सिंहदरबारमा प्राइभेट कम्पनिका खानेपानी खाने दिन चाडै अन्त्य हुने : मन्त्री खानं
नेपालअखबार, बांके। खानेपानी मन्त्री अब्दुल खानंलाई नेपालगन्जमा मुस्लिम समूदाय साथै मदिना नूरी मस्जिद परिवारले स्वागत गरेका छन् । मन्त्री खानले भने छिट्टै जनताले अनुभूति गर्न सक्ने गरि याेजना बनाएर काम परिणाम दिने गरि काम गर्ने बताए । सिंहदबारमा खानेपानीकाे नाममा ठूलाे धनराशी खर्च हुने गरेका छ । अब मेराे पहिलाे प्राथमिकता साे रकम खर्च कटाैटी गर्दै सरकाले उत्पादन गरेकाे पानी नै सिंहदरबारमा उपयाेग गर्न लगाउने छु । खानेपानीमा हुने गरेकाे खर्च अब जनताका घरदैलाे विकासमा खर्च हुने समय छिट्टै आउने मन्त्री खानले बताए ।
जनताले तिरेकाे करले सिंहदरबारमा प्राइभेट कम्पनिका खानेपानी खाने दिन चाडै नै अन्त्य हुने बताएका छन् । सिंहदरबारमा धाराबाट नै खानेपानी खाने व्यवस्था पनि गर्ने बताएका छन् । नेपाल सरकारले दिएकाे जिम्मेवारी पूरा गर्ने बताउदै जनताले गरेकाे विश्वस खेर जान नदिने बताए । जनताकाे...










