Friday, July 10

हाइलाइट-समाचार

एमाले नेता गुणराम रूम्बा एकीकृत समाजवादीमा प्रवेश
राजनीति, समाचार, हाइलाइट-समाचार

एमाले नेता गुणराम रूम्बा एकीकृत समाजवादीमा प्रवेश

काठमाडौँ। नेकपा एमाले परित्यागरी गुणराम रूम्बाले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ। शनिबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा रूम्बाले पार्टी प्रवेश गर्नु भएको हो। मकवानपुर-काठमाडौँ सम्पर्क मञ्चका सचिव विष्णु रिजालकाअनुसार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रूम्बालाई स्वागत गर्नु भएको हो। अध्यक्ष नेपालसहित पार्टीका केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बल, पेशागत महासंघका महासचिव मानबहादुर स्याङ्तान, मकवानपर-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष आशिष बललगायतले रूम्बालाई पार्टीमा स्वागत गर्नु भएको थियो। व्यवसायीसमेत रहनु भएका रूम्बा एमाले मकवानपुरका नेता हुनुहुन्छ।...
एमालेलाई एकीकृत समाजवादी बास्ना आउने भएको छ: अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

एमालेलाई एकीकृत समाजवादी बास्ना आउने भएको छ: अध्यक्ष नेपाल

नेपालअखबार, काभ्रेपलान्चोक। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेलाई (एकीकृत समाजवादी) बास्ना आउन थालेको बताउनु भएको छ। शनिबार काभ्रेको बनेपामा १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले एमालेका नेताहरूलाई एकीकृत समाजवादी बास्ना आउने अवस्थामा ल्याइपुर्‍याएको बताउनु भएको छ। माओवादीसहितको नयाँ गठबन्धनमा सहभागी भएको समाजवादीलाई सरकारमा आउन  एमाले अध्यक्ष केपी ओलिले नै आग्रह गरेको बताउदै उहाँले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने उल्लेख गर्दै देशको राजनीतिक अस्थिरता जोगाउन (एकीकृत समाजवादी) ले भूमिका खेलेको धारणा राख्नुभयो। अध्यक्ष नेपालले कुनै बेला केपी ओलिले माधव नेपालसँग बोल्दा मुख कुल्ला गर्नुपर्ने भनाइलाई इंकित गर्दै अरूले हल्ला गरे जस्तो (एकीकृत समाजवादी) र एमालेको एकता सम्भव नहुने प्रष्ट पार्नु भएको छ। ...
आजदेखि  इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान सुरु
धर्म/संस्कृति, समाचार, समाज, हाइलाइट-समाचार

आजदेखि इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान सुरु

नेपालअखबार, काठमाडौं ।  इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार बस्ने गर्दछन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि आहार लिइन्छ । उर्दू पात्रोअनुसार हिजरी सम्बत्को रमजान नवौँ महिना हो । रमजानमै मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यस महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिइन्छ । दान गर्न, गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठूलो विशेषता हो । रमजान व्रत बस्न साँझ मुसलमानहरुले चन्द्रमा हेर्ने प्...
आरजुसहित देउवा पुगे नेपाल निवास
राजनीति, समाचार, हाइलाइट-समाचार

आरजुसहित देउवा पुगे नेपाल निवास

नेपालअखबार, कामाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् । सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग अप्रत्यासित रुपमा प्रतिपक्षी कित्तामा पुगेको कांग्रेस सभापति देउवाले भेट गर्न लागेका हुन् । देउवा केहीबेर अघि मात्रै पत्नी आराजु देउवा र पार्टीका नेता रमेश लेखकसहित कोटेश्वरस्थित नेपालको निवासमा पुगेका हुन् । अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।...
सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक
राजनीति, समाचार, हाइलाइट-समाचार

सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक

नेपालअखबार, काठमाडौँ । सोमबार बिहान ८ बजे सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । गठबन्धनमा आएको खटपटका बिच बस्न लागेको  बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । बैठकमा राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने जनाइएको छ । राष्ट्रियसभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण परिवर्तन हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि बढेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले आन्तरिक छलफल गरिरहेका छन् ।...
बन्द भए उत्तरी इलामका विद्यालय, भारत जान्छन् विद्यार्थी
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

बन्द भए उत्तरी इलामका विद्यालय, भारत जान्छन् विद्यार्थी

नेपालअखबार, इलाम। सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छिन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु,’ उनले भनिन्। विद्यार्थी अभावमा सामुदायिक विद्यालयहरू बन्द भएपछि इलामका भारतीय सीमावर्ती गाउँका बालबालिका भारतीय विद्यालयमा पढ्न जाने गरेका छन्। भारतसँग सीमा जोडिएको उत्तरी इलामका लेकाली गाउँमा विद्यालय नभएका कारण त्यहाँका बालबालिका भारतीय विद्यालयमा पढ्न जानुपर्ने बाध्यता छ। पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा केही वर्षयता विद्यालय नै बन्द भएपछि बालबालिकालाई प्राथमिक तहबाट पढाउन भारतीय क्षेत्रमा अभिभावक गएर बस्नुपर्ने बाध्यता भएको जौबारीका सोनाम शेर्पाले बताए। जौबारीको राष्ट्रिय प्राथमिक विद्यालय बन्द भएको आठ...
कम्प्युटर इन्जिनियरको चियापसल
समाचार, समाज, हाइलाइट-समाचार

