Wednesday, September 23

विदेश

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी
मनोरञ्जन, विदेश, समाचार

रातीको डिनरदेखि सुशान्तले बिहान जुस पिएकोसम्मः प्रत्यक्षदर्शीले सिबिआईलाई बताए पूरा कहानी

नेपाल अखबार, एजेन्सि। मृत्युको केही घण्टा अघि सुशान्त सिंह राजपूतले खाना खान छोडिदिएका थिए, जूसमात्रै पिए र धेरै समय आफ्नो कोठामा नै बिताए । स्रोतका अनुसार यो कुरा प्रत्यक्षदर्शीले सिबिआईलाई आफ्नो सुरुवाती बयानमा बताए । १४ जूनमा सुशान्तको पश बान्द्रास्थित घरमा के भयो यसमा सोधपुछका लागि एजेन्सीले सुशान्तसँगै फ्ल्याटमा बस्ने सिद्धार्थ पिठानी र नायकका घरेलु सहयोगी निरज, केशव र दिपेश सावन्तसँग सोधपुछ गरेको छ । क्रियटिभ डिजाइनर सिद्धार्थ सुशान्तको साथीको नाताले फ्ल्याटमा नै बसिरहेका थिए । यी चारैजनालाई घटनाका मुख्य साक्षीको रुपमा हेरिएको छ । नायकका घरेलु सहयोगी निरजसँग आठ दिन, सिद्धार्थसँग सात दिन, हाउसकिपर दिपेशसँग पाँच दिन र कुक केशवसँग चार दिनदेखि सोधपुछ गरिरहेको छ । यदि सुशान्तको हत्या भएको हो भने यी चारजनालाई यसको जानकारी हुने र यदि यसलाई आत्महत्या देखाउने कोसिस भएको हो भने यीमध्ये कम्तीमा...
पाकिस्तानमा भिषण बाढी र पहिरोमा परी ३० जनाको मृत्यु
विदेश, समाचार

पाकिस्तानमा भिषण बाढी र पहिरोमा परी ३० जनाको मृत्यु

नेपाल अखबार, एजेन्सि ।  पाकिस्तानमा भिषण बाढी र पहिरो आएको बताइएको छ। केही दिनयता त्यहाँ जारी वर्षाका कारण बाढीको प्रकोप देखिएको हो। पाकिस्तानको कराँचीमा बाढीले बढी क्षति पु¥याएको समाचारमा जनाइएको छ। प्राप्त पछिल्लो समाचारअनुसार बिहीबार र शुक्रबार जारी रहेको अविरल वर्षा र त्यसपछिको बाढीले गर्दा त्यहाँ कम्तीमा पनि ३० जना नागरिकको ज्यान गएको बताइएको छ। पाकिस्तानको एक पत्रिका ‘डन’ले दिएको जानकारीअनुसार पाकिस्तानमा गएको कम्तीमा पनि ९० वर्षको रेकर्डभन्दा पनि बढी वर्षा भएको छ। कराँचीको मौसम विभागले दिएको जानकारीमा उक्त नगरमा पहिलो पटक १२ घन्टामा नै निकै भारी मात्रामा पानी परेको थियो। भारी वर्षा र बाढीले कराँची शहरलाई ठूलो क्षति पु¥याएको छ। त्यहाँ हजारौँको संख्यामा सैनिकलाई उद्धारको लागि परिचालन गरिएको छ। बाढीमा फसेका सयौँ व्यक्तिलाई उद्धार गरिएको छ भने यहाँका हजारौँ व्यक्ति बाढीबाट विस्थापित भ...
अमेरिकामा शक्तिशाली आँधी, कम्तीमा ४ जनाको ज्यान गयो, कारखानामा आगो लाग्यो
विदेश, समाचार

अमेरिकामा शक्तिशाली आँधी, कम्तीमा ४ जनाको ज्यान गयो, कारखानामा आगो लाग्यो

नेपाल अखबार, एजेन्सि। अमेरिकामा आएको शक्तिशाली सामुद्रिक आँधीका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ। लरा नामको आँधीका कारण अमेरिकाको लुइजियाना राज्यमा जनधनको क्षति भएको हो। आँधीका कारण लुइजियानाको एक नगरस्थित रसायन कारखानामा आगलागी भएको छ। झन्डै २४० किलोमिटर प्रतिघण्टा वेगमा आएको हावाहुरीले निकै क्षति पुर्‍याएको अनुमान गरिएको छ। क्षतिको आकलन भइरहेको बताइएकाे छ। बीबीसीका अनुसार ५ लाख घरमा बिजुली बन्द भएको छ। तर अनुमान गरिएजस्तो समुद्री छाल बढेर बाढी आएन। आँधी पूर्वतर्फ लागेको छ।...
बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु
विदेश, समाचार

