Saturday, October 10

प्रशासन

मणिपाल अस्पतालमा डाक्टर कुट्ने दुईजना कारागार चलान
प्रशासन, समाचार

मणिपाल अस्पतालमा डाक्टर कुट्ने दुईजना कारागार चलान

नेपालअखबार, पाेखरा। तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् । उक्त घटनामा संलग्न सातजना जनही एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । प्रहरीले पक्राउ परेकालाई स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो। प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारबाहीको फैसला गरिएको हो। कारागार चलान हुनेमा पोखरा महानगरपालिका–१७ हनुमान टोलका सुशील कार्की र पोखरा–५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । यसैगरी घटनामा संलग्न पोखरा–४ का सुजित मुल्मी, पोखरा–५ का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा–९ का नितेश गुरुङ, विवेक गुरुङ र प...
सशस्त्र प्रहरीको चाडपर्व सुरक्षा योजना : २९ हजारबढी सुरक्षाकर्मी खटिने
प्रशासन, समाचार

सशस्त्र प्रहरीको चाडपर्व सुरक्षा योजना : २९ हजारबढी सुरक्षाकर्मी खटिने

ने पालअखबार,काठमाडौं । सशस्त्र प्रहरी बलले चाडपर्व विशेष सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा सीमावर्ती ईलाका तथा अन्य स्थानमा नागरिकको सेवा, सुरक्षा र उद्धारको सुरक्षा योजना तयार पारिएको सशस्त्र प्रहरीले जनाएको छ । सुरक्षा योजनाअनुसार २९ हजार १५४ जना सशस्त्र प्रहरी परिचालित हुनेछन् भने २ हजार ९२९ जना तयारी हालतमा रहने छन् । चीन र भारतका सीमा क्षेत्रमा १२५ स्थानमा हेल्प डेस्क (नागरिक सहायता कक्ष) र ३३ स्थानमा हेल्थ डेस्क (नागरिक स्वास्थ्य सहायता कक्ष) स्थापना गरिएको छ । साथै झापाको पूर्वी नाका काँकडभिट्टाको मेची पुल ईलाकामा अवैध हातहतियार, विष्फोटक पदार्थ र लागूऔषध पहिचाहन गर्न सक्ने तालिम प्राप्त डग समेत परिचालन गरिएको छ । आपराधिक क्रियाकलापहरुको रोकथाम एवं नियन्त्रण गर्न गस्ती, पट्रोल, चेक प्वाईन्ट ड्यूटि खटिनुको साथै मुख्य राजमार्गमा हुनसक्ने घटना रोक्न र दुर्घटना भएमा...
विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार
प्रशासन, समाचार

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

नेपालअखबार, काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो । मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरिएको छ । विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्र...
नेपाली विद्यार्थी ल्याउन बिहान ४ बजे इजरायलतर्फ उड्यो वायुसेवा निगमको विमान
प्रशासन, समाचार

नेपाली विद्यार्थी ल्याउन बिहान ४ बजे इजरायलतर्फ उड्यो वायुसेवा निगमको विमान

नेपालअखबार,काठमाडौं । इजरायलमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपाल वायुसेवा निगमको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको हो । गत शनिबार प्यालेस्टीनी विद्रोही समूह ‘हमास’ को आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सो घटनापछि सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उनीहरुको माग बमोजिम नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो । घर फिर्तीका लागि इजरायलस्थित नेपाली दूतावासमा ३५० जनाको विवरण प्राप्त भइसकेको जनाइएको छ ।...
न्याय सेवा आयोगद्वारा ७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान
प्रशासन, समाचार

न्याय सेवा आयोगद्वारा ७ सहसचिव र ४५ उपसचिवका लागि दरखास्त आह्वान

नेपालअखबार, काठमाडौँ । न्याय सेवा आयोगले सहसचिव र उपसचिवका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधवार सूचना प्रकाशित गर्दै नेपाल न्याय सेवाको रिक्त सात सहसचिव र ४५ जना उपसचिवका लागि दरखास्त आह्वान गरेको हो । ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा बढुवाद्वारा पूर्ति गर्नुपर्ने भन्दै २०८० आषाढ मसान्तसम्म निजामती सेवा ऐन र नियमावलीबमोजिम योग्यता पुगेका सम्भाव्य उम्मेदवारहरूले दरखास्त दिन सक्ने आयोगले जनाएको छ । सूचना प्रकाशित भएको ३५ दिन भित्र सहसचिवका लागि एक हजार पाँच सय र उपसचिवका लागि एक हजार दुई सय को रसिद संलग्न गरी आयोगमा दरखास्त बुझाउन भनिएको छ ।...
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक
प्रशासन, समाचार

