Saturday, October 10

प्रशासन

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ
प्रशासन, समाचार

चार महिनामा रसुवागढी नाकाबाट आठ जना पक्राउ

नेपालअखबार, रसुवा । चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा भन्सार छल्ने नियतले कार्य गरेका आठ जनालाई नेपाल प्रहरीले  नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट रु तीन करोड ३१ लाख ८१ हजार एक सय ९८ बराबरको सामग्रीसमेत बरामद भएको र यसलाई कानुनी  कारबाहीका लागि रसुवा भन्सार कार्यालय टिमुरेलाई बुझाएको जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले  जानकारी दिए । चीनबाट आयात गरेका ती सामग्री रसुवागढी, घटृेखोला, टिमुरे र स्याफ्रुबेँसीसमेतका स्थानमा केही भारिया र केही विभिन्न सवारी साधनमार्फत काठमाडौँतर्फ लानेक्रममा  प्रहरीले बरामद गरेको उनले बताए। रसुवागढी नाकामा चोरी निकासी नियन्त्रण गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल परिचालित छन् । प्रहरीले गत वर्ष पनि रु एक करोड ५१ लाख ५६ हजार दुई सय ३० बराबर भन्सार छलीका सामग्री बरामद गरी कानुनी कारबाहीका लागि भन्सार कार्यालय टिमुरेलाई बुझाएको थियो  । यस्तै ...
बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने
प्रशासन, समाचार

बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने

नेपालअखबार,काठमाडाैं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आगामी माघ ११ गते बिहीबार हुँदैछ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० मा भएको व्यवस्थाअनुसार सोही दफाहरूको उपदफा (१) को प्रतिबन्धात्मक वाक्यांशबमोजिम नाम हटेको अवस्थामा बाहेक राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन नपाउने बारे आज विज्ञप्ति जारी गरी जानकारी गराएको छ। पुस २० गते मतदाता नामावली प्रकाशन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस २० गते सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने जनाइएको छ। प्रकाशित मतदाता नामावलीमाथि दाबी विरोधलगायत कार्य सोही दिनबाट प...
असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार
प्रशासन, समाचार

असारदेखि लाइसेन्स छपाइ ठप्प, छाप्ने कार्ड कुर्दै सरकार

नेपालअखबार, काठमाडौं । करिब ५ महिनादेखि बन्द भएको सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को नियमित छपाइ थाल्न अझै एक महिना लाग्ने भएको छ । यसले गर्दा छाप्न बाँकी लाइसेन्सको संख्या पनि थप बढ्दै गएको छ । यातायात व्यवस्था विभागका अनुसार छाप्न बाँकी लाइसेन्सको संख्या मात्रै साढे १३ लाख भन्दा माथि छ । एउटा मात्रै मास प्रिन्टरबाट नियमित छपाइ हुँदा पनि प्रक्रिया पूरा गरेका लाइसेन्स छपाइमा एक वर्षसम्म ढिलाइ हुने गरेकोमा विद्युतीय चिप्ससहितको लाइसेन्स छाप्ने कार्ड नै सकिएपछि गत असारको पहिलो सातादेखि नियमित लाइसेन्स छपाइ ठप्प छ । दैनिक रूपमा प्रदेश अन्तरगतका लाइसेन्स कार्यालयहरूले परीक्षा लिएर सवारी चालक अनुमतिपत्रको छपाइका लागि प्रक्रिया पूरा गरिरहँदा सरकार भने सीमित संख्याको कार्डको उपलब्धताका कारण वैदेशिक रोजगारी र अध्ययनमा जानेहरूलाई मात्रै कार्ड छापेर दिइरहेको छ । अन्य नियमित प्...
नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)
प्रशासन, समाचार

नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

नेपालअखबार, काठमाडौँ । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ ।...
राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत : मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय
प्रशासन, समाचार

राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत : मङ्सिर २४ देखि २९ सम्म दल दर्ताको समय

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबार बसेको बैठकले माघ ११ गते हुने १९ पदको निर्वाचन तालिका स्वीकृत गरेको हो । आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलेले शुक्रवार जारी गरेको विज्ञप्तिमा मङ्सिर २४ गते देखि २९ गतेसम्म दल दर्ताका लागि समय निर्धारण गरिएको छ । राजनीतिक दल दर्ता भएपश्चात् पुस १ गते राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गर्ने र पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगले जनाएको छ । त्यस्तै पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने आयोगले जनाएको छ । पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ भने माघ ११ गते बिहान ९ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदा...
नक्कली भुटानी शरणार्थी प्रकरण: ७ जना प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश
प्रशासन, समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण: ७ जना प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश

नेपालअखबार, काठमाडाैं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले छाड्न आदेश दिएका ७ जना प्रतिवादी आइतबारमात्रै छुट्ने भएका छन्। शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलले पुर्पक्षका लागि थुनामा रहेका ७ जना प्रतिवादीहरूलाई धरौटीमा छाड्न आदेश दिएका थिए। जिल्ला अदालत काठमाडौंले धरौटी माग गरेका तीन जना प्रतिवादीलाई पनि अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ। शुक्रबार उक्त आदेश जारी गरे पनि उनीहरू आजै नछुट्ने अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए। ‘आज आदेश भएप नि उहाँहरू सम्भवत: आइतबारमात्रै छुट्ने छन्। यहाँ भएको आदेशको कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा मिसिल पठाउनुपर्ने हुन्छ,’ उनले भने, ‘आज कार्यालय समय पनि सकिएको हुँदा पर्सीमात्रै छुट्ने सम्भावना छ।’ अदालतले भुटानी शरणार्थी नेता टेकनाथ रिजालसँग १५ लाख, हज समितिका अध्यक्ष शमशे...
कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने
प्रशासन, समाचार

