Friday, July 10

हाइलाइट-समाचार

ललिता निवास प्रकरणका जो सुकैले कसुर गरे पनि दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

ललिता निवास प्रकरणका जो सुकैले कसुर गरे पनि दोषीलाई कारबाही हुनुपर्छ : अध्यक्ष नेपाल

नेपालअखबार, पाल्पा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा राखेको पत्रकार भेटमा उनले ललिता निवास प्रकरणका दोषीलाई कारबाही हुनुपर्ने बताएका हुन् । उनले भने, ‘सरकारी जग्गा हिनामिना प्रकरणमा जो सुकैले कसुर गरेको होस्, उसले दण्ड पाउनुपर्छ । कारबाहीको भागिदार हुनुपर्छ ।’ उनले आफ्नो नाम पनि यस प्रकरणमा जोडिएको स्विकार्दै निर्णय गर्नेको नाम आउनु स्वाभाविक भएको बताए । नाम आउनेबित्तिकै आफूले बदमासी गरेको छैन भने आत्तिहाल्नुपर्ने अवस्था नहुने अध्यक्ष नेपालले बताए । ‘जुनसुकै तहका मान्छेले बदमासी गर्न सक्छन्,’ उनले भने, ‘त्यसमा जोडिएको, संलग्न, हिस्सेदार छ वा छैन भन्ने कुरासँग पनि जोडिएको हुन्छ ।’ उनले ‘सि...
सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय
राजनीति, समाचार, हाइलाइट-समाचार

सबै प्रदेशमा औपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

नेपालअखबार, काठमाडौँ  । चार दलको समाजवादी मोर्चाको पहिलो बैठकले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी सहरमा केही दिनभित्रै औपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो । मोर्चाको सन्देश देशभर पुर्‍याउने गरी सबै प्रदेशको राजधानी सहरहरुमा केही दिनभित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । ‘समाजवादी मोर्चाका सन्देशहरु दिनका लागि हामीले सातवटै प्रदेशमा केही दिनभित्रमा मलाई लाग्छ, साउन महिना लाग्छ होला । सातवटै प्रदेशका राजधानीहरुमा कार्यक्रम गर्छौं । त्यो कार्यक्रम कुन–कुन मितिमा गर्छौं भन्ने कुरा आउँदो २७ गते घोषणा हुन्छ । २७ गते दोस्रो बैठक हाम्रो यहीं हुन्छ ।' त्यसैगरी ब...
दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज
समाचार, समाज, हाइलाइट-समाचार

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

नेपालअखबार,म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए। सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो। ‘भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो,’ उनले भने, ‘बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो।’ असार पहिलो साता सुरु गरिएको बेलीब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिए। ‘कल्भर्ट बगाएपछि भुर...
राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ: अध्यक्ष नेपाल
राजनीति, समाचार, हाइलाइट-समाचार

राजनीतिमा मदन भण्डारीको योगदान उच्च छ: अध्यक्ष नेपाल

नेपालअखबार, काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट सिद्धान्तलाई स्वदेशी मौलिकतामा विकास गरी त्यसलाई लोकप्रिय बनाउन जननेता मदन भण्डारीको योगदान उच्च रहेको बताउनु भएका छ। मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा अध्यक्ष नेपालले एक सन्देश जारी गर्दै नेपाली राजनीतिमा जनताको बहुदलीय जनवादको प्रतिपादन र त्यसको प्रयोगबाट सामाजिक न्याय, समानता, विकास र समृद्धिका लागि भण्डारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभएको हो। भण्डारीले विश्व परिवेशमा रक्षात्मक बन्दै गएको कम्युनिष्ट सिद्धान्तलाई गहिरो अध्ययन गरी समयसापेक्ष जनताको चाहनाअनुसार सुदृढीकरण गरी लोकप्रिय बनाएको भनिएको सन्देशमा उनको सरल जीवनशैली, आदर्श, निष्ठा र सङ्घर्ष सबैका लागि अनुकरणीय र प्रेरणादायी नेपालको भनाइ छ। तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज ...
पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ
समाचार, समाज, हाइलाइट-समाचार

पोखरामा ड्रागन ‘बोट’ रेस प्रारम्भ

नेपालअखबार, पोखरा । पर्यटकीय नगरी पोखरामा नेपाल–चाइना फ्रेन्डसीप ड्रागन बोट महोत्सव भव्यताका साथ सुरु भएको छ । नेपालस्थित चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना सुरु भएको महोत्सव एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उद्घाटन गर्नुभयो । प्रतियोगितामा चिनियाँ चार र नेपाली चार टोली सहभागी छन् । यो महोत्सव दक्षिण एशियाकै पहिलो भएको दाबी गरिएको छ । फेवाताल किनारमा आयोजित प्रतियोगितामा सातै प्रदेशबाट र चीनबाट गरी एक सय ६० जनाको सहभागिता छ । प्रतियोगितामा सिचुवान ड्रागन बोट टोली, युवान बोट टोली एसजी ड्रागन बोट टोली सिङ्गापुर,  चाइना–नेपाल फ्रेन्डसीप ड्रागन बोट टोली पोखरा, नारा ड्रागन बोट टोली नेपाल, एनआरिसए बोट टोली नेपाल, फेवा ड्रागन कनेट टोली नेपाल र पोखरा महानगर ड्रागन बोट टोलीले प्रतिस्पर्धा गर्नेछन् । पहिलो दिन...
विद्यालय आउने जानेमा नै बित्छ विद्यार्थीको ६ घण्टा
शिक्षा, समाचार, समाज, हाइलाइट-समाचार

