राजु मास्टर र बल्छी धुर्बे लगायतलाई एक वर्ष कैदको मागदावी गर्दै मुद्दा दर्ता
नेपालअखबार, काठमाडौँ । हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको मागदावी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले आइतबार अदालतमा मुद्दा दर्ता गरेको हो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिधवक्ता अच्युतमणि नेउपानेका अनुसार आइतबार नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकिएको छ । कलाकारहरु राजु मास्टर भन्ने राजु पौडेल, बल्छी धुर्बे भन्ने मरिचमान श्रेष्ठ, म्याकुरी भन्ने रोशन खतिवडा, बेगम नेपाली, अलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को उपदफा (१) बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी लिइएको छ ।
उनीहरुले निषेध गरिएको विषयमा विज्ञापन गरेको र जुवा वा सट्टेबाजीलाई प्रो...










