Thursday, October 22

प्रशासन

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय
प्रशासन, समाचार

काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय

नेपाल अखबार, काठमाडौं । काठमाडौं उपत्यकामा तेस्रोपटक थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । अब, काठमाडौं उपत्यकामा भदौ २४ सम्म निषेधाज्ञा जारी रहनेछ । भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधवार मध्यराति सकिँदै छ । निषेधाज्ञाको समयावधी एकसाता लम्ब्याउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका एक अधिकृतले जानकारी दिए । निरन्तर दुई साता लामो निषेधाज्ञापछि तेस्रो पटक थपिएको समयसीमामा निर्माण सामग्री ढुवानी र होटल, रेष्टुरेण्टको ‘टेक अवे’ सेवालाई भने खुल्ला गरिएको बताइएको छ । अब, भन्सार तिरेका गाडी र मोटरसाईइकल पनि काठमाडौं उपत्यकामा ल्याउन छुट गरिएको छ । स्वास्थ्य मापदण्ड पुरा गरेर कारखाना भित्रै मजदुर राख्नेगरी उद्योग धन्दा संचालन गर्न पाउने निर्णय गरिएको छ । ललितपुरका प...
पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ
प्रशासन, समाचार

पोखरामा एकैदिन २८ फरार प्रतिवादी पक्राउ

नेपाल अखबार, पाेखरा। कास्की प्रहरीले  एकैदिन विभिन्न मुद्दामा फरार रहेका २८ प्रतिवादीहरुलाई पक्राउ गर्न सफल भएको छ । कास्की प्रहरी प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाले विभिन्न मुद्दामा कैद र जरिवाना तोकी हालसम्म फरार २८ जनालाई मंगलबार पक्राउ गरिएको हो । स्याङ्जा कोल्मा स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका–२७ बस्ने २९ वर्षीय अनिल थापा मगर पक्राउ परेका छन् । मगर सरकारी छाप दस्तखत कीर्ते मुद्दामा १ वर्ष कैद र ५० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार थिए । यस्तै कास्की पोखरा महानगरपालिका–१० बस्ने बैकिङ् कसुर मुद्दाका ५३ वर्षीय धिरज गुरुङलाई पनि पक्राउ गरिएको एसपी श्रेष्ठले बताए । गुरुङलाई ७ दिन कैद र ९ लाख ४० हजार जरिवाना तोकिएकोमा हालसम्म फरार नै थिए । त्यस्तै सार्वजनिक मुद्दामा २५० देखि ५ हजारसम्म जरिवाना तोकी हालसम्म फरार रहेका २६ जना पक्र...
७२ डीएसपीको सरुवा
प्रशासन, समाचार

७२ डीएसपीको सरुवा

नेपाल अखबार, काठमाडाैं। प्रहरी प्रधान कार्यालयले ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ। सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले डीएसपी सरुवाको निर्णय गरेका हुन्। सरुवाको निर्णयसँगै काठमाडौंका केही वृत्तसहित विभिन्न जिल्लाका प्रहरी प्रमुख समेत परिवर्तन भएका छन्। सरुवा भदौबाटै लागू हुने प्रधान कार्यालयले जनाएको छ। को कहाँ सरुवा?...
आन्तरिक उडान भदौ मसान्तसम्म बन्द
प्रशासन, समाचार

आन्तरिक उडान भदौ मसान्तसम्म बन्द

नेपाल अखबार, काठमाडौं । सरकारले आन्तरिक उडान भदौ मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । यसअघि भदौ आन्तरिक उडान भदौ १५ गते मध्यरातसम्मका लागि रोक लगाइएको थियो । त्यस्तै बैठकले रोजगार खुलाइएका विभिन्न गन्तव्य मुलुकहरुका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । श्रोतका अनुसार रोजगार खुला गरिएका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय गरिएको हो । त्यस्तै बैठकले भदौ १६ गतेदेखि सुरु गर्न लागेको नियमित (बाहिरी) उडानमा केही थप्ने सैद्धान्तिक निर्णय गरेको छ । यसअघि दैनिक ५ सयभन्दा बढी नागरिकलाई नल्याउने भन्ने निर्णयमा हेरफेर गर्दै दशैं, तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै नियमित उडानमा थप गर्ने निर्णय गरेको छ ।...
बालिका बलात्कार गरेको आरोपमा ४८ वर्षे पुरुषविरुद्ध मुद्दा
प्रशासन, समाचार

बालिका बलात्कार गरेको आरोपमा ४८ वर्षे पुरुषविरुद्ध मुद्दा

नेपाल अखबार, नुवाकोट। जिल्ला प्रहरी कार्यालय नुवाकोटले जबर्जस्ती करणी उद्योगमा आज एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ। विदुर नगरपालिका–९ कोलनी बस्ने ४८ वर्षीय सुरेश श्रेष्ठलाई शनिबार साँझ सोही स्थानमा निर्माणाधीन टिनको कटेजमा एक बालिकालाई कोही नभएको मौका पारी पैसा दिन्छु भनी अनैतिक क्रियाकलाप गरेको अभियोग लगाइएको छ। पीडितका आफन्तकी छोरीले सो घटना देखेपछि प्रतिवादी श्रेष्ठ भागेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए। उनका अनुसार पीडित बालिकाले आफ्नो परिवारलाई घटनाबारे जानकारी दिएपछि प्रहरीले तत्कालै श्रेष्ठलाई पक्राउ गरी आज उनीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ। अभियुक्त श्रेष्ठलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ। रासस...
सर्लाहीमा निषेधाज्ञा ७ दिन लम्बियो
प्रदेश २, प्रशासन, समाचार

