श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने
नेपालअखबार, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पृष्ठ लामो प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो ।
अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा श्रमिक अस्पतालको आवश्यकता, स्थापनाका उद्देश्य, औचित्य, नेपालमा अस्पताल निर्माणमा भएका प्रयास, कार्यदेश, स्रोत व्यवस्थापन, सम्भाव्यता र चुनौतीहरु उल्लेख गरेको छ ।
कार्यदलले अस्पताल निमार्णका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको थियो । नेपालमा श्रमिक अस्पतालको आवश्यकता महसुस गरी सोही आधारमा कार्यदलले अस्पताल निमार्णका लागि १३ वटा सुझावहरु दिएको छ ।
कार्यदलका अनुसार अस्पताल निमार्णका ला...










