ने समितिहरु भएपनि ति समित...
कोरोना संक्रमणबाट ६ जनाको निधन
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट ६ जनाको निधन

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको निधन भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरमा कोरोना संक्रमणबाट ६ जनाको निधन भएको पुष्टि गरेको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा तीन पुरुष र तीन महिला रहेका छन्। मृत्यु हुनेमा काठमाडौँकी ८३, कास्कीकी ७३ र बाँकेकी ८० वर्षीया महिला रहेका छन् भने काठमाडौँका ६७, अर्घाखाँचीका ४२ र नवलपरासीका ६४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ। यो जम्मा संक्रमितको ०.६३ प्रतिशत हो।...
काठमाडौँमा ३९४ सहित उपत्यकामा थपिए ४६४ कोरोना संक्रमित
समाचार, स्वास्थ्य

काठमाडौँमा ३९४ सहित उपत्यकामा थपिए ४६४ कोरोना संक्रमित

नेपाल अखबार,काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४६४ जना कोरोना संक्रमित निको भएका छन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४६४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडाैमा ३९४, भक्तपुरमा ३६ र ललितपुरमा ३४ जनामा कोरोना पुष्टि भएको हो। मंगलबार उपत्यकाका काठमाडौँमा ३००, भक्तपुर ५८ र ललितपुरमा ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।...
थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि
समाचार, स्वास्थ्य

थप १ हजार ८१ मा कोरोना संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए। प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ। आज ११ हजार १६७ पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै पछिल्लो २४ घण्टामा ९१८ जना संक्रमित निको भएसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ३३ हजार ८८२ पुगेको छ।...
भारतमा कोरोना संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु
विश्व, स्वास्थ्य

भारतमा कोरोना संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु

नेपाल अखबार, एजेन्सि। भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट लगातार दोस्रो दिन ११ सयभन्दा धेरैको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार ११५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका ३३ लाख ९८ हजार ८४५ संक्रमित निको भएर घर फर्किसकेका छन् भने आठ लाख ९७ हजार ३९४ संक्रमित आइसोलेसनमा छन् ।...
छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। आज विहान पोखरामा छ वर्षीया बालिका सहित नौ  जना र गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन् । वडा नं ६ र १४ मा दुई÷दुई तथा ७,,१३,१७,८ र वडा नखुलेकोमा एक गरी पोखरामा नौ जना छन् । बाग्लुङको तनामखोलामा एक र नवलपरासीको गैँडाकोटमा एक जना संक्रमित थपिएसँगै गण्डकीमा हालसम्म संक्रमितको संख्या दुई हजार ६७२ पुगेको छ ।...