बाढीका कारण अफगानिस्तानमा ११० जनाको मृत्यु

नेपाल अखबार, काबुल । अफगानिस्तानमा बाढीका कारण एकै दिन ११० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको र अरु १५० जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । ती घटनाहरु देशका विभिन्न प्रान्तहरुमा भएका हुन् । स्थानीय अधिकारीहरुका अनुसार पार्वान प्रान्तमा मात्रै ८५ जनाको मृत्यु भएको छ भने ११० जना घाइते भएका छन् ।   टोलो न्युजले कतिपय ठाउँमा उद्धारकर्ताहरुले समेत प्रभावकारी काम गर्न नसकेको र कतिपय व्यक्तिको शव पनि नभेटिएको समाचार सम्प्रेषण गरेको छ । अर्को बढी प्रभावित देखिएको चरिकार क्षेत्रमा खटिएका एक उद्धारकर्ताले हराइरहेकाहरुको शव भेट्टाउन सकिन्छ की भनेर अहिले पनि हामी आशा गरिरहेका छौँ, तर खोजी कार्य भने अहिले पनि गाह्रो भइरहेको बताए ।  अधिकारीहरुका अनुसार पीडितमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । उनीहरुले स्थानीय समय अनुसार बुधबार दिउँसो झण्डै ३ बजेतिर विनाशकार...
भारतमा पाँच तले भवन भत्कियो, २ को मृत्यु, १८ जना पुरिएको आशंका
विदेश, समाचार

भारतमा पाँच तले भवन भत्कियो, २ को मृत्यु, १८ जना पुरिएको आशंका

नेपाल अखबा, एजेन्सि। महाराष्ट्रको रायगण्स्थित काजलपुरा क्षेत्रमा सोमबार साँझ पाँच तले भवन भत्किएको छ । कलेक्टरर निधि चौधरीका अनुसार उक्त दूर्घटनामा हालसम्म २ जनाको मृत्यु भएको छ भने भग्नावशेषमा अझै १८ जना पुरिएको आशंका गरिएको छ । ६० जना भने सुरक्षित बाहिर आउन सफल भए । हाल उद्धार कार्य जारी रहेको छ । सोमबार नै महाराष्ट्रका मन्त्री अदिति तत्कारे र एकनाथ शिन्दे घटनास्थल पुगेका थिए । उनीहरुका अनुसार उद्धारका लागि एनडीआरएफका तीन टोली खटिएका छन् । घटनामा गम्भीररुपमा घाइते भएकाहरुलाई मुम्बई पठाइएको छ । यस घटनाबारे एसआईटीले जाँच गराइने उनीहरुको भनाइ थियो । यता, गृहमन्त्री अमित शाहले ट्वीट गर्दै रायगढमा भएको घटनाबारे एनडीआरएफका डीजीसँग आफ्नो कुराकानी भएको र उद्धारका लागि हरसम्भव प्रयास गरिएको बताएका छन् । एक अधिकारीका अनुसार मुख्यमन्त्री उद्धव ठाकरेले पनि जिल्लाका अधिकारीहरुसँग कुराकानी गर्दै उद्धा...
भारतीय काँग्रेसको अध्यक्ष पद, सोनियाकै निरन्तरता
राजनीति, विदेश, समाचार

भारतीय काँग्रेसको अध्यक्ष पद, सोनियाकै निरन्तरता

नेपाल अखबार, एजेन्सि। अन्ततः भारतीय काँग्रेसका अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई नै निरन्तरता दिइने भएको छ । गान्धी परिवारभन्दा बाहिरको व्यक्ति अध्यक्ष हुनुपर्ने कुरा पार्टीमा उठ्न थालेपछि सोनियाले आफू अध्यक्ष पदमा नबस्ने घोषणा गरेकी थिइन् । त्यसपछि पार्टीमा नेतृत्वको संकट उत्पन्न भएपछि त्यसको समाधानका लागि आज बसेको कार्यकारी समितिको बैठकले सोनियाँ गान्धीलाई नै अध्यक्ष रहने निर्णय गरेको छ । पार्टी कार्याकारी समिति बैठकले एक वर्षका लागि सोनियालाई नै अन्तरिम अध्यक्षमा रहन निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सोनियाँले त्यतिबेला अध्यक्षमा नबस्ने निर्णय लिइन्, जुनबेला सोही पार्टीका २३ जना वरिष्ठ नेताहरुले अध्यक्ष परिवर्तन गर्नुपर्ने माग सहितको पत्र पार्टीमा दर्ता गराएका थिए । उनीहरुले गान्धी परिवारभन्दा बाहिरका व्यक्ति पार्टीको अध्यक्ष हुनुपर्ने मागसहित सात पृष्ठको पत्र पार्टीमा...
एकै परिवारका पाँच सदस्यलाई घरमै झुण्ड्याएर हत्या
विदेश, समाचार, हाइलाइट-समाचार

