Sunday, September 6

प्रशासन

साउदी अरबका लागि निगमकाे सिधा उडानको टिकट बुकिङ खुला
प्रशासन, समाचार

साउदी अरबका लागि निगमकाे सिधा उडानको टिकट बुकिङ खुला

नेपालअखबार, काठमाडौँ । नेपाल वायुसेवा निगमले काठमाडौँबाट साउदी अरबको दमाममा नियमित सिधा उडानका लागि शनिबारबाट टिकट बुकिङ्ग खुला गरेको छ । निगमले भदौ २० गतेदेखि सो उडान सञ्चालन गर्ने जनाएको हो । उडान तालिका अनुसार काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिवार उडान गर्नेछ । बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको समेत निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइट www.nepalairlines.com.np मा लग इन गरी अनलाइनबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट सकिने । यसबाट यात्रुहरूलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ । काठमाडौँ–दमामको प्रवर्द्धनात्मक भाडादर रु ३५ हजार तोकिएको छ । दमाम–काठमाडौँका लागि भने पाँच सय ९६ साउदी रियाल तोकिएको छ । निगमले अहिले दुई थान वाइडबडी र दुई थान न्यारोबडी जहाजमार्फत...
बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु
प्रशासन, समाचार

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत सुरु

नेपालअखबार, गाेरखा। त्रिशूली नदीमा आइतबार राति आएको भीषण बाढीले क्षति पुर्‍याइएको झोलुङ्गे पुल मर्मत सुरु भएको छ। गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लिचोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुल मर्मत सुरु भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए। बाढीले पुलमा क्षति पुर्‍याएपछि आवतजावत बन्द भएको छ। गाउँपालिकाले तत्काल पहल गरी स्थानीय पूर्वाधार विभागबाट प्राविधिकको टोली झिकाएर पुल मर्मत सुरु गरिएको उनले बताए। त्यस्तै त्रिशूली नदीकै बाढीले क्षति पुर्‍याएको गण्डकी गाउँपालिका–७ ध्याल्चोक र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ जोड्ने धवादीघाट माथिको झोलुङ्गे पुल मर्मत भने आजदेखि मात्र सुरु हुने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। ‘धवादीघाटमाथिको क्षतिग्रस्त मर्मत सुरु गर्नका लागि शुक्रबार अवलोकन गरिसकिएको छ,’ उनले भने, ‘त्रिशूली नदीमा...
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी चितवनबाट पक्राउ
प्रशासन, समाचार

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एमबीबीएस अध्ययनरत विद्यार्थी चितवनबाट पक्राउ

नेपालअखबार, चितवन। नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी चितवनबाट पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज ७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ । उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ । एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको जेभियर इनटरनेसनल हाइएर सेकेण्डरी स्कुल, कमलपोखरीबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।...
खानी खोजतलास गर्न विभागले ४३२ कम्पनीलाई दियो अनुमतिपत्र
प्रशासन, समाचार

खानी खोजतलास गर्न विभागले ४३२ कम्पनीलाई दियो अनुमतिपत्र

नेपालअखबार, काठमाडाैं। खानी तथा भूगर्भ विभाग लैनचौरले मुलुकभित्र रहेका खानी खोजतलास गर्नका लागि चार सय ३२ कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको छ। विसं २०३३ देखि खानी र भूगर्भको क्षेत्रमा काम गर्दै आएको सो विभागले नेपालको खनिजजन्य उद्योग प्रवर्द्धनका लागि सम्भावित खानीको खोजतलास गर्न ती कम्पनीलाई अनुमतिपत्र प्रदान गरेको हो । विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार फलाम, तामा, सुन, चुनढुङ्गा, ग्रेनाइट, काइनाइट, खरी, रुबी, डोलोमाइटलगायत सम्भाव्य खानीको खोजतलासका लागि विभागबाट अनुमतिपत्र प्रदान गरिएको हो । गत वर्षसम्म तीन सय ७४ कम्पनीलाई खानी खोजतलासका लागि अनुमतिपत्र प्रदान गरिएको थियो । विभागले आर्थिक वर्ष २०७९/८० मा थप ५८ कम्पनीलाई खानी खोजतलास गर्न अनुमति दिएको उनले बताए। ‘अनुमति दिएकामा सबैभन्दा धेरै चुनढुङ्गा र तामा खोजतलासका लागि छन्,’ सूचना अधिकारी बाँस्कोटाले भने। ...
हिमाल आरोहण शुल्क बढाउने तयारी
पर्यटन, प्रशासन, समाचार

