Friday, July 10

हाइलाइट-समाचार

नेकपा एसको दशौँ महाधिवेशन २०८१ असार १६ गते देखि २० गतेसम्म हुने
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा एसको दशौँ महाधिवेशन २०८१ असार १६ गते देखि २० गतेसम्म हुने

नेपालअखबार,काठमाण्डौ । नेकपा (एकीकृत समाजवादी) को दशौँ महाधिवेशन २०८१ असार १६ गते देखि २० गतेसम्म हुने भएको छ । पार्टी कार्यालयमा बुधबार बसेको ८० औ सचिवालयको बैठकले महाधिवेशन एक महिना पछि सारेर असार १६ देखि २० सम्म गर्ने निर्णय गरेको हो । आन्तरिक तयारी पुरा भई नसकेको र तल्ला कमिटीबाट समेत माग भई आएकाले जेठ ३ देखि ७ गते सम्म निर्धारित महाधिवेशन केही पछि सार्नुपरेको पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनु भयो ।...
एकीकृत समाजवादीमा थपिए एक लाख २० हजार नयाँ  सदस्य
राजनीति, समाचार, हाइलाइट-समाचार

एकीकृत समाजवादीमा थपिए एक लाख २० हजार नयाँ सदस्य

नेपालअखबार, काठमाडाैं । नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन्। सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएका पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिए। गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए। साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ। पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म  काठमाडौंमा गर्ने १० औं राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ। महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन्। पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताए।...
प्रचण्ड र ओलीले सहमति पालना गरेनन् : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

प्रचण्ड र ओलीले सहमति पालना गरेनन् : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूसँग गरेको सहमति कार्यान्वयन नगरेको बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उपलब्ध सचिवालय सदस्यहरूसँगको छलफलका क्रममा अध्यक्ष नेपालले सुदूरपश्चिम प्रकरण ओली र प्रचण्डले सहमति पालना नगर्दाको परिणाम भएको ब्रिफिङ गरेका हुन् । त्यसक्रममा अध्यक्ष नेपालले आफ्नो पार्टी अहिलेको समीकरण भत्काउनतर्फ नलाग्ने तर हेपिएर र पेलिएर पनि बस्न नसक्ने निष्कर्ष सुनाएका थिए । ‘प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीले हामीसँग गरेको सम्झौता पालना भएन । केन्द्र र प्रदेश सरकार सञ्चालनमा उहाँहरू एकलौटी ढंगले अघि बढ्न खोजेको देखियो’, अध्यक्ष नेपालको भनाई उद्धृत गर्दै उपमहासचिव समेत रहेका जगन्नाथ खतिवडाले  भने, ...
बाँकेका १६ सीमा स्तम्भ हराए
समाचार, समाज, हाइलाइट-समाचार

बाँकेका १६ सीमा स्तम्भ हराए

नेपालअखबार, बाँके। बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन्। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए। ‘नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् । अन्य केही जीर्ण अवस्थामा छन्,’ सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, ‘हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो।’ नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ। बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन्। कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्नका लागि नेपाल भारत दुवै देशको संयुक्त प्रतिनिध...
आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)
ग्यालरी, धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)

नेपालअखबार। आज इस्लाम धर्मावलम्बीले ईद उल फित्र मनाउँदै (फाेटाेफिचर)
महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार
राजनीति, समाचार, हाइलाइट-समाचार

महाधिवेशनका लागि एकीकृत समाजवादीका चार दस्तावेज तयार

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेजमा देशको पछिल्लो राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ । पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार गरेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक रुपान्तरणलगायत विषय समावेश गरिएको छ । उपाध्यक्ष बेदुराम भुसालले लेखेको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि ...
समाजवादका ठुला कुरा गरेर मात्रै जनताको पीडा कम हुर्दैन  : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

समाजवादका ठुला कुरा गरेर मात्रै जनताको पीडा कम हुर्दैन : अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताबाट अलग भएपनि समाजवाद आउन नसक्ने र समाजवादी पार्टीहरुको पनि बिजोग हुने बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचार नरोक्ने, जनताका कुरा नसुन्ने हो भने समाजवाद आउन नसक्ने बताए । अध्यक्ष नेपालले भने,‘जनताबाट जब हामी अलग हुन्छौँ, अलग भइसकेपछि समाजवादको बेहाल हुन्छ । समाजवादी पार्टीहरूको बिजोग हुन्छ । विभिन्न देशहरूको अनुभवले बताएको छ, धेरै टाढा जानै पर्दैन हाम्रो छिमेकी देश भारतको एउटा प्रान्त पश्चिम बंगाल । हिजो कसैले फर्केर हेर्न सक्दैनथ्यो त्यहाँ जितौँला भनेर । आज त्यहाँ कम्युनिस्ट पार्टी खोज्न टर्च बाल्नुपर्ने अवस्था रहेको छ । यो आत्मसमिक्षा गर्ने कुरा छ ।’ उनले समाजवादका ठुला ठुला कुरा गरेर नहुने बताउँदै जनताको पीडा, बेदनासँग जोडिएका छौँ कि छैनौँ भननेमा ध्यान ...
नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने
राजनीति, समाचार, हाइलाइट-समाचार

