Thursday, October 22

प्रशासन

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह
प्रशासन, शिक्षा, समाचार, हाइलाइट-समाचार

वैकल्पिक प्रणालीको सिकाइलाई अनिवार्य गर्न शिक्षामन्त्रीको आग्रह

नेपाल अखबार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका कारण शिक्षालय खोल्ने स्थिति नभएकाले वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिकसत्रका रुपमा मान्यता दिई यस प्रक्रियामा अनिवार्य सहभागिताका लागि शिक्षक, अभिभावक र विद्यार्थीमा आह्वान गरेका छन् । मन्त्री पोखरेलले आज भर्चुअलरुपमा आयोजित पत्रकार सम्मेलनमा बाध्यात्मक स्थितिमा घर नै शिक्षालय भन्ने मान्यताका साथ सबैका लागि वैकल्पिक प्रणालीबाट न्यूनतम् सिकाइको सुनिश्चितताका लागि अभियान सञ्चालन गरिने जानकारी दिए । घरमै बसेर इन्टरनेट, रेडियो, टेलिभिजन, शिक्षकसँग टेलिफोन सम्पर्कका माध्यमबाट र सूचना तथा प्रविधिको पहुँच नभएका शिक्षकले भौतिक दूरी कायम गरी सिकाइ प्रक्रियामा अमूल्य योगदान दिनुपर्ने बताए । उनले आजको मन्त्रिपरिषद्को बैठकमा यसबारे छलफल भएको तथा सूचना र सञ्चारको पहुँच भएका र नभएका विद्यार्थीको सिकाइ निर...
विश्व बैंकले दियो नेपाललाई १ अर्ब २७ करोड अनुदान
अर्थ, प्रशासन, समाचार

विश्व बैंकले दियो नेपाललाई १ अर्ब २७ करोड अनुदान

नेपाल अखबार, काठमाडौं । विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ । जीपीई कोभिड १९ द्रुत कोषबाट प्राप्त भएको यो...
पोखराका वडा नं १०,१२ र १३ आज रातिदेखी एकसाता शिल
प्रशासन, समाचार, समाज

पोखराका वडा नं १०,१२ र १३ आज रातिदेखी एकसाता शिल

नेपाल अखबार, पाेखरा। कोरोना संक्रमण बढेपछि पोखराका वडा नं १०,१२ र १३ का   क्षेत्र आज रातिदेखी आगामी भदौ २६ गते राति १२ बजेसम्मका लागि शिल गरिने  छ । पोखरा वडा नं १०,१२ र १३ का वडाध्यक्षहरुले आज संयुक्त सूचना जारी गरी स्थिति नियन्त्रण भन्दा बाहिर जान नदिन र कोरोना नियन्त्रणमा सहजता ल्याउनका लागि शिल गर्ने निर्णय गरिएको जनाएकाे छ। वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङ, १२ का वडाध्यक्ष रामबहादुर कार्की तथा वडा नं१३ का वडाध्यक्ष लेखबहादुर तामाङले स्वास्थ्य सेवा बाहेका अन्य सेवाहरु सञ्चालनमा रोक लगाइएको जनाएका छन् । खाद्यान्न पसल भने विहान ११ बजेदेखी २ बजेसम्म सञ्चालन हुनेछन् ।...
चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा
प्रशासन, समाचार

चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा

नेपाल अखबार, चितवन । चितवनमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भदौ ३१ गतेसम्मलाई निरन्तरता दिएको छ । अब निषेधाज्ञामा विहान १० देखि अपरान्ह ४ बजेसम्म किराना पसल, निर्माण सामग्रीका पसल, फेन्सी र कपडा पसल सञ्चालन गर्न पाइनेछ । औषधि, पानी, ग्यास, दूध, तरकारी, खाद्यान्न पसल, पेट्रोल पम्प आदि जुनसुकै समयमा निर्वाध रुपमा सञ्चालन गर्न पाइनेछ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर भिडभाड नहुने गरी कार्यालय पनि सञ्चालन गर्न पाइनेछ । बैंक, वित्तीय संस्था र सहकारीका कार्यालय पनि ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सञ्चालन गर्न पाइनेछ । यसबाहेक अन्य पसल व्यवसाय भने बन्द हुनेछ । कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दूरीका मालसामान ढुवानी गर्ने साधन पनि चल्न पाउनेछन् । यसअघि चितवन जिल्लामा लगाइएको निषेधाज्ञा शुक्रबार राति सकिँदै थियो ...
नेपाल र भारतीय प्रहरीको सहयोगमा दश महिनादेखि बन्धक ३ नेपाली चेलीको उद्धार
प्रशासन, समाचार, समाज

नेपाल र भारतीय प्रहरीको सहयोगमा दश महिनादेखि बन्धक ३ नेपाली चेलीको उद्धार

नेपाल अखबार, परासी । नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट दश महिनादेखि बन्धक तीन नेपाली चेलीको उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो । नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो । चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले राससलाई जानकारी दिए । जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई ज...
ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू
प्रशासन, समाचार, हाइलाइट-समाचार

ललितपुरमा आज बिहान ४ बजेदेखि कर्फ्यू

नेपाल अखबार, काठमाडौं ।  आज बिहान ४ बजेदेखि ललितपुर जिल्लामा कर्फ्यु जारी भएको छ । ललितपुर पुल्चोकमा कोरोनाको महामारीका बीच निषेधाज्ञा उलंघन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि  प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको हो । ललितपुरमा सहायक प्रजिअ ललितकुमार बस्नेत शुक्रबार एक दिन बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यूको आदेश जारी भएको जानकारी दिए । उनका अनुसार ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरषाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ । आज पनि सम्भावित...
रौतहटका एसपीलाई जिम्मेवारीबाट हटाइयो
प्रशासन, समाचार

