नेपालको सुन्दरता, विशिष्टता र मौलीकता
पुरुषोत्तम पौडेल, हेटौडा। नेपाल संसारमा सवभन्दा सुन्दर देश हो । मलाई यस्तो लाग्छ । यस्तो मलाई मात्र लागेको होईन । धेरै नेपालीहरूलाई यस्तै लागी रहेको छ । आफ्नो देश भएर मात्र नेपाल सुन्दर लागेको पनि होईन । संसार घुमेर हेर्दा समेत त्यस्तै अनुभव हुन्छ । वाकी संसार घुमेर आऊने साथीहरूले पनि त्यही महशुस गर्नु भएको छ । साचो अर्थमा नेपाल प्रकृतिले गरेको अनुपम रचना हो । मैले पनि अनुपम प्राकृतिक सुन्दरताले भरिएको देश नेपालमा जन्मने अवसर पाए । कञ्चनपुरको छेऊ देखी कञ्चनजङ्गा सम्म आरामले घुम्ने अवसर पाए । धन्य यो प्रकृतिलाई । धन्य छ विधीको विधानलाई ।
सुन्दर देश नेपालको एउटा साधारण गाऊले किसानको घरमा जन्मिएर मैले देश भरीको सुन्दरता हेर्न पाए । त्यती मात्र होईन संसारका केही चुनिएका सुन्दर देशहरू घुम्ने अवसर पनि पाए । अली किशोर अवस्थामा दैनिक किनमेल गर्न र वोर्डर संग जोडिएका गाउ तिर घुम्न जादा ईण्डिया जानु...