हिमाल आरोहण शुल्क बढाउने तयारी

नेपालअखबार, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा लाग्ने रोयल्टी रकम बढ्ने भएको छ । सगरमाथा आरोहण गर्न वसन्त ऋतु (स्प्रिङ सिजन) मा विदेशी नागरिकका लागि ११ सय अमेरिकी डलर लिँदै आएकोमा ३ सय डलर बढाएर १५ सय अमेरिकी डलर आरोहण शुल्क लिने गरी कानुनी प्रवन्ध गर्न लागिएको छ । विभागका महानिर्देशक लुइँटेलका अनुसार पर्वतारोहण सम्बन्धी ९ छौटौ संशोधन नियमावली, २०५९ लाई संशोधन गर्न लागिएको छ । सन् २०१५ जनवरी १ देखि कायम भएको हिमाल आरोहण अनुमति शुल्क विभागले ९ वर्षपछि परिवर्तन गर्न लागेको हो । पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनको तयारी गरिरहेको विभागले सगरमाथालगायत अन्य हिमालहरूको आरोहणमा लाग्ने अनुमति शुल्क बढाउने निर्णय गरेको महानिर्देशक लुइँटेलले बताए। हिमाल चढ्दा लाग्ने रोयल्टी बढाउने गरी नियमावली संशोधन भइरहेको छ, उनले भने, यही महिनाभित्र नयाँ रोयल्टीसहित नियमावली संशो...
सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल
प्रशासन, शिक्षा, समाचार

सार्वजनिक भयो कक्षा १२ को परीक्षाफल

नेपालअखबार, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ। गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म चलेको परीक्षाको नतिजा मंगलबार प्रकाशित भएको हो। यस वर्ष ४ लाख ४८ हजार ८ सय ३७ जना विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका थिए। ५१ जनाको परीक्षा रद्द भएको थियो। परीक्षा सकिएको ८० दिनमा परीक्षाफल प्रकाशित भएको बोर्डले जनाएको छ। ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई नन ग्रेडमा राखिएको बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। नन ग्रेड आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिनुपर्ने हुन्छ। गत वर्षभन्दा ३ प्रतिशतले नतिजा सुधार भएको बोर्डले जनाएको छ। ५१ प्रतिशतभन्दा बढी विद्यार्थी पास भएको बोर्डको भनाइ छ। यसरी हेर्न सकिन्छ परीक्षाफल: कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइड र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरेको...
सन् २०२४ को हज यात्राका लागि आवेदन खुला
प्रशासन, समाचार

सन् २०२४ को हज यात्राका लागि आवेदन खुला

नेपालअखबार, काठमाडौं । सन् २०२४ मा हज गर्न साउदी अरबको मक्का मदिना जान चाहनेहरुका लागि आवेदन खुलेको छ । गृह मन्त्रालय मातहतको नेपाल हज समितिले सूचना सार्वजनिक गरी आज साउन ३० गतेदेखि असोज ३० गते भित्र आवेदन दिन आह्वान गरेको हो । नेपाल हज समितिका कार्यवाहक अध्यक्ष मकबुल मियाँका अनुसार आवेदन फारम नेपाल हज समितिको सचिवालयको वेबसाइटबाट डाउनलोड गर्न सकिन्छ । सो फारम भरेर आफ्नो स्थायी ठेगाना रहेको जिल्ला प्रशासन कार्यालयमा पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ बुझाई आवेदन दिन सकिन्छ । आवेदनका साथ नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, राहदानीको फोटोकपी, पहिलो किस्ताबाफत एक लाख ५० हजार रुपैयाँ हज समितिको बैंक खातामा जम्मा गरेको सक्कल भौचर, कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाएको प्रमाणपत्र र आवेदकको बैंक खाताको चेकको फोटोकपी पनि पेस गर्नुपर्ने छ । सन् २०२४ मा नेपालबाट १ हजार २०० जना इस्ला...
मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै
प्रशासन, समाचार, समाज