रौतहटका एसपीलाई जिम्मेवारीबाट हटाइयो

नेपाल अखबार, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्कालाई जिम्मेवारीबाट हटाइएको छ । गरुडाका दलित युवा विजयराम चमार मृत्यु प्रकरणमा उनको कमजोरी देखिएकाले जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत सिद्धिविक्रम शाहलाई पठाइएको छ । सो प्रकरणमा यसअघि नै ३ जना प्रहरी निलम्बनमा परिसकेका छन् । विजयरामलाई चरम यातना दिएको विषयमा अनुसन्धानका लागि इन्स्पेक्टर नविनकुमार सिंहसहित ३ प्रहरी निलम्बनमा परेका हुन् । गरुडा नपा–८ बसविट्टी जिंगडिया वस्ने वर्ष २० का निरन्जन रामको हत्याका आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले विजयरामलाई पक्राउ गरेको थियो । हिरासतमा नै बिरामी परेका उनको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरीको यातनाका कारण उनको मृत्यु भएको परिवारको आरोप छ । साेत राताेपाटि...
कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता
प्रदेश ४, प्रशासन, समाचार, स्वास्थ्य

कोरोनाको जोखिम बढेपछि कारागारमा उच्च सतर्कता

नेपाल अखबार, तनहुँ । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै जिल्ला कारागार तनहुँमा उच्च सतर्कता अपनाइएको छ । दिनदिनै कारागारमा कैदीबन्दी थपिनेक्रम बढेसँगै कारागार प्रशासनले उच्च सतर्कता अपनाएको हो । विभिन्न मुद्दामा फरार रहेर पक्राउ परेका प्रतिवादीलाई जिल्ला कारागार तनहुँमा छुट्टै कोठाको व्यवस्था गरिएको छ । कोरोनाको जोखिम बढेपछि कारागार प्रशासनले त्यस्ता व्यक्तिलाई राख्नका लागि कारागारको नयाँ भवनमा दुई वटा कोठा तयार गरेको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले पक्राउ परेका त्यस्ता व्यक्तिलाई अदालतमा पेश गरेपछि कारागार चलान गर्ने गरिएकाले जोखिम बढेको हुँदा छुट्टै कोठामा राख्न थालिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय तनहुँले पछिल्लो समयमा फरार प्रतिवादी पक्राउ गर्ने अभियान नै चलाएको छ । “पछिल्लो अवधिमा मात्रै ४०–४५ जना फरार प्रतिवादी कारागारमा आएका छन्”, कारागार प्रमुख अधिकारीले भ...
चीनसँगको तनावबीच भारतीय सेना प्रमुख एकाबिहानै लद्दाख पुगे
प्रशासन, विदेश, समाचार

चीनसँगको तनावबीच भारतीय सेना प्रमुख एकाबिहानै लद्दाख पुगे

नेपाल अखबार, एजेन्सि। भारतीय सेनाका प्रमुख जनरल एमएम नरवनेले लद्दाखको पुगेका छन्। चीनसँग तनाव बढीरहेकै समयमा बिहीबार बिहान सेनाप्रमुख नरवाने लद्दाख पुगेका हुन्। पछिल्लो केही समयदेखि भारत र चीनको सीमामा विवाद चर्कंदै आएको छ। भारतले सीमा क्षेत्रमा चीनले घुसपैठ गरेको आरोप लगाउँदै आएको छ। पछिल्लो तनावपछि सेना प्रमुखले पहिलोपटक लद्दाख पुगेर त्यहाँको अवस्थाको जानकारी लिएका हुन्। उनले त्यहाँ दक्षिण प्यांगोङ र अन्य क्षेत्रको सुरक्षा अवस्थाको बारेमा जानकारी लिएको भारतीय सञ्चारमध्यमले जनाएका छन्। सेना प्रमुखको भ्रमणपछि त्यहाँको सुरक्षा अवस्थाको समीक्षा गर्ने बताएको छ। दुई महिनाअघि पनि दुई देशको सीमा क्षेत्र लद्दाखकै गलवान उपत्यकामा हिंसात्मक झडप हुँदा २० भारतीय सैनिक मारिएका थिए। केही दिनअघि लद्दाखमा चीनका सेनासँग भएको भिडन्तमा भारतको विशेष सुरक्षा बलका एक सैनिक मारिएको दाबी गरिएको छ।...
बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ
प्रशासन, समाचार

बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ

नेपाल अखबार, काभ्रे । बुहारीलाई बञ्चरो प्रहार गरी हत्या गर्ने जेठाजुलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजार नजिकै घरमा रहेकी बुहारीलाई धरिलो हतियार बन्चरो प्रहार गर्ने जेठाजु पक्राउ परेका हुन् । बिहीबार बिहान ३५ वर्षीया रन्जना तिमल्सिना (अधिकारी) लाई धरिलो हतियार प्रहार गरी जेठाजु सुदर्शन अधिकारीले हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रवीराज पौडेलले जानकारी दिए । सुदर्शन अधिकारीले आँगनमा भाडा माझिरहेको बेला रञ्जनालाई पछाडिबाट बन्चरो प्रहार गरेका थिए । बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको पौडेलले बताए । ‘घटनाको छोटो समयमा अपराधीलाई पक्राउ गर्न सफल भयौं,’ एसपी पौडेलले भने, ‘प्रहरीलाई हत्याको खबर आएको एक घण्टाभित्र सुदर्शन अधिकारी पक्राउ परेका हुन् ।’ घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्...