सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गए भन्ने बुझ्नुस् : प्रमुख आचार्य
नेपालअखबार, पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अव सकिँदै गएको बताउनुभएको छ । पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खालि रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उहाँले सडक पार्किङका लागि अव टेन्डर नगर्ने र सडकमा पार्किङ गर्ने परम्पराको अन्त्य गरिने बताउनु भएको हो ।
‘‘अहिले हामीले सडकमा भइरहेको पार्किङको कुनै शुल्क उठाएका छैनौँ, सडकमा अव हामीले टेन्डर गर्दैनौँ, यसको अर्थ के हो भने अव सडकमा सवारी साधन राख्ने दिनहरू बिस्तारै सकिए भन्ने बुझ्न पर्छ, प्रमुख आचार्यले भन्नुभयो, त्यस कारण अहिले महानगरले घोषणा गरेको क्षेत्रमा पार्किङ व्यवस्थापनका लागि प्राविधिक तयारी नपुगेकाले मात्रै खुकुलो हुनु परेको हो ।” तर, बिम्बका हिसाबले पार्किङ व्यवस्थापनको अभियान सुरु गरिएको उहाँले बताउनुभयो ।
पोखरा महानगर क्षेत्रमा बनेका भवनहरूको ...










