धनुषामा तस्कर र प्रहरीबीच झडप
नेपाल अखबार, जनकपुर । धुनषामा गएराति नेपाल–भारत सिमावर्ती क्षेत्रमा प्रहरी र तस्करबीच झडप भएको छ ।
शुक्रबार राति विदेह नगरपालिकास्थित दुहबीमा तस्कर र प्रहरी बीच झडप हुदाँ हवाई फायर समेत भएको छ । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले नेपालबाट भारत तस्करी गर्न लागेको छहरा छापामारी गर्न गएको बेला प्रहरी टोलीमाथि तस्करको एक समूहले ढुंगामुढा गरेको थियो ।
प्रहरी उपरिक्षक बस्नेतले पिकअपमा करिब एक सय बोरा मटर भारततर्फ तस्करी भइरहेको सूचना पाए लगत्तै १५ जनाको संख्यामा पुगेको प्रहरी टोलीमाथि तस्करका स्थानीय सहयोगीहरुले सिमावर्ती क्षेत्र अवस्थित दशगजामा पुगेर ढुंगामुढा गर्न थालेपछि बाध्य भएर प्रहरीले हवाइ फायर गर्नुपरेको बताए ।
धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतको कमाण्डमा गएको टोली माथि अचानक प्रहरीमाथि ढुंगामुढा भएपछि केहि समयका थप बलको प्रतिक्षा...