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल चलाउन नपाउने

नेपालअखबार, सुर्खेत। कर्णाली प्रदेशका प्रहरीलाई ड्युटीको समयमा मोबाइल चलाउन रोक लगाइएको छ। कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) भीम प्रसाद ढकालले प्रहरीबाट उच्च जिम्मेवारीका साथ कर्तव्य पालना होस् भन्ने हेतुले ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने व्यवस्था गरिएको जानकारी दिए। सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले बताए। डिआइजी ढकालले भने, ‘कर्तव्य पालनाको समयमा आम नागरिकलाई प्रभावकारी सुरक्षाको अनुभूति दिलाउन र जिम्मेवारी क्षेत्रभित्र प्रभावकारी काम होस् भन्ने उद्देश्यले यो नियम ल्याइएको हो।’ उनका अनुसार टोली कमाण्डरको हकमा यो नियम लागू हुने छैन। जिम्मेवारी क्षेत्रमा खटिएका कर्मचारीलाई कुनै समस्या...
बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट (सूचीसहित)
प्रशासन, समाचार

बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ नर्स छनोट (सूचीसहित)

नेपालअखबार, काठमाडौं । बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । वैदेशिक रोजगार विभागले अन्लाइन फाराम भरेकामध्ये अन्तार्वार्ताका लागि ७१ जना नर्सलाई छनोट गरी नाम सार्वजनिक गरेको हो । अन्तरर्वार्तापछि बेलायत जानेहरूको अन्तिम नाम सार्वजनिक गरिनेछ । प्रारम्भिक सूचीमा नाम प्रकाशित भएका नर्सलाई अन्तार्वार्ताका लागि डिसेम्बर ४ देखि ७ तारिखसम्म बोलाइएको छ । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायत सरकारबीच गत भदौमा सम्झौता भएको थियो । नेपाल र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउने प्रक्रिया अगाडि बढाएको थियो । जसअनुसार १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरिएकोमा ७१ जनामात्र अन्तर...
दिल्लीमा वायु स्वच्छताका लागि ४० वर्षदेखि सक्रिय छ सर्वोच्च अदालत
प्रशासन, विदेश, समाचार

दिल्लीमा वायु स्वच्छताका लागि ४० वर्षदेखि सक्रिय छ सर्वोच्च अदालत

नेपालअखबार, काठमाडाैं। हालैका वर्षहरुमा दिल्लीको प्रदूषण विश्वव्यापी रुपमा सञ्चार माध्यमको हेडलाइन बनिरहेको छ । खासमा वायु प्रदूषण दिल्लीका निम्ति नयाँ समस्या होइन । पुरानै समस्या भएकै कारण भारतको सर्वोच्च अदालतले पनि दिल्लीको जनजीवनलाई सहज बनाउनका लागि पटक पटक आदेश दिँदै आएको छ । यही महिना सर्वोच्च अदालतले वायु प्रदूषण नियन्त्रणका निम्ति तत्कालै प्रभावकारी कदम चाल्न सरकारलाई आदेश दिएको थियो । सरकारले प्रदूषण नियन्त्रणका निम्ति पञ्जाब र हरियानाका खेतहरुमा आगो नलगाउन निर्देशन दिएको र जोर बिजोर प्रणालीमा गाडी चलाउने योजना बनाएको भनी दिएको जवाफ अदालतले निरन्तर सुन्दै आएको छ । सरकारको योजना सुदेर वायु प्रदूषण कम गर्ने नीतिको पालना गराउला भन्ने प्रतीक्षामा सर्वोच्चले लामो समय बिताइसकेको छ । गत साता भने सर्वोच्चले सरकारका प्रतिनिधिलाई बोलाएर दिल्ली, हरियाना र पञ्जाब जोड्ने द्रुत रेलमार्ग स...
बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोट
प्रशासन, समाचार

बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनोट

नेपालअखबार,  काठमाडौँ । रोजगारीका लागि बेलायत जान ७१ जना नर्स अन्तर्वार्ताका लागि छनौटमा परेका छन् । वैदेशिक रोजगार विभागले ७१ जनाको नाम सार्वजनिक गर्दै अन्तर्वार्ताको लागि बोलाएको हो । बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई पदस्थापन गर्ने गरी नेपाल र बेलायतबिच सम्झौता भएको थियो । सोही आधारमा विभागले १०० जना नर्सको लागि अनलाइन आवेदन आह्वान गरेको थियो । जसमा मागभन्दा कम नर्सहरूको मान्य आवेदन परेको थियो । अनलाइन आवेदन दिएकाहरूलाई तोकिएको मापदण्डको आधारमा प्रारम्भिक सूची प्रकाशित गरेको हो । उनीहरूलाई डिसेम्बर ४ देखि ७ तारिखसम्म अन्तर्वार्ताको लागि बोलाइएको छ । अन्तर्वार्ता लैनचौरस्थित बेलायती दूतावासमा हुनेछ । नर्सका लागि तोकिएको कडा मापदण्डका कारण थोरै आवेदन परेको थियो । बेलायतले आईएलटीएसमा सात ल्याउनुपर्ने, २ वर्षको कार्यानुभव भएको हुनुपर्ने लगायतका मापदण्ड तोकिएको थियो । जसमा पु...