एकै परिवारका पाँच सदस्यलाई घरमै झुण्ड्याएर हत्या

नेपा लअखबार, एजेन्सि। भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको छ। परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनीहरुको हत्या गरिएको पाइएको जनाएको हो। आइतबार राति सो घटना भएको प्रहरीले जनाएको छ। ती सबै शवलाई प्रहरीले अहिले पोस्टमार्टमका लागि पठाइएको जानकारी प्रहरीले दिएको छ। उनीहरु एकै परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण के हो र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन। भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्नेछ। भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ। आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्ट...
भारतमा एकैदिन झन्डै ७० हजारमा कोरोना पुष्टि
विदेश, स्वास्थ्य, हाइलाइट-समाचार

भारतमा एकैदिन झन्डै ७० हजारमा कोरोना पुष्टि

नेपाल अखबार, एजेन्सि। भारतमा हालसम्मकै बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा भारतमा ६९ हजार ८७८ नयाँ संक्रमित थपिएका छन्। यो भारतमा एकैदिन देखिएका कोरोना संक्रमित संख्याको सबैभन्दा उच्च संख्या हो। यससँगै भारतमा कोरोना संक्रमितको संख्या २९ लाख ७५ हजार ७०२ पुगेको छ। संक्रमितमध्ये ५५ हजार ७९४ को मृत्यु भइसक्दा २२ लाख २२ हजार उपचारपछि स्वस्थ बनेका छन्र । भारत कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्रको तेस्रो स्थानमा छ। अमेरिका र ब्राजिलपछि भारतमा बढी संक्रमित छन्। एजेन्सी...
अमेरिकामा ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने निर्णय!
विदेश, समाचार

अमेरिकामा ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने निर्णय!

नेपाल अखबार,एजेन्सि। अमेरिकाको फ्लोरिडा राज्यमा आनुवांशिक रूपमा परिवर्तन गरिएका ७५ करोड लामखुट्टे वातावरणमा छाड्ने निर्णय गरिएको छ। डेंगु, जिका भाइरसजस्ता संक्रमण फैलाउने लामखुट्टेको संख्या घटोउने भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको स्थानीय अधिकारीले बताएका छन्। यो निर्णय गर्नुअघि व्यापक छलफल गरेर गरिएको उनीहरूको भनाइ छ। तर वातावरणविद्हरूले भने यसले वातावरणमा क्षति पुर्‍याउने चेतावनी दिएका छन्। यसबाट अर्काे प्रतिरोधी लामखुट्टे पैदा हुने चिन्ता उनीहरूले व्यक्त गरेका छन्। तर यस योजनामा सहभागी कम्पनीले सरकारी शोधकर्तालाई उधृत गर्दै यसबाट मानिस र वातावरणलाई कुनै असर नपार्ने दाबी गरेको छ। यो योजना सन् २०२१ मा फ्लोरिडा किज (टापुको रेखा) मा लागू गर्ने योजना छ। स्थानीय नियामक निकायले अनुमति दिएको धेरै महिनापछि योजना लागू गरिनेछ। त्यो लामखुट्टे कस्तो हो? यूकेस्थित ओक्सिटेक कम्पनीको अमेरिकी ...
भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ
विदेश, समाचार, हाइलाइट-समाचार

भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ

नेपाल अखार, एजेन्सि। भारतमा महिला डाक्टरको बीभत्स हत्या भएको छ। आगरास्थित सरोजिनी नायडु मेडिकल कलेजबाट एमबीबीएस गरेकी डा.योगिता गौतमको हत्या भएको हो। मंगलबारदेखि बेपत्ता उनको शव बुधबार बिहान सहरदेखि टाढा डौकी थाना क्षेत्रको बमरौली कटाराको खाली ठाउँमा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। नयाँ दिल्लीमा बस्ने गरेकी डा. गौतमका बुबा र दाइ पनि डाक्टर हुन्। डा. गौतम मंगलबार राति अबेर सम्पर्कविहीन भएकी थिइन्। उनको फोन पनि स्वीचअफ भएको थियो। प्रहरीले घटनाको जानकारी दिएपछि मृतकका बुबा र दाइ बुधबार बिहानै आगरा (घटनास्थल) आइपुगेका छन्। उनीहरूले उरई जालौन मेडिकल कलेजका मेडिकल अफिसर डाक्टर विवेक तिवारीले योगिताको हत्या गरेको आरोप लगाएका छन्। किनकि उनले पहिलेदेखि नै योगितालाई मार्ने धम्की दिइरहेका थिए। घटनास्थल आपपासका सीसीटीभीका फुटेजले उनको हत्यामा डा. तिवारी संलग्न देखिने केही प्रमाण प्रहरीले ...