Saturday, July 11

स्वास्थ्य

कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो
समाचार, स्वास्थ्य

कोरोना संक्रमणबाट थप ४ को मृत्यु, मृतकको कुल संख्या ८३ पुग्यो

नेपाल अखबार, काठमाडौं । कोरोनाभाइरसबाट थप ४ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला  तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।...
जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
प्रदेश २, समाचार, स्वास्थ्य

जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। जनकपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका धनुषा विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो। टिबीबाट ग्रसित ती पुरुष स्वास्थ्यमा थप समस्या देखिएपछि साउन ८ गते उपचारका लागि अस्पताल पुगेका थिए। पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेशनमा भर्ना गरिएको थियो। उनको सोमबार राति मृत्यु भएको प्रादेशिक अस्पतालका निमित प्रमुख एवं आइसोलेशन इन्चार्ज डा.जामुन सिंहले जानकारी दिए। योसँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ। यसअघि आइतबार जनकपुरको कदमचोक स्थित विनय तारा फाउण्डेशन आस्पतालमै मृत्यु भएका त्यहाँका सुरक्षागार्डको पीसीआर रिपोर्ट सोमबार पोजेटिभ आएको थियो। उनी धनुषाको मिथिला बिहारी नगरपालिका ५० का बासिन्दा थिए। दुईसाता अघि धनुषाको शहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषक...
पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए
प्रदेश ४, समाचार, समाज, स्वास्थ्य

पोखराका ४ जनामा सहित, गण्डकीमा ८ संक्रमित थपिए

नेपाल अखबार, पोखरा । पोखराका ४  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान  पोखरा – ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा ३० का ३० वर्षीय पुरुष तथा पोखरा १७ का ४५ वर्षीया महिलामा  कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । यसैगरी  बिहान गण्डकी प्रदेशका बागलुङ जिल्ला  बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र -४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर -६ का १९ वर्षीय पुरुष तथा वडा -३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।...
डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’
विश्व, स्वास्थ्य, हाइलाइट-समाचार

डब्ल्यूएचओले भन्यो, ‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’

नेपाल अखबार,एजेन्सि। संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ । डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो महामारीसँग जुधन्का लागि उठाइएको कदममा कहिले पनि ढिलाइ नभएको स्पष्टिकरण दिएको छ । डब्ल्यूएचओका प्रमुख टेड्रनेस एडहनम गेब्रियाससले पत्रकार सम्मेलनमा यस हप्ता संसारभरी संक्रमितको कूल आँकडा दुई करोड पार हुने र मृतकको संख्या साढे सात लाख पुग्ने बताएका छन् । उनले भने, ‘यो आँकडा पछाडि एउटा ठूलो पीडा र तनाव लुकेको छ । यो महामारीका कारण गुमेको प्रत्येकको जीवन मूल्यवान छ । मलाई थाहा छ, तपाईंमध्ये धेरैजना यतिबेला पीडामा हुनुहुन्छ र संसारका लागि यो मुश्किलको समय हो । तर आशाको किरण बाँकी नै छ भनेर स्पष्ट गर्न चाहन्छु । यो महामारी नष्ट गर्न अहिल...
बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि
समाचार, स्वास्थ्य

बाँकेमा दुई चिकित्सकसहित थप १५ जनामा कोरोना पुष्टि

नेपाल अखबार,  बाँके । बाँकेमा दुईजना चिकित्सकसहित थप १५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा नेपालगन्ज मेडिकल कलेजका २५ र ३४ वर्षीय महिला चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । मेडिकल कलेजबाट संकलन गरिएको स्वाबको परीक्षणमा नेपालगन्जका ४७ वर्षीय पुरुष र १९ वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ । यस्तै नेपालगन्जको वडा प्रहरी कार्यालयका ३०, ३७ र ३८ वर्षका तीनजना प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु पुरुष हुन् । वडा प्रहरी कार्यालयबाटै संकलन गरिएको स्वाबको नमूना परीक्षणमा वडा प्रहरी कार्यालय ठेगाना लेखिएकी १० वर्षीया बालिका, नेपालगन्ज उपमहानगरपालिका ५ का ३१ वर्षीय पुरुष र १२ वर्षी बालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज-१२ का ३८ वर्षीय पुरुष र वडा नंं १० ...
थप ४ जनाको कोरोनाबाट  मृत्यु
समाचार, स्वास्थ्य