विद्यालय आउने जानेमा नै बित्छ विद्यार्थीको ६ घण्टा

नेपालअखबार, खोटाङ । विद्यालय टाढा हुँदा खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका विद्यार्थी तीन घण्टासम्म हिँड्न बाध्य छन् । अपायक ठाउँमा रहेको स्थानीय कुहुडाँडा माविमा अध्ययनरत छात्र–छात्रा पठन–पाठनका लागि दैनिक एकतर्फी तीन घण्टासम्म हिँड्न बाध्य बनेका हुन् । फेदीको तेरावा, लामीडाँडा, पिपिङ, सुम्देसिरान, चित्रे लगायतका छात्रछात्रा दैनिक तीन घण्टा पैदल हिँड्ने गरेको कुहुडाँडा माबिका प्रधानाध्यापक चन्द्र राईले बताए । तापखोला किनारभन्दा केहीमाथि रहेको विद्यालयका अधिकांश छात्र–छात्रा ओरालो झर्नुपर्ने हुन्छ । बिहान ओरालो झर्न तीन घण्टाको हाराहारीमा समय लागे पनि बेलुका फर्कनेक्रममा उकालो तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । विद्यालय आउने र जानेक्रममै करिब ६ घण्टा समय खर्च भए पछि विद्यार्थीलाई घरमा गृहकार्य र पठन–पाठन गर्ने समय व्यवस्थापन गर्न सकस भइरहेको छ । 'ओरालो भएकाले स्कुल झर्द...
सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि नागरिकता पाउने बाटो खुल्यो
प्रशासन, समाचार, हाइलाइट-समाचार

सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि नागरिकता पाउने बाटो खुल्यो

नेपालअबार, काठमाडाैं। सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै नागरिकता पाउने बाटो खुलेको छ । नागरिकता विधयेक प्रमाणीकरणसम्बन्धी रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।  बिहीबार न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले यसअघि एक न्यायाधीशको इजलासले दिएको अल्पकालीन अन्तरिम आदेशको निरन्तरता नहुने आदेश दिएको हो । यससँगै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको विधेयक कार्यन्वयनमा यसअघि लागेको रोक हटेको छ । अघिल्लो संसदबाट पास भएर प्रमाणीकरणका लागि पठाएको विधेयक पछिल्लो संसद र त्यसबाट निर्वाचति राष्ट्रपतिले प्रमाणीकरण गरेको कारण त्यो कानुनसँग बाझिएको भन्दै सर्वोच्चमा रिट पुगेको थियो । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने तथा डा.सुरेन्द्र भण्डारीले दायर गरेको रिटमा यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ र अ...
चिनियाँ जहाज पोखरा विमानस्थलमा सफल अवतरण
पर्यटन, प्रशासन, समाचार, हाइलाइट-समाचार

चिनियाँ जहाज पोखरा विमानस्थलमा सफल अवतरण

नेपालअखबार, पोखरा । अङ्ग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । जनवरी १, २०२३ देखि सञ्चालनमा विमानस्थलमा चिनिया जहाज ‘सिचुवान एयरलाइन्स’बाट बुधबार पहिलो उडान भएको हो । चीनबाट उडेको एयरलायसन्सले १३० जना यात्रु बोकेर पहिलोपटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सांसदहरू प्रदीप यादव, धवलशम्शेर जबरा, दीपा गुरुङ, उदयबहादुर बोहरा, हरिशंकर चौधरी र जीवन परियार समेत सोही विमानमा पोखरामा झरेका हुन् । जेठ २७ गते अध्यक्ष तिमिल्सिनासहित ७ जना सांसद, अध्यक्षका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र उपसचिव रामहरि थापा साता लामो चीन भ्रमणमा गएका थिए ।  चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थ...
अध्यक्ष नेपालले भने– तर्साउन र घुर्क्याउन मोर्चा बनाएका होइनौँ
राजनीति, विचार, समाचार, हाइलाइट-समाचार

अध्यक्ष नेपालले भने– तर्साउन र घुर्क्याउन मोर्चा बनाएका होइनौँ

नेपालअखबार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको बताएका छन् ।  सोमबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाबाट कोही आत्तिनु नपर्ने बताए । ‘हामीमा कुनै संर्किणता र आग्रह पनि छैन । मैले सुनिरहेको छु–केही केही नेताहरूलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुई वटा कुरा छ । यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न’, अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै भने, ‘कसैलाई तर्साउन र मुकाबिला गर्न पनि मोर्चा बनाएको होइन ।’ केही दिनअघि एमाले अध्यक्षले मोर्चा घुर्क्याउन र तर्साउन बनाएको भनेर टिप्पणी गरेका थिए । उनले सबै सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको भन्दै मोर्चाले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भए...
मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण
समाचार, समाज, स्वास्थ्य, हाइलाइट-समाचार

मर्मतको पन्ध्र दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

नेपालअखबार, तनहुँ । तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको पन्ध्र दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको पाँच उपकरण पुनः बिग्रिएको हो । यसअगाडि वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए । उनले भने, ‘बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो । अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छ ।’ पाँच  मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए । उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ । स्वास्थ्य मन्त्रालयले दमौली अस्पताल...