सर्लाहीमा निषेधाज्ञा ७ दिन लम्बियो

नेपाल अखबार, जनकपुरधाम । सर्लाहीमा आगामी भदौ २१ गतेसम्मका लागि कायम रहने गरी निषेधाज्ञाको म्याद थप गरिएको छ । जिल्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको हो । तेस्रो पटक थपिएको म्याद आइतबार सकिनै लाग्दा चौथो पटक निषेधाज्ञाको समय बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको उनको भनाइ छ । यसअघि ७ भदौदेखि १४ भदौसम्मका लागि, ३२ साउनदेखि ७ भदौसम्मका लागि र २६ साउनदेखि ३२ साउनसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।...
धनुषामा तस्कर र प्रहरीबीच झडप
प्रदेश २, प्रशासन, समाचार

धनुषामा तस्कर र प्रहरीबीच झडप

नेपाल अखबार, जनकपुर  । धुनषामा गएराति नेपाल–भारत सिमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ । शुक्रबार राति विदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप हुदाँ हवाई फायर समेत भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहरा छापामारी गर्न गएको बेला प्रहरी टोलीमाथि तस्करको एक समूहले ढुंगामुढा गरेको थियो । प्रहरी उपरिक्षक बस्नेतले पिकअपमा करिब एक सय बोरा मटर भारततर्फ तस्करी भइरहेको सूचना पाए लगत्तै १५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले सिमावर्ती क्षेत्र अवस्थित दशगजामा पुगेर ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गर्नुपरेको बताए । धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक प्रहरीमाथि ढुंगामुढा भएपछि केहि समयका थप बलको प्रतिक्षा...
कास्कीको निषेधाज्ञा केही खुकुलो
प्रशासन, समाचार

कास्कीको निषेधाज्ञा केही खुकुलो

नेपाल अखबार, पाेखरा।  कोरोना संक्रमण बढेपछि न्यूनीकरणका लागि गत भदौ ३ गतेबाट कास्की जिल्लाभर लागू गरिएको निषेधाज्ञा आज राति (भदौ ११ गते राति १२ बजे )बाट केही खुकुलो बनाइएको छ । शुरुमा पाँच दिन तथा गत भदौ ७ गते पुनः पाँच दिन थप गरिएको निषेधाज्ञा केही खुकुलो बनाएर भदौ २० गतेसम्मलाई कायम गरिएको छ । अव यात्रु बाहक सार्वजनिक बस तथा माइक्रोबस सञ्चालनमा रोक लगाइएको छ भने ट्याक्सी तथा निजी सवारीमा विहान ६ बजेदेखी साँझ ८ बजेसम्म जोर विजोर लागू गरिएको छ । भदौ १२ गतेराति देखी २० गतेसम्मका लागि जोर गते जोर नम्वर र विजोर गते विजोर नम्वरका सवारी साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । त्यसैगरी अत्यावश्यक कामका लागि घर बाहिर निस्कदाँ अनिवार्य मास्कको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । हेर्नुहोस् प्रशासनको सूचना ।...
थप तीन अस्पतालमा कोरोना उपचार हुने
प्रशासन, समाचार, स्वास्थ्य

थप तीन अस्पतालमा कोरोना उपचार हुने

नेपाल अखार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारका लागि केन्द्रीय अस्पतालमा एक हजार बेड, प्रादेशिक अस्पतालमा एकहजार नौ सय ५७ र ६४९ पालिकामा हरेकमा ५ बेडका अस्पतालका दरले ३ हजार २४५ वेड थप गरेको छ । मन्त्रालयले यो जनशक्तिसहितको भौतिक पूर्वाधार थप गरेको जनाएको हो । त्यस्तै कोभिड उपचारमा समन्वय गर्ने सिलसिलामा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित नेपाल चिकित्सक संघ, स्वास्थ्यकर्मी संघ, नर्सिग संघ लगायतको बैठक बसेर केही स्वास्थ्यसम्बन्धी निर्णय गरेको जनाएको छ । त्यस्तै शुक्रबार थप तीन वटा अस्पताललाई कोभिड १९ अस्पतालका रुपमा सूचीकृत गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले जनाकारी दिएका छन् । सूचीकृत हुने अस्पतालमा वीरगञ्जको नेशनल मेडिकल कलेज टिचिङ अस्पताल, काठमाडौँको कान्तिपुर र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा सूचीकृत भएका हुन् । हाल बन्द अवस्थाम...
सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ
प्रशासन, समाचार

सामाजिक सञ्जालमार्फत ठगी गर्ने पक्राउ

नेपाल अखबार, चितवन। सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी–२ घर भइ हाल मकवानपुको हेटौंडा उपमहानगरपालिका–४ बस्ने सत्कार लुँईटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङकाअनुसार उनीहरुले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न व्यक्तिसँगबाट ठूलो रकम ठगी गरेको हुन् । सामाजिक सञ्जालमा रहेका साथीलाई उपहार पठाइदिने भनि रकम ठगी गरेको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती रानालाई पटकपटक गरी रु २ लाख ५३ हजार २४० र मोरङको लेटाङ नगरपालिका–९ बस्ने विष्णुकुमारी राईलाई रु २ लाख ७५ हजार ६४५ ठगी गरेको गुरुङले जानकारी दिए । पक्राउ परेकाहरुबाट प्रेमबहादुर राना, सन्जना पाठकको नामको या...