नेकपा (एस) को महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित हुनुपर्ने

नेपालअखबार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गतेसम्म यहाँ अयोजना हुने १० औँ राष्ट्रिय महाधिवेशनमा तल्लो तहदेखि निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरेको छ । सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको कमिटी निर्माण गर्न र बढीभन्दा बढी सदस्यता विस्तार गरी पार्टी मातहतका सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराएर नेतृत्वलाई जिम्मेवार बनाउन यस्तो व्यवस्था गरिएको हो । पार्टीका सबै कमिटीमा आबद्ध नेता तथा सम्बन्धित भूगोलमा अधिवेशनबाट निर्वाचित भएर आउनुपर्ने व्यवस्थाले परिपक्व नेतृत्व स्थापित गर्न सहयोग पुग्ने पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीले सदस्य व्यवस्थित र विस्तार, सङ्गठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहितका कार्य गर्दै आएको छ । सम्पर्क कार्यालयलाई व्यवस्थित बना...
४२ वर्षदेखि बदाम बेच्दै आएकी ७२ वर्षीया नमुना उद्यमी शिवमाया
समाचार, समाज, हाइलाइट-समाचार

४२ वर्षदेखि बदाम बेच्दै आएकी ७२ वर्षीया नमुना उद्यमी शिवमाया

नेपालअखबार, भाेजपुर। ७२ वर्षको उमेरमा गाउँघरका हटियामा पुगेकी भोजपुरकी शिवमाया कार्कीको दैनिकीजस्तो बनेको छ। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा उनी हाटबजारमा बदाम बेच्न पुग्ग्छिन्। बदामको व्यापार गरेर महिनामा १५ देखि २० रुपैयाँ हजारसम्म आम्दानी गर्दै आएको उनी बताउँछिन्। पैतालीस वर्षअघिदेखि बदामको व्यापार थालेकी उनी पनि बदाम उत्पादन हुने ठाउँमा उत्तिकै उत्साहका साथ व्यापार गर्न जान्छिन्। ‘आफूले सकेको काम गर्नुपर्छ,’ उनले भनिन्, ‘धेरै वर्षअघिदेखि गरिरहेको काम भएकाले  अहिले पनि त्यसलाई निरन्तरता दिँदा रमाइलो लाग्छ। गाउँगाउँमा पुगेर बदाम खरिद गरी ल्याएर यहाँका हाटमा बेच्छु। बदाम बिक्रीबाट महिनामा१५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ।’ जिल्लाको बदाम उत्पादन हुने अरुण गाउँपालिकाको जरायोटार, सिमटार, पाल्पालेलगायत ठाउँमा पुगेर खरिद गर्ने उनले भनिन्। किसानले उत्पादन गरेको बदाम प्रतिपाथी तीन...
नेकपा एमाले विभिन्न राजनीतिक दल परित्याग गरि सयौं युवा एकीकृत समाजवादीमा प्रवेश
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

नेकपा एमाले विभिन्न राजनीतिक दल परित्याग गरि सयौं युवा एकीकृत समाजवादीमा प्रवेश

नेपालअखबार, मकवानपुर। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी मकवानपुरमा सयजना भन्दा बढी युवा प्रवेश गरेका छन्। विगतमा नेकपा एमाले, माओवादी केन्द्र, केन्द्रजस्ता राजनीतिक दलमा रही आफ्नो भूमिका निर्वाह गरिरहेका युवाहरु गत मंगलबार हेटौंडामा आयोजित एक विशेष समारोहमा पार्टी प्रवेश गरेको एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले जानकारी दिए। विगतमा एमालेको अभियानमा साथ दिँदै आएका मकवानपुर मनहरी ३ का युवा रोशन बलको नेतृत्वमा युवाहरुको ठूलो समूह समाजवादीमा आबद्घ भएको हो। देश र जनताको भविष्य निर्माण अब एकीकृत समाजवादीले मात्रै सम्भव हुने बुझेर आफू नेतृत्वमा संयौंको संख्यामा युवाहरु प्रवेश गरेको बलले बताए। ‘हामी युवा देशका लागि लड्ने शक्ति भएकाले हाम्रा लागि उपयुक्त पार्टी एकीकृत समाजवादी हो भन्ने बुझेरै हामी यो पार्टीमा प्रवेश गरेका छौं।’ बलले भने,‘ हामी युवाहरुको भावना बुझ्...