Sunday, October 25

प्रशासन

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन  गरिने
प्रशासन, समाचार

बन्दीलाई कारागारभित्रै अस्पतालको व्यवस्थापन गरिने

नेपालअखबार, काठमाडाैं । कारागारभित्रका बन्दीको उपचारका लागि छुट्टै अस्पताल वा स्वास्थ्यचौकीको  व्यवस्थापन गरिने भएको छ । कारागारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा कारागारमा बन्दीजीवन विताइरहेकालाई उपचार गर्न भित्रै छुट्टै अस्पताल वा स्वास्थ्य चौकी स्थापना गर्न भनिएको हो । विधेयकमा पाँच सय बढी बन्दी रहने प्रत्येक कारागारमा तोकिए बमोजिम शय्या रहेको एउटा अस्पताल र सोभन्दा कम बन्दी रहने कारागारमा एउटा स्वास्थ्यचौकीको व्यवस्था गर्नुपर्ने उल्लेख छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले विधेयकमाथि संशोधन गर्दै कारागारभित्रका सबै बन्दीलाई चिकित्सकद्वारा कम्तीमा दुई महिनामा एक–पटक नियमित र आवश्यकता अनुसार निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था गर्नुपर्ने छ । यस्तै बन्दीले नियमितरुपमा सेवन गर्ने औषधि कारागार कार्यालयले उपलब्ध गराउनुपर्ने, कारागार प्रशासकले बन्द...
मोरङमा २७ हजार नयाँ मतदाता थपिए
प्रशासन, समाचार, समाज

मोरङमा २७ हजार नयाँ मतदाता थपिए

नेपालअखबार, काठमाडौं । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् । गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष तीन लाख ६३ हजार चार सय ४८, महिला तीन लाख ५१ हजार सात सय ६९ र छ अन्य गरी सात लाख १५ हजार दुई सय २३ मतदाता थिए । कार्यालयका प्रमुख लवनकस्यप अधिकारीले मोरङमा पाँच मतदानस्थल थप र सात मतदान स्थल सार्न केन्द्रमा पत्राचार गरिएको जानकारी दिए । गत स्थानीय निर्वाचनमा जिल्लाको १७ पालिकामा सम्पन्न निर्वाचनमा तीन सय मतदानस्थलमा आठ सय २० केन्द्र थियो । स्थानीय पालिका निर्वाचनमा उम्मेदवार भएकामध्ये मोरङमा चार सय ६२ ले निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अ...
आज  दल दर्ता गर्ने अन्तिम दिन
प्रशासन, समाचार

आज दल दर्ता गर्ने अन्तिम दिन

नेपालअखबार, काठमाडाैं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले साउन २२ देखि साउन ३१ गतेसम्म दल दर्ता गराउन आह्वान गरेको थियो। प्रत्यक्षतर्फ र समानुपातिक तर्फ निर्वाचनमा भाग लिन दल दर्ता गराउनुपर्छ। यो अवधिमा दल दर्ता नगर्नेले दलबाट चुनावमा भाग लिन पाउँदैनन्। नेपाली कांग्रेसले आज दल दर्ता गर्दैछ। मुख्यसचिव कृष्णप्रसाद पौडेललाई केन्द्रीय कार्यम्पादन समितिको गत शनिबारको बैठकले दल दर्ता गराउने जिम्मेवारी दिएको थियो। अहिलेसम्म आयोगमा ६२ दल दर्ता भएको छ। नेकपा एमालेले दल दर्ता गरिसकेको छ। नेकपा माओवादी केन्द्रले पनि दल दर्ता गरिसकेको छ।...
भारतीय सेना प्रमुखलाई भ्रमणको औपचारिक निमन्त्रणा पठाउने मन्त्रिपरिषद्को निर्णय
प्रशासन, समाचार

भारतीय सेना प्रमुखलाई भ्रमणको औपचारिक निमन्त्रणा पठाउने मन्त्रिपरिषद्को निर्णय

नेपालअखबार, काठमाडौं । सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ । नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको हो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय भएको जानकारी दिएका हुन् । नेपाली सेना र भारतीय सेनाबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक आपसमा मानार्थ महारथी दिने प्रचलन छ । सोही परम्पराअनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ कात्तिक २०७८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिएका थिए । नेपाली सेनाका प्रधानसेनापति शर्माले २० देखि ...
भोजपुरमा कोरोना संक्रमण बढेपछि विद्यालय बन्द
प्रशासन, समाचार, स्वास्थ्य

