Saturday, August 8

प्रशासन

स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार
प्रशासन, समाचार

स्थायी कर्मचारी दरबन्दी १५ दिनभित्र पठाउन पत्राचार

नेपालअखबार, काठमाडाैं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयलाई पत्राचार गरेको छ। मन्त्रालयका उपसचिव कमानसिंह थापामगरद्वारा हस्ताक्षर गरिएको उक्त पत्रमा राजपत्रांकित र रापअनंकित छुट्टाछुट्टै स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरिएको हो। सचिवस्तरीय निर्णयबाट मन्त्रालयले सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई पत्राचार गरेको हो। मन्त्रालयद्वारा गरिएको पत्राचारमा भनिएको छ, ‘मन्त्रालय, आयोग, सचिवालय र अन्तर्गतका कार्यालयमा कार्यरत सम्पूर्ण स्थायी कर्मचारीको प्रमाणित विवरण १५ दिनभित्र मन्त्रालयको संघीय मामिला तथा प्रादेशिक कर्मचारी प्रशासन शाखामा उपलब्ध गराइदिनुहुन मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार अनुरोध छ।’ कर्मचारीहरूको विवरण पठाउनका लागि ढाँचा समेत मन्त्रालयले पत्रसँग...
ढोरपाटनका बेपत्ता मेयरविरूद्ध सात सय ६८ उजुरी
प्रशासन, समाचार, समाज

ढोरपाटनका बेपत्ता मेयरविरूद्ध सात सय ६८ उजुरी

नेपालअखबार, बागलुङ। केही दिनयता जिल्ला प्रहरी कार्यालय बागलुङको परिसरमा भीडभाड छ। कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक मदन केसी लगायतका प्रहरी अधिकृत इमेज सहकारी पीडितका गुनासो सुन्नमै व्यस्त छन्। पीडितले दिएका निवेदन लिने र दर्ता गर्ने उनीहरूको दैनिकी बनेको छ। बागलुङमा कार्यालय सञ्चालन गरेका इमेज बचत तथा ऋण सहकारी संस्था र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीविरूद्ध हालसम्म सात सय ६८ वटा उजुरी परेका छन्। ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन्। इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो। हालसम्म उ...
नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु
प्रविधि, प्रशासन, समाचार

नेपाल एयरलाइन्सको क्वालालम्पुर–भैरहवा उडान सुरु

नेपालअखबार, भैरहवा । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो पटक उडान गरेको छ । विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि आज मंगलबारबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो । मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गरे । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको एयरबसले कोललाम्पुरबाट उडेर भैरहवा हुँदै काठमाडौँ जाने छ । नेपाल एयरलाइन्सको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमानले मलेसियाबाट भैरहवाको पहिलो उडान भरेको हो । नेपाल एयरलाइन्सको मलेसिया– भैरहवा–काठमाडौँको उडान ‘टर्न–अराउड’ हो, हरेक मंगलबार हुने यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किने, भैरहवाबाट यात्रु राख्न नपाइने, चालक दलका सदस्यहरू पनि हेरफे...
मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान
प्रशासन, शिक्षा, समाचार

मर्ज हुन इच्छुक त्रिविका सम्बन्धन प्राप्त क्याम्पसका लागि निवेदन आह्वान

नेपालअखबार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकापसमा गाभिन (मर्ज) हुन चाहने सम्बन्धन प्राप्त क्याम्पसहरुलाई असार मसान्तसम्म निवेदन दिन आह्वान गरेको छ । त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो । मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् । निवेदनको साथमा मर्ज हुन इच्छुक क्याम्पसको बेग्लाबेग्लै निवेदन, मर्ज गर्नुपर्ने औचित्य खुलेको र समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय, सम्बन्धन पत्रहरु, नवीकरण पत्रहरु र अक्षयकोषको रसिदसमेत पेस गर्न त्रिविले भनेको छ । त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् । विश्वविद्यालय ...
काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने
प्रशासन, समाचार, समाज

काठमाडौं उपत्यकाका पहाडमा १९८ पोखरी निर्माण गरिने

नेपालअखबार, काठमाडाैं। काठमाडौं उपत्यकामा बागमती र त्यसका सहायक नदी सफा बनाउनका लागि यहाँका पहाडमा १९८ वटा पोखरी बनाइने भएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वर्षामा पानी हुने र हिउँदमा रिचार्ज भएर छाड्न पनि मिल्ने गरी पोखरी बनाउने योजना ल्याइएको समितिका सूचना अधिकारी कमल अर्यालले बताए। अहिले उपत्यकाका नदीमा वर्षामा बाढी पस्ने र हिउँदमा खोला पूर्णरूपमा सुख्खा हुने समस्या छ। नदी सफा हुनलाई प्रशोधन केन्द्र आवश्यक रहेको उनले बताए। उनले भने, ‘नदी पूर्ण रूपमा सुख्खा हुँदा पानी प्रशोधन हुँदैन। जति पानी बढ्यो पानी प्रशोधित हुँदै जान्छ।’ गुहेश्वरीमाथि धापमा जस्तै विभिन्न स्थानमा पार्क बनाइने समितिको भनाइ छ। पर्यटकीय हिसाबले महत्वपूर्ण हुने तथा हिउँदमा पानी रिचार्ज गरी वर्षामा बाढी नियन्त्रण हुने गरी धाप निर्माणको योजना रहेको उनले जानकारी दिए। बागमती करिडोरम...
विपद व्यवस्थापनको सन्दर्भमा के के गर्नुपर्ने हो, अहिले नै तयारी गरौं- उपप्रधानमन्त्री श्रेष्ठ
प्रशासन, समाचार