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीमा घर भत्काइँदै

नेपालअखबार, दमौली । पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत मुख्य बजारमा घरटहरा भत्काउने तयारी गरिएको छ । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली बजारमा घरटहरा भत्काउने तयारी गरेको हो । यसअगाडी मुख्य बजारभन्दा बाहेकका ठाउँमा घरटहरा हटाइएकामा अब मुख्य बजारमा काम हुने योजना प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए । उनले भने, ‘बजार क्षेत्रमा धुलो नउडोस् भन्नका लागि बजार क्षेत्रमा घरटहरा भत्काउन हतार नगरिएको हो । दमौली बजारको घरटहराको क्षतिपूर्ति मुआब्जाको निर्धारण पनि हालैमात्र भयो । अब धमाधम काम अगाडि बढ्छ ।’ आयोजना प्रमुख सुवेदीका अनुसार दमौली बजारका घरटहराको क्षतिपूर्तिको मूल्याङ्कन हालैमात्र भएको छ । दमौली बजारमा केही असन्तुष्टि भएकाले सरोकारवालाको छलफलपछि त्यसलाई समाधान गरिने उनको भनाइ छ । यो खण्डमा पाँच सय पाँच घरटहरा भत्काउनुपर्नेमा हालसम्म तीन सय ५० ...
कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी

नेपम.ालअखबार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको अन्तिम तयारी गरेको छ । उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको छ । सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बताए । ‘लगभग सबै कुरा सकिएको छ । अब टेक्निकल कुरा बाँकी छ । टेक्निकल कुरा हेरेर निर्णय गर्छौ । शैक्षिक क्यालेण्डरमा यो महिनाको अन्तिम भित्रमा नतिजा प्रकाशन गर्ने भन्ने पनि छ । त्यही भएर यो महिनाभरमा निकाल्छौं ।’ उनले भने । प्राविधिक टिमसँग सल्लाह गरेर कुनै समस्या नआउने यकिन भएको खण्डमा बोर्ड बैठक बसेर नतिजा प्रकाशनबारे निर्णय गरिने अध्यक्ष शर्माले बताए । गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए । जसमा ५६ हजार विद्यार्थीले ...
सिडिओले घरमै पुगेर ८९ वर्षीया गिठादेवीलाई दिए नागरिकता
प्रशासन, समाचार

सिडिओले घरमै पुगेर ८९ वर्षीया गिठादेवीलाई दिए नागरिकता

नेपालअखबार, बझाङ। जिल्ला सदरमुकाम चैनपुरबाट डेढ घण्टाको दूरीमा पर्छ मष्टा गाउँपालिका। गाउँपालिकाको कार्यालय भातेखोला गाउँमा छ। सोही गाउँकी हुन् ८९ वर्षीया गिठीदेवी जोशी। गिठीदेवीले शुक्रबार मात्रै नागरिकता पाइन्। सदरमुकाम नजिकै रहेपनि ८९ वर्षपछि नागरिकता लिएकी हुन् उनले। यसअघि नागरिकताको महत्व र आवश्यकता थाहा नहुँदा उनले नागरिकता लिएकी थिइनन्। पछि उनकै छोरा गोरिलालले आफ्नी आमाले नागरिकता नपाएकोबारे प्रशासनलाई खबर गरेका थिए। त्यसपछि प्रमखु जिल्ला अधिकारी नारायण पाण्डेयको टोली उनकै घर पुगेर गिठादेवीलाई नागरिकता दिएको हो। ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ,’ प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि भने ...