कम्प्युटर इन्जिनियरको चियापसल

नेपालअखबार,  जनकपुरधाम।  सूचना प्रविधिको युग। त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा। यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त? सोही विषयमा स्नातकोत्तर अध्ययनको तयारीमा जुटेका, रोजेखोजेको कार्यालयमा सफ्टवेयर बनाइरहेका, बहुचर्चित विधा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटीलगायत काममा नयाँ–नयाँ प्रयोग गर्न अभ्यस्त। त्यसै नभए पनि आफ्नो सीप र कला प्रयोग गरेर जीवनयापन गरिरहेका त पक्कै होलान्! हरेकको मानसपटलमा यस्तै चित्र बन्छन्। तर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१० देवीचोक निवासी कम्प्युटर इन्जिनियर राजेश कर्णको दिनचर्या भने हामीले कल्पना गरेभन्दा भिन्न छ। कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उहाँका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियाप...
स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआर स्क्यानमार्फत चाहेको स्थानमा पुग्न सकिने
प्रविधि, प्रशासन, समाचार, हाइलाइट-समाचार

स्मार्ट बन्दै पोखरा १३, गुगल प्लस र क्युआर स्क्यानमार्फत चाहेको स्थानमा पुग्न सकिने

नेपालअखबार, पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ स्मार्ट बन्दै छ । पोखरालाई स्मार्ट सिटीको अवधारणा दिइरहँदा अब वडाका हरेक ठाउँमा गुगल प्लस र क्युआर स्क्यानमार्फत पुग्न सकिने वडाध्यक्ष किरण बरालले जानकारी गराए । वडाका विविध स्थानका लागि उक्त सेवा उपलब्ध रहेको उनले बताए । ‘वडाका विभिन्न ठाउँमा आउने नागरिकलाई बाटो पत्ता लगाउन सहज होस् र गन्तव्यमा पुग्न मदत पुगोस् भन्दै गुगल प्लस र क्युआर स्क्यानको व्यवस्था गरिएको हो ।’, उनले भने । गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेशन सहजै प्राप्त गर्ने उनले बताए । श्रृङखलाबद्ध वडाको विकासमा आफु सँगै रहेको र वडाबासीका लागि नयाँनयाँ काम गर्ने विषयमा तत्पर रहेको भनाई उनको छ । नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो । नागरिकको सेवामा वडा क्रियाशिल छ । ...
सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन : सांसद जोशी
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

सांसदले बोलेका कुरालाई सरकारले महत्व दिएको देखिँदैन : सांसद जोशी

नेपालअखबार, काठमाडौँ । पछिल्लो समय संसदको विधायिकी भूमिका कमजोर हुँदै गएको भनेर नागरिकस्तरबाट चर्को आलोचना भइरहेको छ । वास्तवमा यो सत्य पनि हो । संसद्मा हामी एक वर्ष पूरा भएर दोस्रो वर्ष लागिसक्यौँ । दोस्रो वर्षको पहिलो चरणसम्म पुग्दा पनि हामीले अपेक्षित काम गर्न सकेका छैनौँ । अघिल्लो सदनमा एउटामात्रै विधेयक पारित भयो । आर्थिक विधेयक र विनियोजन विधेयकबाहेक हेर्ने हो भने अनुचित लेनदेन ९मिटरब्याज० सम्बन्धी विधेयक मात्रै संसद्बाट स्वीकृत भयो । उक्त विधेयकको कार्यान्वयनको अवस्थाबारे पनि प्रश्न छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भन्ने गरिन्छ । यसपाली हिउँदे अधिवेशन ढिला हुन पुग्यो । पुस महिनाबाटै हिउँदे अधिवेशन सुरु भइदिएको भए राम्रो हुन्थ्यो । पुसपछिका तीन महिना संसद् राम्रोसँग चलिदिएको भए धेरै विधेयकमाथि काम गर्न सकिन्थ्यो । माघ २२ गतेदेखि अधिवेशन सुरु गरेर अब हामी कति प्रभावकारी रुप...
दाँङ लमहिमा १ हजार भन्दा धेरै युवा र अन्य पार्टिका कार्यकर्ताहरू नेकपा( एस)मा प्रबेश (फाेटाेफिचर)
राजनीति, समाचार, हाइलाइट-समाचार

दाँङ लमहिमा १ हजार भन्दा धेरै युवा र अन्य पार्टिका कार्यकर्ताहरू नेकपा( एस)मा प्रबेश (फाेटाेफिचर)

नेपालअखबार,दाँङ । नेकपा एकीकृत समाजवादी पार्टिमा  दाँङ लमहिमा १ हजार भन्दा धेरै युवा र अन्य पार्टिका कार्यकर्ताहरू प्रबेश गरेका छन् । दाँङकाे लमहिमा पार्टी प्रवेश तथा विशाल कार्यकर्ता भेलामा  प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम्  पार्टी अध्यक्ष माधव कुमार नेपाल नवप्रबेशि कार्यकताहरूलाई पार्टिमा  स्वागत गर्दै अध्यक्ष नेपाल जनताकाे पार्टी नेकपा एस नै भएकाले सबै जनतालाई पार्टी जाेडिन आग्रह गरेका छन् । त्यस्तै पूर्व मन्त्री एवं दाङ क्षेत्र नं १ का सांसद मेटमणि चौधरीले गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धनको विकल्प नरेको बताएका थिए । ‘गठबन्धन कमजोर पार्न केही शक्तिले निकै बल गरे पनि उनीहरु निरन्तर असफल भइरहेका छन्। उनीहरुको केही उपाय लागिरहेको छैन। वर्तमान गठबन्धनको विकल्प छैन ।’ चौधरीले बताए। भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य टोपेन्द्र केसी, विवेकशील साझाका केन्द्रीय सदस्...