भोजपुरमा कोरोना संक्रमण बढेपछि विद्यालय बन्द

नेपालअखबार, भोजपुर । कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य कार्यालय भोजपुरका अनुसार यस गापमा सबैभन्दा बढी सङ्क्रण देखिएको छ। यहाँ एकै दिन ५५ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ। मङ्गलवारसम्म जिल्लामा ५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ। सङ्क्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ। रासस...
ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई रु १० हजार भत्ता
प्रशासन, समाचार

ललितपुर महानगरका ज्येष्ठ नागरिकलाई रु १० हजार भत्ता

नेपालअखबार, काठमाडाैं । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडा दशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए । उनले भने, “यो रकम पाएसँगै समाजका जिउँदो इतिहास बूढापाकाको मन ज्यादै हर्षित हुनेछ । उहाँहरूलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस् भनी यस कामलाई अघि बढाउन लागेका हौं ।” महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई रु पाँच हजार दिने गरेकामा यस वर्ष रु पाँच हजार थप गरी रु १० हजार दिने भएको महर्जनले जानकारी गराए । लपु महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ । यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिक...
अक्सिजन सिलिन्डर फिर्ता गर्न मन्त्रालयको आग्रह
प्रशासन, समाचार, स्वास्थ्य

अक्सिजन सिलिन्डर फिर्ता गर्न मन्त्रालयको आग्रह

नेपपालअखबार ,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । अक्सिजन आपूर्ति व्यवस्था सहज भएपनि सम्बन्धित उद्योगहरुमा भर्न फिर्ता नपुग्ने समस्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । एउटा उद्योगका अक्सिजन सिलिन्डरहरु अन्यत्र जाने क्रम पनि अत्याधिक बढिरहेको र यसले आगामी दिनमा समस्या निम्त्याउन सक्ने मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीद्वारा जारी गरिएको सूचनामा भनिएको छ । अक्सिजन सिलिन्डरहरु देशका दुरदराजमा वा व्यक्तिका घरहरुमा थन्किएर रहेमा अस्पतालहरुमा सघन उपचररत संक्रमितहरुलाई अप्ठ्यारो हुन जाने भएकाले सबैजना संवेदनशील बनिदिन मन्त्रालयले सूचनामार्फत् अनुरोध गरेको हो । यस्तै, स्वास्थ्य मन्त्रालयले अक्सिजन जस्तो औषधीय विषयमा प्राविधिक ज्ञान र विवेकभन्दा बाहिर गएर निर्णय गर्ने र गराउने कार्यलाई बन्दा गर्न तथा अस्पतालको आपूर्...
वन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रशासन, समाचार

वन अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालअखबार, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरत बहादुर बुढथापासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरुले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय मुगुका सव–इन्जिनियर हिमाल कुमार मल्ल, सव–इन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् । अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो दाबी गरिएको छ ।  ...
असोज २३ मा उम्मेदवारी दर्ता  निर्वाचन आयोगकाे कार्यतालिका
प्रशासन, समाचार

असोज २३ मा उम्मेदवारी दर्ता निर्वाचन आयोगकाे कार्यतालिका

नेपालअखबार, काठमाडाैं । निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गरेको छ। सोमबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो। जसअनुसार असोज २३ मा प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताको समय दिइएको छ। असोज ११ मै निर्वाचन अधिकृतहरू नियुक्त गरिने र असोज २१ भित्र निर्वाचन अधिकृत कार्यालय खोल्ने कार्यतालिका छ। कात्तिक २७ मा मतपत्र ढुवानी गरिने र मंसिर ४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म निर्वाचन हुने आयोगको कार्यतालिका छ। समानुपातिकतर्फ भने साउन ३० मा कार्यालय स्थापना हुनेछ। असोज २ र ३ गते दलहरूले उम्मेदवारको बन्द सूची पेश गर्नुपर्ने हुन्छ। निर्वाचन कार्यतालिका स्वीकृत भएको र यसै कार्यतालिकाअनुसार आयोगले काम सुरू गर्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। आयोगले यो कार्यतालिका सार्वजनिक भने न...
तनहुँका ६ स्थानीय तहमा आज बिदा
प्रशासन, समाचार

तनहुँका ६ स्थानीय तहमा आज बिदा

नेपालअखबार, तनहुँ । विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन्। साउन २४ गते मङ्गलबार मनाइने सो दिवसका लागि शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन्। ती पालिकाले सोमबार अलग-अलग विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन्। विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले मंगलबार जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको अध्यक्ष बसुन्धरा घर्तीको भनाइ छ। रासस...