थप ४ जनाको कोरोनाबाट मृत्यु

नेपाल अखबार, पोखरा।  सोमबार नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप ४ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौंका २ तथा बाँके र पर्सामा १-१ जना रहेका छन । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वर बस्ने ७६ वर्षिय पुरुषको मेडिकेयर अस्पतालमा र काठमाडौंको कीर्तिपुर ट्याङ्लाफाट बस्ने ६४ वर्षका पुरुषको आज निधन भएको हो । यस्तै बाँकेको कोहलपुर नगरपालिका-२ का ७० वर्षिया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहपुरमा उपचारका क्रममा हिजो निधन भएको उहाँले बताउनुभयो । २३ गते अस्पताल भर्ना भएकी महिला उच्च रक्तचापकी विरामी थिइन् । यस्तै पर्साको देवयानी-१५ का ४५ वर्षिया महिलाको साउन २५ गते नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको उहाँले बताउनुभयो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।...
काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण
समाचार, स्वास्थ्य

काठमाडौं उपत्यकामा ४४ जनामा कोरोना संक्रमण

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार ४४ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ । सोमबार देशभरमा भने ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले  काठमाडौंका संक्रमित कहाँका हुन् भन्ने खुलाएको छैन ।...
सोमबार थप ३ सय ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो
समाचार, स्वास्थ्य

सोमबार थप ३ सय ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २३ हजार नाघ्यो

नेपाल अखबार, पोखरा । नेपालमा सोमबार थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २३ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा देशभर ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । यस सँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ। यसै गरी पछिल्लो २४ घण्टामा १ सय ४० जना निको भइ घर फर्किएका छन् । यससँगै १६ हजार ४ सय ९३ जना कोरोनाबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ रहेको छ।‍...
पोखरा २७ वडाका कर्मचारीमा कोरोना संक्रमण, वडा कार्यालय सिल
प्रदेश ४, समाचार, स्वास्थ्य

पोखरा २७ वडाका कर्मचारीमा कोरोना संक्रमण, वडा कार्यालय सिल

नेपाल अखबार, पोखरा । पोखरा महानगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा कार्यरत महिला कर्मचारीमा संक्रमण देखिएको वडा अध्यक्ष नारायण वरालले बताए । वडा अध्यक्ष बरालले कर्मचारीमा कोरोना संक्रमण भएसँगै वडा कार्यालय सिल गर्न लागिएको छ ।  अध्यक्ष बरालकाअनुसार संक्रमित कर्मचारी स्वाब निकालिएको दिनबाट होम क्वारेन्टीनमा बसिरहेकी थिइन् । उनीसँगै पोखरामा वडा नं. ५ पनि संक्रमित भेटीएका छन् । पोखरामा दुई गरि गण्डकी प्रदेशमा ८ जना संक्रमित संक्रमित थपिएका छन् । सोमबारको ८ सहित गण्डकी प्रदेशमाजम्मा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० संक्रमितहरु निको भएर घर फर्किएका छन् ।...
गण्डकीमा ८ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा ८ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा । गण्डकी प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट ५ जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका ८ जनामध्ये नवलपरासी -बर्दघाट-सुस्तापूर्व_को गैडाकोटका ३२/३७ वर्षका महिला र पुरुष, कास्कीको पोखरा महानगरपालिका ३७/४० वर्षका पुरुष र महिला रहेका छन् । यस्तै, तनुहुँको भानु र बन्दीपुरका ३४ वर्षका दुईजना पुरुष, स्याङ्जाको गल्याङकी ४५ वर्षीय महिला र पर्बतको मोदीका ५२ वर्षीय पुरुष रहेका छन् । यससँगै गण्डकीमा संक्रमितको संख्या १६२० पुगेको छ भने १४७० जना डिस्चार्ज भइसकेका छन् ।...