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

नेपालअखबार, धादिङ । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् । राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढङ्गले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकाय एक भएर अघि बढ्ने मङ्गलबार संयुक्त निर्णय गरेका छन् । राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा ‘स्पिड लाइन’सहित ट्राफिक सङ्केत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देश गरे । जिल्लाभित्रका अन्य सडकमा समेत सहज ढङ्गले आवतजा...
भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा
प्रशासन, विदेश, समाचार

भारतीय पत्रकारहरुको घरमा दिल्ली प्रहरीको छापा

नेपालअखबार, काठमाडौं । भारतका पत्रकारहरुको निवासमा दिल्ली प्रहरीले छापा मारेको छ । प्रेस क्लब अफ इण्डियाका अनुसार मंगलबार बिहान पत्रकारहरु र न्यूज क्लिकसँग सम्बन्धित व्यक्तिहरुका घरमा प्रहरीले छापा मारेको हो । उसले पत्रकारका घरमा छापा मारिनु चिन्ताजनक भन्दै घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै यसबारे औपचारिक जानकारी दिन सरकारसँग मागसमेत गरेको छ । केही समय अगाडि न्यूज क्लिक पोर्टलमाथि चीनबाट फण्ड लिएको आरोप लागेको थियो र त्यसविरुद्ध मुद्दा दायर गरी अनुसन्धान सुरु गरिएको थियो । प्रहरीले आज मारेको छापा पनि पनि सोही घटनासँग सम्बन्धित रहेको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार प्रहरीले ३० भन्दा बढी स्थानमा छापा मारेको छ । प्रहरीले कसैलाई नियन्त्रणमा लिएको खबर भने सार्वजनिक भएको छैन । दिल्ली प्रहरीले पनि यसबारे औपचारिक जानकारी सार्वजनिक गरेको छैन । पत्रकार अभिसार शर्माले ...
यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा
अपराध, प्रशासन, समाचार

यौन दुर्व्यवहारमा कारबाही सिफारिस गरिएका एसएसपीले दिए राजीनामा

नेपालअखबार, काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् । त्यसक्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो । समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो । बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको छैन । छानबिन समितिका एक सदस्यका अनुसार, एसएसपी पालले बिदामा जान लागेकी कर्मचारीलाई ‘तिमी...
पूर्णरूपमा हट्यो मलंगवामा ‘कर्फ्यू’
प्रशासन, समाचार

पूर्णरूपमा हट्यो मलंगवामा ‘कर्फ्यू’

नेपालअखबार, सर्लाही। सर्लाही सदरमुकाम मलङ्गवामा रातिको समयमा जारी गरिँदै आएको ‘कर्फ्यू’लाई पूर्णरूपमा हटाइएको छ। यसअघि असोज ८ गते दिउँसोको कर्फ्यू हटाइएको थियो भने राति ८ बजे बिहान ४ बजेसम्म कर्फ्यू लगाइँदै आएको थियो। आइतबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले चारबुँदे निर्णय गर्दै मलंगवामा जारी कर्फ्यू आदेशलाई पूर्णरूपमा निष्क्रिय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। प्रजिअ यादवका अनुसार मलङ्गवाको वातावरण समान्य भएपछि पूर्णरूपमा कर्फ्यू हटाइएको हो। यही असोज ४ गते बिहीबार राति १० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो। त्यसपछि असोज ८ गतेदेखि दिउँसोको कर्फ्यूलाई हटाइएको थियो भने राति ८ देखि बिहान ४ बजेसम्म कर्फ्यू आदेशलाई निरन्तरता दिँदै आएको थियो। सर्वदलीय सर्वपक्षीय समन्वय सहजीकरण बैठकले असोज ८ गते...
रोशी गाउँपालिकाले गर्‍यो २ हजार ६ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
प्रशासन, समाचार, समाज

रोशी गाउँपालिकाले गर्‍यो २ हजार ६ सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

नेपालअखबार,काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। ६० देखि ७० बर्षसम्मका स्थानीय परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिएका छन्। स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार ६४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा पाएका हुन्। यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बीमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाको बताए। स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपांगता भएका नागरिकको पनि निःशुल्क बीमा गरिएको छ भने तीन परिवारको महिला स्वयंसेविकाको ५० प्रतिशत सरकारले बेहोर्ने गरी बीमा गरिएको छ। चार सय एक परिवारले भने आफैं शुल्क तिरेर बीमा गरेका छन् । रोशीको जनसंख्यामध्ये ३७ दशमलव ३१ प्रतिशत नागरिकको स्वास्थ्य बीमा भएको छ । हालसम्म रोशीको ...