Saturday, August 8

प्रशासन

लोक सेवा आयोगको सूचना हेर्नुहोस्
प्रशासन, समाचार

लोक सेवा आयोगको सूचना हेर्नुहोस्

नेपालअखबार, काठमाडौँ । लोक सेवा आयोगले आयोगसँग विभिन्न सूचना प्रकाशित गरेको छ । आयोगले आर्थिक योजना तथा तथ्यांक सेवा, समूह र उपसमूहको तथ्यांक अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस्तै सिभिल इन्जिनियर पदको पनि नतिजा सार्वजनिक भएको आयोगको सूचनामा उल्लेख छ । यसैगरी आयोग मातहतका कार्यालयले पनि विभिन्न सूचना निकालेका छन् ।...
फेवातालको मापदण्ड ६५ मिटर कायम
प्रशासन, समाचार

फेवातालको मापदण्ड ६५ मिटर कायम

नेपालअखबार, काठमाडौं । सर्वोच्च अदालतले फेवाताल परिसरको मापदण्ड ३० मिटर मात्र कायम गर्ने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश गरेको छ। प्रचलित ६५ मिटर क्षेत्रफल घटाएर ३० मिटर मात्र कायम गर्ने नगर कार्यपालिकाको निर्णयलाई सर्वोच्चले सोमबार बदर गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुँयालको संयुक्त इजलासले निर्णय प्रारम्भदेखि नै बदर गरेको छ। विसं २०७८ चैत १६ गतेको कार्यपालिका बैठकले फेवाको मापदण्ड घटाएको थियो। साथै रूपा र बेगनास तालको मापदण्ड ५० र आसपासका खास्टे दिपाङ, मैदी, न्युरेनी, गुदे, कमल ताललगायतमा २०–२० मिटरको मापदण्ड कायम गरिएको थियो। अधिवक्ता खगेन्द्र सुवेदीको रिटउपर सुनुवाइ गर्दै सोमबार अदालतले अन्तिम फैसला गरेको हो। तालको ६५ मिटर क्षेत्रसम्म भौतिक संरचना बनाउन नपाइने मापदण्ड संशोधन गरेर महानगरले ३० मिटर कायम गरेको थियो। सर्वोच्चले यसअघि नै ६५ मिटर...
बाढी पहिरोमा मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय
प्रशासन, समाचार, समाज

बाढी पहिरोमा मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ दिने प्रदेश सरकारको निर्णय

नेपालअखबार, विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिरोमा परी मृत्यु भएकाको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको हो । यस्तै प्रदेश सरकारले नामकरणको विपक्षमा आन्दोलनरत पक्षसँग वार्ता गर्न गठित समितिको प्रशासनिक र व्यवस्थापकीय खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ । यस्तै बाढी पहिरोमा घाइते भएकाको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ उपचार खर्च दिने पनि प्रदेश सरकारले निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी प्रदेशको ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढी र पहिरोका कारण ८ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । बेपत्ता भए...
बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको नवीकरणमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने
अर्थ, प्रशासन, समाचार

बागमती प्रदेशले २० वर्ष पुराना सवारी साधनको नवीकरणमा लाग्ने जरिवानामा ९० प्रतिशत छुट दिने

नेपालअखबार, काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालित यातायात कार्यालयहरुमा दर्ता भई २० वर्ष पुराना भएका सवारी साधनको नवीकरण जरिवाना छुट दिने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै प्रदेश अर्थमन्त्री बहादुरसिंह लामाले  २० वर्ष पुरा भएका र सञ्चालनमा आउन नसकेका सवारी साधन २०८० फागुन मसान्तसम्म नवीकरण गरे सोमा लाग्ने जरिवानामा ९० प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् ।...
त्रिभुवन विमानस्थल भित्र विद्युतीय सटल बस, माइक्रोबस विस्थापित
प्रशासन, समाचार

त्रिभुवन विमानस्थल भित्र विद्युतीय सटल बस, माइक्रोबस विस्थापित

ने पालअखबार, काठमाडौं । त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनलसम्म विद्युतीय सटल बस सञ्चालनमा आएको छ । यसअघि गोल्डेन गेटबाट टर्मिनलसम्म माइक्रोबस चलिरहेको थियो । सो गाडी हटाएर शुक्रबारदेखि विद्युतीय सटल बस सञ्चालनमा ल्याइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । उनका अनुसार यो सेवा निःशुल्क उपलब्ध हुनेछ । आन्तरिक उडानका जहाजबाट झरेका यात्रु गोल्डेन गेटसम्म आउन तथा अन्तर्राष्ट्रिय उडानबाट आएर आन्तरिक उडानका जहाज चढ्न जाने यात्रुलाई समेत यो सेवाले लाभान्वित गराउने छ ।सार्वजनिक सवारी साधन चढेर आउने हवाई यात्रुले पनि यही बस चढेर आन्तरिक टर्मिनलसम्म पुग्न सक्नेछन् । अहिले दुई वटा सटल बस सञ्चालनमा ल्याइएको छ ।...
आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा
प्रशासन, शिक्षा, समाचार

आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा

नेपालअखबार, काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आइतबारदेखि अनिश्चितकालिन सामुदायिक विद्यालय बन्दको घोषणा गरेको छ । परिषद्ले आफूहरुको माग सम्बोधनका लागि दवाव दिने उद्देश्यका साथ बन्दसहितको आन्दोलनको घोषणा गरेको हो ।  परिषद्का महासचिव शान्तिनाथ योगीले शुक्रबार ७७ वटै जिल्ला कार्यसमिति र ७५३ स्थानीय पालिका कार्यसमितिलाई पठाएको सर्कुलरमा बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिइएको छ । परिषद्ले सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको विभिन्न सेवा सुविधा सहित पेशागत स्थायित्वको माग  राख्दै आएको छ । यसैक्रममा नेपाल सरकारको आर्थिक वर्ष २०८०–०८१ को नीति तथा कार्यक्रमको बुदाँ नम्बर १२७ मा सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुको सेवा सुविधाका विषयहरु सम्बोधन गरिने उल्लेख गरिएको थियो । तर  बजेटमा उक्त विषय छुटाइएको भन्दै परिषद् आन्दोलनमा छ । गत जेठ १७...
गृह मन्त्रालयले केही सीडीओहरूको सरुवा
प्रशासन, समाचार

गृह मन्त्रालयले केही सीडीओहरूको सरुवा

नेपालअखबार,  काठमाडौं ।  गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । अवधि पुगेका र सुगम तथा दुर्गम मिलाएर प्रमुख जिल्ला अधिकारीहरूको सरुवा र पदस्थापन गरिएको हो । गृहमा अतिरिक्त रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । त्यस्तै गृहको अतिरिक्त समूहमा रहेका शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ । त्यस्तै कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । उनको अवधि पनि पुगेको र सुगम तथा दुर्गम हेरेर डोटीको सीडीओ बनाइएको गृहमन्त्रालय श्रोतले बतायो । मकवानपुरका सीडीओ रहेका राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ । खतिवडा लाइ सुगम तथा दुर्गम हेरेर सरुवा गरिएको हो । त्यस्तै डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपरासीपूर्वको प्रमुख जिल्ला अ...
बसपार्क बाहिरका टिकट काउण्टर हटाइए
प्रशासन, समाचार

बसपार्क बाहिरका टिकट काउण्टर हटाइए

नेपालअखबार,काठमाडौँ । काठमाडौँभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जीप तथा माइक्रोबस आजदेखि नयाँ बसपार्कबाट सञ्चालन भएका छन् । काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै आजदेखि जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका हुन् । काठमाडौँभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका माइक्रोबस पनि आजदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । महानगरले आज बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको छ । कामपाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले गोङ्गबु, कलङ्की ...
उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन
प्रशासन, समाचार

उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन

नेपालअखबार, काठमाडौँ । उखु किसानका समस्या समाधान गर्न कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवार बसेको बैठकले पाँच सदस्यीय चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन गरेको हो । समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताए । उनले उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल, गणेश पराजुली, रामशंकर यादव र सूर्यमान दोङ तामाङ रहेको बताए । उनले समितिलाई अध्ययन प्रतिवेदनको लागि एक महिनाको समय दिइएको बताए । उनले समितिले उद्योगी व्यवसायीहरु सहितको छलफल गरेर अध्ययन प्रतिवेदन समिति बैठकमा पेस गर्ने कार्यदेश दिएको पन...
यूएईसँगको श्रम समझदारी नवीकरण गर्ने सहमति
प्रशासन, समाचार

यूएईसँगको श्रम समझदारी नवीकरण गर्ने सहमति

नेपालअखबार, काठमाडौं । नेपाल सरकार र संयुक्त अरब इमिरेट्स (यूएई)बीच द्विपक्षीय श्रम समझदारी ४ वर्षका लागि नवीकरण गर्ने सहमति भएको छ । १४ जुन २०१९ मा भएको द्विपक्षीय श्रम समझदारी बमोजिमको बुधबार काठमाडौंमा बसेको संयुक्त कार्य समितिको तेस्रो बैठकमा यस्तो सहमति भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा भएको बैठकमा नेपालले दोस्रो बैठकमा भएका समझदारीको कार्यान्वयन तथा प्रगति अवस्थाको समीक्षा भएको छ । बैठकमा नेपालको तर्फबाट समितिमा भाग लिने कार्यदलको नतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गरेका थिए । नेपालले द्विपक्षीय समझदारीको पुनरवलोकन हुनुपर्ने, नेपाली श्रमिकहरूलाई यूएईमा न्यूनतम तलवको सुनिश्चितता गर्नुपर्ने, मृत्यु हुने नेपाली श्रमिकहरूको शव सहज रूपमा नेपाल ल्याउने व्यवस्था गर्नुपर्ने, जेल तथा कैदमा रहेका नेपाली श्रमिकहरूको विवरण तथा अलेखबद्ध रूपमा यूएईमा रहेका...