विपद व्यवस्थापनको सन्दर्भमा के के गर्नुपर्ने हो, अहिले नै तयारी गरौं- उपप्रधानमन्त्री श्रेष्ठ

नेपालअखबार, काठमाडाैं। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद व्यवस्थापनका सन्दर्भमा गरेको मेहनत व्यवहारमा देखिनुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १८औं बैठकमा बोल्दै उनले त्यसतर्फ गम्भीर हुन मातहतका तथा सरोकारवाला निकायलाई निर्देशन दिए। 'यस्तो गरिएको भए हुन्थ्यो यसो भएन, यहाँ कमजोरी भयो, यस्तो हुनुहुन्थेन भन्ने कुरा नहोस्,' उनले भने, 'के के गर्नुपर्ने हो, अहिले नै तयारी गरौं। ठोस कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।' कार्यकारी समितिका अध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले विगतको कमजोरी नदोहोर्‍याउने गरी काम गर्न पनि आग्रह गरे। उनले प्रतिकार्य योजनालाई सबै निकायबीच छलफल गरेर तयार पारी तत्काल लागू गर्न निर्देशन दिए। पछिल्लो समय तातो हावाको लहर फैलिरहेको सन्दर्भमा उनले कहाँ के गर्नुपर्ने हो, खास योजना तयार पार्न पनि...
सूर्यविनायक–धुलिखेल सडक निर्माणमा पुरातात्विक वस्तु नष्ट नगर्न विभागको परिपत्र
प्रशासन, समाचार

सूर्यविनायक–धुलिखेल सडक निर्माणमा पुरातात्विक वस्तु नष्ट नगर्न विभागको परिपत्र

नेपालअखबार, काठमाडाैं। सूर्यविनायक–धुलिखेल सडक निर्माणमा पुरातात्विक वस्तु नष्ट नगर्न परिपत्र पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य तत्काल रोक्न आइतबार परिपत्र गरिएको विभागका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले जानकारी दिए। उनका अनुसार प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिलालाई संरक्षण गर्नसमेत आग्रह गरिएको छ। यस्तै विभागले राजमार्गअन्तर्गत पर्ने बनेपा नगरप...
अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो
अर्थ, प्रशासन, समाचार

अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको प्रक्रिया अघि बढ्यो

नेपालअखबार, काठमाडौं । सरकारले अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्ने बजेट घोषणाको कार्यान्वयन अघि बढाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणामा गरिएको यस्तो कार्यको सहजीकरणका लागि प्रक्रिया थालिएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । बजेटको घोषणाअनुसार अनलाइनबाटै कम्पनी दर्ता र खारेजीको कार्यान्वयनका लागि कम्पनीहरुको विवरण अध्यावधिक गर्न सूचना जारी गरिएको रजिष्ट्रार महेश बरालले बताए । उनका अनुसार शुक्रबार विभागले दर्ता भइसकेको कम्पनीहरुको विवरण अनलाइन प्रक्रियामार्फत अध्यावधिक गर्न भनेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लागत, सेयर होल्डर सदस्य, उनीहरुको विवरण, कम्पनीको इमेल, सम्पर्क नम्बर लगायतका विवरणहरु पेश गर्न कम्पनी रजिष्ट्रारले भनेको छ । ‘सरकारले बजेटबाट गरेको घोषणा कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेका छौं,’ उनले भने, ‘मागे जसरी कम्पनीहरुले आफ्नो विवरण...
जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य
प्रशासन, समाचार, हाइलाइट-समाचार

जुम्लाको तिलामा विवाह गर्दा वडाको सिफारिस अनिवार्य

नेपालअखबार, जुम्ला । यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन्। जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ। विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अनिवार्य गरिएको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिए। पालिकाका नौवटै वडालाई परिपत्रसमेत गरिएको छ। पछिल्लो समयमा बाल विवाह बढ्दै गएको छ। बाल विवाह रोक्न वडाको सिफारिस अनिवार्य गरिएको उपाध्यक्ष बुढाको भनाइ छ। वडावासीले विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ। बाल विवाह न्यूनीकरण गर्न तिला–६ लाई बाल विवाहमुक्त वडा घोषणासमेत गरिएको छ। देखासेखीले गर्दा हुने बाल विवाहलाई रोक्न वडाको सिफारिसले निकै महत्वपूर्ण भूम...
प्रमाणीकरण भएको नागरिकता विधेयक झिकाउन सर्वोच्चको आदेश
प्रशासन, समाचार

प्रमाणीकरण भएको नागरिकता विधेयक झिकाउन सर्वोच्चको आदेश

नेपालअखबार, काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले विधेयकप्रमाणीकरण  गर्न सरकारले राष्ट्रपतिलाई पठाएको पत्र समेत झिकाउने आदेश गरेको हो। शुक्रबार सीमित समयमा ठूलो संख्यामा रहेका कानून व्यवसायीहरुबीच बहस व्यवस्थापन गर्न कठिन हुने भएपछि इजलासले आगामी मंगलबार पेशी तोक्न आदेश दिएको छ । गत २१ गते न्यायाधीश मनोज शर्माको इजलासले प्रमाणीकरण भएको विधेयक कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिएका थिए।...